ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेर गइरहेको अल्लो कमाइको स्रोत


एबीसी न्यूज

बागलुङ, ४ मङ्सिर ।  वनमा खेर गइरहेको अल्लो कमाइको स्रोत बनेको छ । ताराखोला गाउँपालिका–४ को ‘लावाङ जुनतारा साना लघु उद्यम समूह’ अल्लो प्रबद्र्धनमा लागेको हो ।

अल्लोको धागो कातेर हस्तकलाका सामान बनाउने र बेच्ने काम समूहले गर्दै आएको छ । विसं २०७० मा बनेको समूहमा १४ जना महिला छन् । उद्यमी महिलाले अल्लोबाट कोट, स्वीटर, झोला, टोपी, पछ््यौरा लगायतका सामग्री बनाउछन् ।

‘धेरै सामान गाउँमै बिक्री हुन्छ’, उद्यमी जस्मती रोकाले भन्नुभयो, “माग आउँदा बाहिर पनि पठाउँछौँ ।” समूहकी अध्यक्ष समेत रहनुभएकी रोकाका अनुसार अल्लोका उत्पादनप्रति प्रयोगकर्ताको रुची बढ्दो छ । स्वदेशी उत्पादन मन पराउनेले अल्लोका सामग्री बढी किन्ने गर्छन् ।

वनमा जाने, अल्लो खोज्ने, लोक्ता काड्ने, खरानी–पानीमा पकाउने, कुट्ने, स्वच्छ पानीमा धुने, कमेरो लगाएर सुकाउने र कुटेपछि मात्र अल्लोको भुवा तयार हुन्छ । भुवाबाट धागो कातेर कपडा लगायतका विभिन्न सामग्री बनाउने गरिन्छ । पछिल्लो समय गाउँपालिकाले अल्लो प्रशोधन गर्ने यन्त्र उपलब्ध गराएपछि सहज बनेको छ ।

प्रशोधनदेखि धागो निकाल्न प्रयोग हुने पाँच प्रकारका यन्त्र समूहले पाएको छ । ‘‘रु सात लाख ५० हजार मूल्यका यन्त्र दिएका छौं’’ गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले भन्नुभयो, “उत्पादन वृद्धि र व्यवसायिकीकरणमा टेवा पुग्ने विश्वास छ ।” स्थानीय स्रोत साधनमा आधारित उद्यमशीलता प्रवद्र्धन कार्यक्रममार्फत गाउँपालिकाले सहयोग गरेको हो ।

यसअघि आधुनिक प्रविधि नहुँदा हातैले अल्लो चुटेर धागो निकाल्नु पर्ने अवस्था थियो । घरेलु प्रविधि अपनाउँदा सोचेजति धागो उत्पादन हुन सकेको थिएन । नयाँ प्रविधिले गुणस्तरीय धागो कात्न सजिलो र छिटो भएको उद्यमी सपना बुढाथोकीले बताउनुभयो ।

उहाँका अनुसार जङ्गलबाट अल्लो ल्याएर धागो निकाल्न चार दिन लाग्छ । अल्लो खोज्न समूहमै आवद्ध महिला जङ्गल पुग्छन् । गाउँका किसानले अल्लो ल्याएमा प्रतिकिलो रु ५५ समूहले उपलब्ध गराउने गरेको छ । सामुदायिक वनबाट झिकिने अल्लोको लागि तोकिएको दस्तुरसमेत तिर्नुपर्छ ।

महिलाले अल्लोको धागो र सामग्री बेचेर आएको पैसा समूहमा जम्मा गर्छन् । सोही पैसाबाट केही प्रतिशत लगानी र बाँकी रकम घरखर्चमा प्रयोग गर्दै आएका छन् । ‘‘ठूलो कमाइ नभए पनि घरखर्च चलाउने पैसा अल्लोबाट आउँछ’’ उद्यमी बुढाथोकीले भन्नुभयो, “अल्लोको धागो प्रतिकिलो रु एक हजार ५०० मा बिक्री हुने गरेको छ ।”

यस्तै ठूलो स्वीटरको रु. तीन हजार, सानोको रु दुई हजार, टोपी रु ५००मा किनबेच हुन्छ । उद्यम चलाउदा शुरुमा रु एक लाख ५० हजार लागे पनि अहिले लगानी बढ्दै गएको छ । दैनिक आलोपालो समय बाँडेर महिला अल्लोको काममा खटिने गर्छन् ।

अल्लोको प्रबद्र्धनका लागि जनप्रतिनिधि, कर्मचारी, शिक्षक लगायतले अल्लोका कपडा र सामग्रीको प्रयोग गर्न थालेका छन् । अल्लो समुद्री सतहदेखि एक हजार २०० मिटर माथिको पहाडी भू–भागमा पाइने वनस्पति हो । अल्लोको बोक्रामा हुने रेशा नरम, बलियो र चम्लिको हुने भएकोले धागो बनाउन प्रयोग गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com