ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्राफिक प्रहरीको नो हर्न जोन निर्णय कार्यान्वयनमा चुनौती


एबीसी न्यूज


बुटवल, २ मंसिर ।  सहरलाई ध्वनि प्रदूषणमुक्त बनाउन नो हर्न जोन घोषणा गर्ने लहरजस्तै छ । तर, प्राय क्षेत्रमा पूर्वाधारविना घोषणा गरिदाँ कार्यान्वयमा समस्या भएको छ । फलतः घोषणा, घोषणा मात्र सीमित भएका छन् । प्रदेश नम्बर ५ का मुख्य सहरलाई आज घोषणा गरिएको नो हर्न जोन’ निर्णय पनि कार्यान्वयनमा आशंका पैदा भएको छ ।

ट्राफिक प्रहरीले मंसिर १ गतेदेखि लागु हुने गरी प्रदेश नम्बर ५ का प्रमुख शहरहरुमा हर्न निषेध गर्ने घोषणा गरेको छ । सडकको स्तर उन्नति नहुँदै र आकासे पुलहरु निर्माणाधीन अवस्थामा रहेका बेला हर्न निषेध गरेपछि ट्राफिक प्रहरीको निर्णय कार्यान्वयनमा चुनौती देखिएको छ । त्यसो त ट्राफिक प्रहरीले प्रदेश अस्थायी राजधानी बुटवललगायतका शहरमा तामझामका साथ हर्न निषेधको प्रचार गर्न ¥यालीसहित अभियान थालेको छ । तर सडकभरि रिक्सा, खाल्डाखुल्डी मात्र नभई जेब्रा क्रसिङ समेत सबै मेटिएका छन् । यस्तो अवस्थामा हर्न नबजाई गाडी चलाउन सम्भव नभएको चालकहरुको भनाइ छ ।

बुटवलमा तिनाउ पुलदेखि बेसक्याम्पसम्म र चिडीया खोलादेखि योगीकुटीसम्मको राजमार्गलाई हर्न निषेध क्षेत्र घोषणा गरिएको छ । तर, हर्न निषेधको प्रचार गर्न सहभागी सवारी चालकहरुले भने ¥यालीमै हर्न बजाइरहेका थिए ।
चालकले हर्न निषेध नीति कार्यान्वयनमा समस्या आउने अनुमान गरे पनि यातायात ब्यवसायीहरुले भने ट्राफिक प्रहरीको कदमलाई सराहनीय भनी टिप्पणी गरेका छन् । उनीहरुले समस्याका बाबजुद पनि निर्णय कार्यान्वयनमा सहयोग रगर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।

ध्वनी प्रदूषणले वातावरण दुषित बनाएकाले हर्न निषेधको कार्यक्रम ल्याइएको प्रदेश नम्बर ५ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । प्रहरीको निर्णयमा सबै संघ संस्था, यातायात मजदुरसहित राजनीतिक दलहरुको सहयोग रहने प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक गणेश चन्द बताउ“छन् ।

ध्वनी प्रदुषणलाई नियन्त्रण गर्न प्रहरी र स्थानीय तहले गरेको हर्न निषेध निर्णय स्वागत योग्य भए पनि कार्यान्वयन गर्न आवश्यक पूर्वाधार पहिलो आवश्यकता हो । तामझामका साथ हर्न निषेधको आरम्भ गरिए पनि पूर्वाधारका अभावमा कार्यान्वयन हुन नसके सरकारको सेण्डिकेट अन्त्यको घोषणा र काम ढिलो गर्ने निर्माण व्यवसायीमाथिको कारवाहीको घोषणाजस्तै मात्र हुने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com