
काठमाडौं, ४ मंसिर । सार्वजिनक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सन कम्पनीलाई खरिद कार्यमा सहभागी हुन रोक लगाएको छ।
नहर निर्माण कार्य समयमा गर्न नसकेका कारण ठेक्का तोडेको सिक्टा सिँचाइ आयोजना कार्यालयले कोस्टाल पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो। निर्णय सदरका लागि आयोजना कार्यालयले सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) मा सिफारिस गरेको थियो।
पिपिएमओ कार्यालयले आयोजनाको मागबमोजिम कालोसूचीमा राख्ने निर्णय सदर गरेमा पप्पुले देशभरि कुनै पनि ठेक्कामा काम गर्न पाउनेछैन ।
पप्पुले २८ महिनाअघि राष्ट्रिय गौरवको सिक्टा सिँचाइको २३ किलोमिटर लामो डुडुवा शाखा नहर बनाउन ९८ करोड ८१ लाख रुपैयाँमा ठेक्का लिएको थियो । तर, सम्झौता अवधि सकिँदासम्म पप्पुले ७ प्रतिशत मात्र काम गरेपछि ठेक्का तोडेको आयोजना कार्यालयको भनाइ छ ।
पप्पुले भने आयोजना कार्यालयले समयमा डिजाइन, भुक्तानी र काम गर्ने स्थान उपलब्ध नगराउँदा काममा ढिलाइ भएको जिकिर गरेको छ
पप्पुलाई थप जिम्मेवारी दिँदा त्यसबाट अबरोध सिर्जना भई सर्वसाधारणमा थप हानि हुुने भन्दै कारबाही प्रकिया टुंगो नलागेसम्म उक्त कम्पनीलाई खरिद कार्यमा सहभागी हुन रोक लगाएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।







प्रतिक्रिया दिनुहोस्