ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

पोखरामा छठ पर्वको तयारी शुरु


admin
कार्तिक २४, २०७५ शनिबार  १२ : ५२ बजे

पोखरा, २४ कात्तिक ।  यमपञ्चक पर्व सम्पन्न हुनासाथ पोखरामा छठ पर्व मनाउनेहरु उत्साहका साथ तयारीमा जुटेका छन् ।

पोखरी, तलाउ, नदी, खोला वा जलाशय भएको क्षेत्रमा यो पर्व मनाइने गरिएकाले पोखराको फेवातालस्थित केदारेश्वर मन्दिरको क्षेत्रमा भव्य रुपमा छठ पर्व मनाउनका लागि घाट निर्माणका साथै सरसफाइका कार्य तदारुकताका साथ शुरु भएको छ ।

पोखराको नदीपुरमा पनि छठ पर्व व्यापक रुपमा मनाइने गरिन्छ । त्यहाँ पनि छठ पूजाका लागि सरसफाइ तथा घाट निर्माण कार्य भइरहेको छ ।

पोखरामा तराई जिल्लाका साथै भारतबाट व्यापार तथा रोजगारका लागि परिवारसहित बसोबास गर्दै आइरहेकाले धुमधामका साथ छठ मनाउन जुटेको सप्तरी घर भई हाल पोखरामा व्यापार गर्दै आइरहेका सत्यनारायण मण्डलले जानकारी गराउनुभयो ।

विभिन्न भाषाभाषी र समुदायका मानिस एकै ठाउँमा बसेर सौहार्दपूर्ण वातावरणमा छठ पूजा गर्ने गरेका कारण नै यो पर्वले साझा पर्व र समावेशी पर्वका रुपमा पहिचान स्थापित गरेको हो ।

पर्वका लागि आवश्यक रुपमा पर्ने बाँसका टोकरी, पङ्खा, माटोको भाँडोका साथै अन्य पूजा सामग्री पनि पोखरामा उपलब्ध हुने गरेको छ । त्यस्ता सामानको बिक्री पनि शुरु भइसकेको देखिन्छ । यस पर्वमा प्रसादका रुपमा केरा, फलफूल, पान, सुपारी, भण्टा, मुला, सुथनी, अलुवा, जुटा, उखु, ठेकुवा, भुसुवा र मीठाइ चढाउने गरिन्छ ।

लगातार चार दिनसम्म मनाउने गरिएको यो पर्व विधिवत् रुपमा आइतबारदेखि शुरु हुँदैछ । नियम निष्ठाका साथ मनाइने गरिएको यस पर्वको पहिलो दिन आइतबार वर्तालु महिला आत्मशुद्धि गर्छन् । लसुन र प्याज पनि नखाने, अरुवाअरुवाइन अर्थात् शुद्ध भोजन गर्ने गर्छन् । यसलाई ‘नहायखाय’ भनिएको हो ।

दोस्रो दिन दिनभर उपवासमा बसेर बेलकीको समयमा नयाँ माटोको चुलोमा पूजाका लागि खीर पकाउने गर्छ । सोही खीर घरको देवीदेउतालाई अर्पण गरेपछि परिवारका सदस्यबीच प्रसादका रुपमा वितरण गरी वर्तालुले आपूm पनि प्रसादकै रुपमा ग्रहण गरेर वर्तलाई निरन्तरता दिने गर्छन् ।

पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पन र चौंथो दिन उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि चार दिनको यो पर्व विधिवत् रुपमा सम्पन्न हुने गर्छ । यस पर्वको मुख्य विशेषतामा शक्तिरुपी माता छठ र संसारलाई प्रकाशमान पार्ने सूर्यदेवको संयुक्त रुपमा पूजा गरेर पर्व मनाउने गरिन्छ ।

परिवारको कल्याण, सन्तान प्राप्ति र छालारोगका साथै विभिन्न रोगबाट मुक्तिका लागि यो पर्व मनाउने गरिन्छ । यो आपूm खुशीले शुरु गर्ने र छोड्ने गर्नु हुँदैन भनी धार्मिक मान्यता छ । भाकल पूर्ण भएपछि मात्र छठ पर्वको शुभारम्भ गरिन्छ । एक पटक शुरु गरेपछि प्रत्येक वर्ष नियमनिष्ठाका साथ यो पर्वलाई निरन्तरता दिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्को बज्यो घण्टी: धनुषा–३ मा मनिष झा विजयी, एमालेको जमानत संकटमा

हिमालपारि कांग्रेसको राहत: मुस्ताङबाट योगेश गौचन थकालीको सानदार जित

सम्बन्धित

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com