ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माछापाेखरीमा अज्ञात समुहले विष हाल्दा १० लाखकाे माछा नष्ट


एबीसी न्यूज

चितवन , २५ कार्तिक । पुर्वी चितवनको राप्ती नगरपालिका १ पिप्लेस्थित ज्योतिनगरका एक किसानको माछापोखरीमा अज्ञात समुहले विष प्रयोग गरी लाखौंको क्षती पुर्‍याएको छ ।

किसान रत्न बहादुर बर्तौलाद्वारा फैलाइएको उक्त माछा पोखरीमा गएको बुधबार बिहान अन्दाजी ५ बजे अज्ञात समुहले विष हाल्दा झन्डै १० लाख मूल्य बराबरको क्षती हुन पुगेको हो । करिव ६ कठ्ठा क्षेत्रफल मध्ये ४ कठ्ठामा माछापोखरी सञ्चालन गर्दैआएका बर्तौलाले बिहान ५ बजे पोखरीमा पुगेर हेर्दा माछा एकाएक मर्न थालेको बताए ।

उनले भने, बिहानको ४ बजे पोखरीमा केही भएको थिएन तर, एक घण्टापछि पोखरीमा पुगेर हेर्दा विषको वट्टा फेला परेको थियो । अघिल्लो वर्ष पनि अज्ञात समुहले नै उनको माछापोखरीमा विष हालिदिएका थिए । त्यस समय अन्दाजी ५ लाख मूल्य बराबरको क्षति हुन पुगेको बर्तौला परिवार बताउँछन् । पीडितले जाहेरी दिदा समेत घट्नामा संलग्नलाई अझैसम्म नियन्त्रणमा लिन नसक्दा आज पुनः अर्को घट्ना घटेको छ – पीडित बर्तौला भन्छन् – यस्को क्षतिपूर्ति कस्ले दिने ?माछा वेच्ने तयारी अवस्थामा रहेका बर्तौलाले विष हालेर सखाप पारिदिने अपराधी लाई पत्ता लगाई हदैसम्मको कारवाही गर्न प्रहरी समक्ष अनुरोध गरेका छन् ।

पारिवारिक अवस्था कमजोर भएपछि ७ जनाको परिवारलाई माछापालनबाट नै गुजारा दिदै आएका बर्तौला परिवार अहिले संकटमा परेका छन् । उनले तीन वर्ष अघि मात्रै माछापाल्न सुरु गरेका थिए । राप्ती नगरपालिका १ मा करिव २५ विगाहा जमिनमा माछापालन गरिदै आएको छ । यस अगाडि पनि पुर्वी चितवनको कालिका नगरपालिकामा केरा किसानले सञ्चालनमा ल्याएको बोटमा अज्ञात समूहले क्षति पुर्‍याउदा करोडौं मूल्य बराबरको क्षति हुन पुगेको थियो । त्यस घट्नामा संलग्नलाई तोकिएको घरौटी तिर्न नसक्दा सबै पुपर्क्षका लागी थुनामा गएका छन् । किसानमाथि एकपछि अर्को गर्दैै हमला हुन थालेपछि किसानहरू चिन्तित बन्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com