ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई लाख ४१ हजार ५६५ नगद सहित पक्राउ परेका १९ जना जुवाडेलाइ मुद्दा चलाइयो


एबीसी न्यूज

चितवन, २४ कार्तिक । चितवन प्रहरीले साँढे दुई लाख नगद सहित शुुक्रबार राती जुवाडेलाइ पक्राउ गरेको छ ।

चितवनको खैरहनी नगरपालिकामा जुवा खेल्दै गरेकाे अवस्थामा १९ जना जुवाडे  पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशील सिंह राठौरका अनुसार शुक्रबार राती चितवनको खैरहनी नगरपालिकामा जुवा भइरहेको भन्ने विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीको सयुँक्त टोलीले खैरहनी नगरपालिका १० जीवनपुरका महादेव चौधरीको कुखुरा फर्ममा जुवातास खेल्दै गरेको अवस्थामा १९ जना जुवाडेलाइ १६ थान कौडा, १ थान तास बुक र नगद दुई लाख ४१ हजार ५ सय ६५ रुपैयाँ सहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी राठौरका अनुसार खैरहनी प्रहरीको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको बताए । पक्राउ परेका निजहरु उपर मुलुकी अपराध ९संहिता० ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ अन्तर्गत जुवा कसुरमा थप अनुसन्धान कार्य भइरहेको एसपी राठौरले बताए । प्रहरीले यस अगाडि बिहीबार बिहान पनि १ बजे साँढे ४ लाख सहित २३ जना जुवाडेलाइ पक्राउ गरेको थियो । यस अगाडि प्रहरीकै सेटिङ्गमा जिल्लामा करोडौंको जुवाको खेल हुन्थ्यो भने पछिल्लोपटक चितवन प्रहरीका एसपी राठौरकै सक्रियताका बाबजुद जिल्लामा दिनुहुँजसो जुवाडेहरु प्रहरी फन्दामा आइरहेका छन् ।

भने , जिल्ला प्रहरी प्रमुखले समेत जुवाजन्य खेलले घरवारविहीन बनाउने भएकोले यसप्रकारको खेल नखेल्न, नखेलाउन र कहिँकत्तै जुवा , कौडा भएको पाइए तत्कालै प्रहरीलाई सूचना दिएर सहयोग गर्न समेत जिल्लाबासी लाई पटकपटक अपिल गर्दैआएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com