ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सबै क्षेत्रका एकाधिकार हटाउन लागीपरेका छौं : गृहमन्त्री थापा


एबीसी न्यूज

बेनी, २८  कात्तिक ।  गृहमन्त्री रामबहादुर थापाले सरकारले यातायात क्षेत्रसँगै अन्य क्षेत्रमा रहेका एकाधिकार हटाउन लागीपरेको बताउनुभएको छ ।

म्याग्दी कोरला यातयात प्रालिद्वारा बेनी–काठमाडाैं सडकमा सञ्चालित सुविधायुक्त स्तरीय यातयात सेवाको  सुभारम्भ गर्दै गृहमन्त्री थापाले मुलुकको समृद्धि र नागरिकको आयआर्जनमा सुधार ल्याउन सरकारले यातायातसँगै शिक्षा, स्वास्थ्य, उद्योग, चिकित्सालगायत क्षेत्रमा रहेको एकाधिकारलाई समेत अन्त्य गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

‘‘मुठीभरका व्यक्तिले मात्रै हरेक क्षेत्र ओगटेका छन्, सिमिति मान्छे धनी छन्, मुलुक र आमनागरिक गरिबीमै बस्नुपर्ने बाध्यता छ, सबैलाई समान अवसर सिर्जना गर्नको लागि एकाधिकार तोड्न जरुरी छ’’, मन्त्री थापाले भन्नुभयो ।

यातयातको क्षेत्रमा वर्षौदेखि रहेको एकाधिकारले यात्रुहरुलाई बाधा पु¥याएकाले कानूनी रुपमै त्यसलाई हटाउने निर्णय लिएको मन्त्री थापाले बताउनुभयो । उहाँले यातायात क्षेत्रमा कानूनी रुपमा एकाधिकार हटे पनि व्यावहारिक रुपमा अझै पूर्ण रुपमा कार्यान्वनयमा आउन बाँकी रहेको उल्लेख गर्नुभयो ।

भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयले यातायात क्षेत्रलाई व्यवस्थित बनाउन कार्यदल बनाएर आवश्यक काम गरिरहेको बताउँदै उहाँले यातायात क्षेत्रलाई सुरक्षित, भरपर्दो र आरामदायी बनाउन यातयात व्यवसायी प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विनोद केसीले यातयात क्षेत्रमा हटाइएको एकाधिकारलाई पूर्ण रुपमा कार्यान्वनयमा ल्याउन यातायातसम्बन्धी ऐन र व्यवस्थालाई नै परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । प्रालिका अध्यक्ष सुरत केसीले काठमाडाँै र पोखरा लगायतका क्षेत्रमा अझै पनि एकाधिकार हट्न नसकेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com