ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार वर्षपछि हुने चुनावको मिति अहिले नै घोषणा गरौं – प्रमुख निर्वाचन आयुक्त


एबीसी न्यूज


काठमाडौं,३० कात्तिक । प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले चार वर्षपछि हुने आवाधिक निर्वाचनको मिति अहिले नै घोषणा गरेर चुनावको तयारी थाल्नु पर्ने बताएका छन् । १ सय २० दिनको समय राखेर चुनावको मिति घोषणा गर्दा चुनावको तयारी गर्न नभ्याइने र विगतमा हतारो भएको उनको गुनासो छ ।

गतवर्ष भएको संघ, प्रदेश र स्थानीय तहको निर्वाचनको जियोक, नियोक र संकल्प नामक संस्थाले तयार पारेको निर्वाचन पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा प्रमुख आयुक्त यादवले निर्वाचनको मिति अहिलेनै घोषणा गरेर जानु उपयुक्त हुने बताएका हुन् । निर्वाचन सम्पन्न भएको मितिदेखि नै अर्को निर्वाचनको तयारी शुरु गर्नुपर्ने यादवको भनाइ छ ।

निर्वाचन मिति घोषणा गर्ने अधिकार आयोगलाई नै दिइनुपर्ने उनले जिकीर गरे । सरकार ले नै निर्वाचनको मिति घोषणा नगरे संघीय संसदले कानून बनाएर प्रतिनिधि सभा, राष्टिय सभा र स्थानीयतहको चुनावको मिति घोषणा गर्नु उपयुक्त हुने यादवको भनाइ थियो ।

निर्वाचन कानून संशोधनका लागि सरकारसँग पठाए पनि अहिलेसम्म रेस्पोन्स नभएको यादवले गुनासो गरे । ʻनिर्वाचन कानूनमा सुधार र परिमार्जनको आवस्यकता छ, कानून कहाँकहाँ संशोधन गर्नुपर्ने हो भनेर हामीले केही ड्राफ्ट पठाएका छांै, सबै निर्वाचन ऐनलाई एकीकृत गर्ने या छुट्टा छुटै गर्नु पर्ने हो सरकारले निर्णय गरोस्, संशोधनको समय भयोʼयादवले भने ।

कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आगामी निर्वाचनमा विद्युतीय मतदानको व्यबस्था गर्न र मतदान भएकै स्थल बुथ मै मतगणना गर्ने व्यबस्था मिलाउन सुझाव दिए । ʻमतदाता परिचयपत्र लागू भएपछि एकजनाको भोट अर्कोले हाल्न पाउँदैन कि भनेको एकै जनाले २० जनाको भोट हालेको पनि देखियो, यसमा आयोग गम्भीर हुनुपर्छʼउप्रेतीले भने । उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यबस्था गर्न आयोगले पहल गर्नुपर्ने बताए ।

२०७४ वैशाख, असार र असोजमा सम्पन्न स्थानीय तहको निर्वाचन तथा मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको पर्यवेक्षण सम्बन्धी अन्तिम रिर्पोट आज सार्वजनिक भएको हो । प्रतिवेदनका अनुसार तीनै तहको निर्वाचन शान्तिपूर्ण र धाँधलीरहितरुपमा सम्पन्न भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com