ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिलाको आम्दानीको स्रोत झिनियाँ


admin

 

 पाल्पा, २० कात्तिक ।  तिहारमा विशेष परिकार तथा कोसेलीका रुपमा प्रयोग हुने झिनियाँ (झिलियाँ) को व्यापार महिलाको राम्रो आम्दानीको स्रोत बनेको छ ।

तिहार पर्वमा बढी प्रयोगमा आउने झिनियाँ बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछि व्यावसायिक ढङ्गले महिलाले यो व्यवसाय अपनाएका छन् ।

पाल्पाको सदरमुकाम तानसेन, रामपुरलगायतका विभिन्न ठाउँका महिलाले यसको व्यापारबाट मनग्य कमाइ गर्न सफल भएका छन् । कम लगानीमा घरमै बसीबसी आम्दानी हुने भएपछि व्यावसायिक ढङ्गले झिनियाँको व्यापार गर्दै आएको रामपुर नगरपालिका–५ राङभाङकी मैयाँ श्रेष्ठ बताउनुहुन्छ ।

श्रेष्ठले यो व्यवसाय आजभन्दा ११ वर्ष अघिदेखि निरन्तर रुपमा गर्दै आउनुभएको छ । उहाँलाई अहिले झिनियाँ बनाउने र बिक्री गर्न भ्याइनभ्याइ छ । श्रेष्ठले विशेष गरी तिहार पर्वका बेला यसको बिक्रीबाट रु डेढ लाखसम्म आम्दानी गर्नुहुन्छ । “जब तिहारको चहलपहल शुरु हुन थाल्यो तब झिनियाँको व्यापार गर्दै ठिक्क हुन्छ”, उहाँले भन्नुभयो । अन्य बेला पनि व्यापार निरन्तर भइरहन्छ तर तिहारमा अत्यधिक बिक्री हुने हुँदा बनाउन भ्याइनभ्याइ रहेको श्रेष्ठले भन्नुभयो ।

“लगानी खेर जान्छ कि भन्न नपर्ने, घरायसीधन्दा सँगसँगै दिनहँु यसको बिक्रीबाट राम्रो आम्दानी भइरहन्छ”, उहाँले भन्नुभयो । अहिलेसम्म करीब ४० क्विन्टल जति तिहारका लागि मात्र बिक्री गरेको र ५० क्विन्टलसम्म बिक्री हुने अनुमान उहाँको छ । गत वर्ष रु डेढ लाखसम्म कमाइ गर्नुभएकी श्रेष्ठले यस वर्ष करीब रु दुई लाख जति कमाइ हुने आशा गर्नुभएको छ । अहिले दैनिक ३०० दर्जन बढी झिनियाँ बिक्री गर्नुहुन्छ ।

रामपुर नगरपालिका–४ मटेरी गोदामे चौतारी बस्ने लक्ष्मी श्रेष्ठ पनि तिहारका लागि झिनियाँ बनाउने कार्यमा व्यस्त हुनुहुन्छ । यसबाट राम्रै आम्दानी हुन थालेपछि बिगत तीन वर्षदेखि व्यावसायिकरुपमा यसको व्यापार गर्दै आएको उहाँ बताउनुहुन्छ । तिहारमा उहाँले झिनियाँ बिक्रीबाट साढे दुई लाखसम्म आम्दानी गर्नुहुन्छ । “ग्राहकको माग बढ्दो छ, मागअनुसार झिनियाँ पु¥याउनै सकिएको छैन” उहाँले भन्नुभयो । तिहारका बेला माग बढ्ने हँुदा महिला कामदार राखेर झिनियाँ बनाउन थालेको बताउँछन् ।

यहाँ उत्पादन भएको झिनियाँ रामपुर बजारका अलावा पाल्पाका विभिन्न स्थानीय बजार, स्याङ्जा, तनहुँ, बुटवललगायतका स्थानमा बिक्री हुने गरेको छ । करीब २५÷३० हजारको लगानीमा मनग्य आम्दानी गर्न सकिने भएपछि महिलाका लागि यो व्यवसाय आम्दानी गर्ने राम्रो स्रोत बनेको छ । यहाँ उत्पादन भएको झिनियाँ आकारअनुसार प्रतिदर्जन रु ६० देखि ७० मा बिक्री हुने गरेको व्यापारी बताउँछन् । चामलको पीठोलाई पकाएर यन्त्रको सहायताले झिनियाँ बनाई सुकाएर तयार गर्ने गरिन्छ । विशेषगरी पहिले पहिले तिहार पर्वका लागि मात्र बनाइने यो हिजोआज भने अन्य समयमा पनि बिक्री हुने गरेको पाइएको छ ।

जनजाति वर्गको शुभकार्य तथा पूजाका समयमा अनिवार्यजस्तै भएको झिनियाँ पछिल्लो समयमा सबै वर्ग, सबै जातजातिमा प्रयोग हुन लागेपछि यसको मागसमेत बढ्दै गएको हो । चामलको पीठोबाट सामान्य यन्त्रको प्रयोगबाट बनाइएको झिनियाँ घामको तातोमा सुकाएर तयार गरिन्छ । यस कार्यमा पुरुषको तुलनामा महिलाले बढी अग्रसरता देखाउँदै कुटिर उद्योगका रुपमा झिनियाँ रोटी बनाउने गरेका छन् ।

झिनियाँ बनाउने सीप र प्रविधि स्थानीय नै हो । त्यसलाई आवश्यक पर्ने कच्चापदार्थ चामलको पीठो पकाएर तातो पीठो यन्त्रमा राखेर बनाइने झिनियाँ जिल्लामा छरिएर रहेका व्यवसायीले तिहार पर्वको अवसरमा मात्रै झण्डै दुई करोडभन्दा बढीको निर्यात गर्दै आएका छन् ।

तिहार पर्वबाहेक विवाह, व्रतबन्ध, पूजाआजा, माघे सङ्क्रान्ति, तीजपर्वलगायतका विभिन्न पर्व र शुभकार्यमा पनि यसको प्रयोग हुन थालेको छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाई दिएपछि प्रसादस्वरुप झिनियाँ दिने चलन छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com