ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वको ३५ औंँ कला नगरीका रुपमा ललितपुर


एबीसी न्यूज
कार्तिक २८, २०७५ बुधबार  ७ : ४२ बजे


काठमाडौँ, २८ कात्तिक ।  विश्व कला परिषद्ले ललितपुर महानगरपालिकालाई विश्वको ३५ औंँ कला नगरीका रुपमा घोषणा गरेको छ ।
विश्व कला परिषद्का एशिया प्रशान्त क्षेत्रका अध्यक्ष डा घादा हिज्जाबी कदामीले आज महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई ‘कला नगरी’ को प्रमाणपत्र दिनुभयो ।

परिषद्ले विश्वका मौलिक र परम्परागत कला भएका शहरलाई कला नगरी घोषणा गर्दै आएको छ । परिषद् विश्वभरमा छरिएका रहेका कलामा संलग्नहरुको प्रवद्र्धनमा स्थापित संस्था हो । संयुक्त अधिराज्यमा केन्द्रीय कार्यालय रहेको यो परिषद्ले विभिन्न चरणमा अध्ययन गरेर शहरहरुलाई यस्तो घोषणा गर्दै आएको छ । यसअघि विश्वका ३४ मुलुक कला नगरी घोषणा भएका थिए । नेपालमा भने ललितपुर महानगरपालिका नै पहिलो नगर भएको छ ।

तेस्रो शताब्दीमा मौर्य सम्राट् अशोकले बनाउन लगाएका सत्य, त्रेता, द्वापर र कलियुग झल्कने चार स्तूप पाटनमा छन् । त्यसैगरी पाँचाँै शताब्दीमा बनेको हिरण्यवर्ण महाविहार पुरातात्विक महत्वको सम्पदा हो । यसलाई १२ औँ शताब्दीमा भाष्करदेवले जीर्णोद्धार गरेको इतिहास पाइन्छ । रातो मत्छेन्द्रनाथको जात्रा परम्परा नरेन्द्रदेवले शुरु गरेकामा अहिलेसम्म पनि निरन्तर चलिरहेको छ ।
सिद्धिनरसिंह मल्ल, श्रीनिवास मल्ल र योगनरेन्द्र मल्लका पालामा पाटन दरबार १६ र १७ औँ शताब्दीमा निर्माण भएको हो । ललितपुर–२० स्थित पेमबहाल पोखरी १२ औँ शताब्दीको उपलब्धि हो । उक्त पोखरी राजारजौटाले नभएर राक्षसले निर्माण गरेको विश्वास गरिएको छ । स्थानीय सुन्धारा र कृष्ण मन्दिर प्राचीन कला तथा कौशलबाट निर्माण गरिएको अर्को महत्वपूर्ण सम्पदास्थल हो । तीन सय वर्षदेखि चलेको खड्गजात्रा २४ वर्षदेखि रोकिएकामा यसै वर्ष असोजमा पुनः सञ्चालन भएको छ ।

परिषद्मा महानगरले केही समय पहिले कला नगरीमा पार्नका लागि आवेदन दिएको थियो । परिषद्का पदाधिकारीले महानगरपालिकाका विभिन्न स्थानमा घुमेर यहाँको मौलिकताका बारेमा अध्ययन गरेको परिषद्ले जनाएको छ । प्राविधिकले यहाँ अध्ययन गर्दा उपयुक्त छ÷छैन भन्ने विभिन्न चरणमा अध्ययन गरेको थियो । उनीहरुले उपयुक्त रहेको प्रतिवेदन दिएपछि नै प्रक्रिया अघि बढेको हो ।
करीब चार लाख जनसङ्ख्या रहेको महानगरपालिकामा ८० प्रतिशत हस्तकलामा संलग्न रहेको प्रमुख महर्जनले बताउनुभयो । ललितपुरको दरबार क्षेत्र मात्र विश्वसम्पदा सूचीमा सूचीकृत रहेकामा अब अन्य प्राचीन महत्वका सम्पदा तथा पुरातात्विकस्थललाई पनि विश्वसम्पदामा अङ्कित गर्न वातावरण मिलेको महानगरले जनाएको छ ।

आगामी दिनमा अरु खालका कार्यक्रममार्फत कलाको विकासमा लाग्ने उपप्रमुख गीता सत्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी दिनमा यहाँका उत्पादन देश र विदेशसम्म प्रवद्र्धनका लागि यो घोषणाले सहयोग पुग्ने छ ।” महानगरपालिकाले कला नगरी घोषणा भएपछि यसलाई कायम राख्नका लागि विभिन्न काम गर्दै जाने योजना बनाएको छ ।

महानगरले कलाको विकासका लागि शाखाहरु बनाउने तयारी गरेको छ । यहाँबाट उत्पादित सामग्रीलाई प्रतीकचिह्नसहित छाप लगाउने तयारी भएको छ । गुणस्तरीय सामग्रीका रुपमा यहाँबाट उत्पादित सामग्रीले मान्यता पाउनेछ । महानगरले स्थानीय हस्तकलालाई अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धनका लागि विश्वका सरोकार पक्षसँग समेत सहकार्य बढाउने भएको छ । यहाँको हस्तकलामा पाइएको मौलिकताले गर्दा शहर कला नगरी घोषणा गरिएको परिषद्का एशिया प्रशान्त अध्यक्ष कदामीले बताउनुभयो । यहाँको कला विशिष्ट रहेको उहाँको जिकिर छ । उहाँले भन्नुभयो, “यो थप विकास र विस्तारका लागि आजको घोषणाले सहयोग पुग्नेछ ।”

महानगरका धेरै स्थानमा विभिन्न खालका हस्तकलाका मुख्य क्षेत्र छन् । काष्ठकला, मूर्तिकला, थान्कालगायत कलामा स्थानीयवासी पुस्तौंँदेखि लाग्दै आएका छन् । पाटनमा टोलैपिच्छे फरक फरक खालका हस्तकला पाइन्छ । मौलिकतामा कति पनि परिवर्तन आउन नदिई पाटनवासीले हस्तकला बचाउँदै आएका छन् । पाटनवासीले लामो समयदेखि सरकारलाई ‘हस्तकलाको जिल्ला’ घोषणाको मागसमेत गर्दै आएका थिए । पाटनको हस्तकलामा पाइएको मौलिकताले गर्दा शहर कला नगरी घोषणा गरिएको परिषद्ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेन्टागनले इरानमा हप्तौं लामो स्थल अपरेसनको तयारी गरिरहेको छ : ट्रम्प प्रशासनको नयाँ चरणको खतरा

परीक्षा बोर्डमा कर्मचारी युनियन भंग

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com