ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन कृत्रिम चन्द्रमा सगै कृत्रिम सूर्य बनाउँदै


एबीसी न्यूज
कार्तिक २८, २०७५ बुधबार  ६ : ५९ बजे

एजेन्सी । विज्ञान तथा प्रविधिको क्षेत्रमा क्रान्ति हासिल गर्ने होडमा  चिनियाँ बैज्ञानिकहरुले सन् २०२० सम्ममा कृत्रिम चन्द्रमा निर्माण गरेर सहर झिलिमिली पार्ने महत्वकांक्षी योजना अघि सारे लगतै  चिनियाँ एकेडेमी अफ साइन्सेजसँग सम्बद्ध इन्स्टिच्युट अफ प्लाज्मा फिजिक्सले, ‘इस्ट’ नामक ‘कृत्रिम सूर्य’ निर्माणमा भइरहेको प्रगतिबारे खबर गरेको हो ।

चिनियाँ वैज्ञानिकहरुले स्वतन्त्र रुपमा आफैँले डिजाइन गरेको यस कृत्रिम सूर्य अर्थात न्युक्लियर रियाक्टरमा १० करोड डिग्रीसम्मको तापक्रममा काम गर्न सक्ने क्षमता विकास गरिएको चिनियाँ राष्ट्रिय संचार सिजिटिएनले जनाएको हो जसपछि यस उपकरणमा पनि सूर्य जस्तै (न्युक्लिय) आणविक गतिविधि सम्भव हुने बताइएको छ । तरपनि यो सूर्य कुनै शहरलाई प्रकाश दिनका लागि नभएर सफा ऊर्जा उत्पादन गर्नमा मद्दत गर्ने बताइएको हो । वास्तवमा यसले चीन, रुस, अमेरिका लगायत ३५ देशहरुको संयुक्त ग्लोबल रिसर्च कार्यक्रम ‘इन्टरनेस्नल थर्मोन्युक्लियर एक्सपेरिमेन्टल रियाक्टर’ मा ठूलो सहायता पुर्याउने अपेक्षा गरिएको छ ।

न्युक्लियर फ्युजनबाट ऊर्जा संकलन गर्नकै लागि रियाक्सनलाई स्थिर राख्ने प्रयास अन्र्तगत वैज्ञानिकहरुले लामो समयदेखि इस्टको तापमानमा काम गरिरहेका थिए । हाल विद्युतको बढ्दो मागसँगै वातावरणमा परिरहेको लगातार असरका कारण विज्ञहरु ऊर्जा उपभोगबारे ठूलो द्विविधामा छन् । यसैबीच चीन भने लगातार फ्युजन परियोजनामा काम गरिरहेको थियो जसले वायुमण्डललाई हानि पुर्याउने किसिमका कुनैपनि ग्यास उत्पादन नगरि स्वच्छ ऊर्जा निकाल्न सक्छ ।

फिसन रियाक्सन जस्तो नभएर फ्युजनबाट सस्तो ऊर्जा निकाल्न सकिने वैज्ञानिकहरुको भनाइ छ । त्यसैगरी यसबाट कुनै प्रदुषण नहुने र फोहोरजन्य पदार्थहरु पनि उत्पन्न नहुने हुँदा हालको बिजुली उत्पादन प्रक्रियाको तुलनामा धेरै उचित मानिएको हो । साथै यसको प्रक्रिया समेत अत्यन्तै सुरक्षित रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनकपुरबाट ‘कांग्रेस २०’ को उदय, धनगढीमा बालेनको नयाँ ‘ब्रेक’

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com