सुनसरी, ५ मंसिर । सुनसरीको दुहबीमा इँटा उघोगमा कार्यरत म्यानेजरको गोली प्रहारबाट मृत्यु भएको छ।
दुहबी ९ छाताबेलीमा रहेको जय बाबा इँटा उघोगमा ड्युटीमा गइरहेको बेला उद्योगका म्यानेजर ५४ वर्षीय फिदा हुसेनमाथि गोली प्रहार भएको हो।
उनलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहान ७:२५ बजे हेुसेनलाई मृत घोषित गर्ने बित्तिकै एक समूहले जबरजस्ती शव लगेर गएको न्यूरो अस्पतालका निर्देशक रन्जित बस्नेतले जानकारी दिए ।
ईशीजी गरेर मृत घोषणा गर्ने बित्तिकै उक्त समूहले शव लगेको बस्नेतले बताए । उनका अनुसार हुसेनको देब्रे छातीमा गोली लागेको छ ।
यसरी मृत भएका व्यक्तिको पोष्टमार्टम गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
हेसेन दुहबी वडा नम्बर ९ का अध्यक्ष मेहन्दी हुसेनका भाइ हुन् । मोटरसाइकलमा आएका दुईजनाले गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
गोली प्रहार गर्ने समूहको खोजी कार्य सूरू गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्