ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घर बनाउने जग्गामा प्रसारणलाइन


admin
कार्तिक २०, २०७५ मंगलबार  १२ : ४५ बजे

बेत्रावती, २० कात्तिक ।  विनाशकारी भूकम्पका कारण आवासमा क्षति पुग्नाका साथै बस्तीसमेत बगाएपछि विस्थापित रसुवा डाँडागाउँका २४ परिवारका लागि घर बनाउन खरीद गरिएको जग्गामा विद्युतीय प्रसारण लाइन परेपछि पुनःनिर्माण अन्योल भएको छ ।

रसुवाको साविक डाँडागाउँ गाविस वडा नं ८ र ९ बाट विस्थापित भएकामध्ये २४ परिवारलाई घर बनाउन नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा खरीद गरिएको जग्गा प्रसारण लाइनको क्षेत्रमा परेको हो । माथिल्लो त्रिशूली थ्री ‘ए’ बाट उत्पादित विद्युत् केन्द्रीय प्रसारणमा जडानका लागि लैजाने १३२ केभी डबल सर्किट प्रसारण लाइनको तारमुनि उक्त जग्गा परेपछि पीडित बासिन्दा घर बनाउनबाट वञ्चित भएका हुन् ।

गत मङ्सिर २७ मा स्थानीय मैयाँकुमारी भट्टसँग खरीद गरिएको चार रोपनी १० आना जग्गा प्रसारण लाइनको दायाँबायाँको नौ-नौ मिटरको प्रभावित क्षेत्रमा परेकाले घर बनाउन नपाएको विस्थापित भीमबहादुर तामाङको गुनासो थियो । उहाँका अनुसार उक्त जग्गा स्थानीय प्रभावित बासिन्दाले छनोट गरेकाले प्राधिककरणका प्रमुख नापी अधिकृत कमल घिमिरे र नापी अधिकृत कृष्ण थापाले अनुगमन गरी ‘उपयुुक्त’ रहेको भन्दै खरीदका लागि स्वीकृत दिनुभएको थियो ।

“आवास निर्माणका लागि विस्थापित बासिन्दाले जग हाल्न थालेपछि थ्री ‘ए’ले सो स्थानमा प्रसारण लाइन पर्ने भएकाले काम रोक्न निर्देशन दिएकाले घर बनाउन नपाएका हौँ ।” तामाङले भन्नुभयो, “अब के गर्ने भनेर प्रशासन कार्यालय ९रसुवा०मा निवेदन दिएका छौँ ।”

विसं २०७२ वैशाख १२ को भूकम्पले घरमा क्षति पु¥याएको र उनीहरूको नाममा रहेको जग्गा पहिरोले बगाएपछि सो स्थानमा जग्गा खरीद गरेका २४ सहित ३०० भन्दा बढी विस्थापित परिवार हाल रसुवाको खाल्टे बगरमा अस्थायी टहरामा बसोबास गर्दै आएका छन् ।

विस्थापित परिवारका लागि खरीद गरिएकोे जग्गा प्रसारण लाइनमा परेपछि अन्योल भएकाले समस्या समाधानका लागि छलफल भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार पुनःनिर्माणका प्राविधिकले स्थलगत अनुगमनका क्रममा प्रभावकारी भूमिका निर्वाह नगरेको र जग्गादाताले समेत झुक्याएकाले उत्पन्न समस्या समाधानका लागि प्रयास भइरहेको छ ।

प्रसारण लाइनमा पर्ने जग्गाका लागि थ्री ‘ए’ले गत वर्ष भदौमा राजपत्रमा सूचना जारी गरिसकेको जनाएको छ । जग्गा बिक्री गर्ने भट्टले प्रसारण लाइनका लागि जारी भएको सूचना आफूलाई थाहा नभएको बताउनुभयो ।

उक्त स्थानमा प्रसारण लाइन निर्माणका लागि खम्बा ठड्याउने काम शुरु हुन बाँकी छ । प्रसारण लाइनमा पर्ने जग्गाको प्राधिकरणले केही रकम क्षतिपूर्ति दिने भए पनि मालपोतमा लगत कट्टा तथा कैफियत नहुने हुँदा सहजै जग्गापास भएको थियोे ।

गत मङ्सिर २७ गते नुवाकोट जिल्ला मालपोत कार्यालयबाट जग्गाको स्वामित्व हस्तान्तरण गरी लालपुर्जा वितरण र जग्गाधनीलाई चेक प्रदान गर्न आयोजित कार्यक्रम रसुवाको सदरमुकाम धुञ्चेमा राखिएकाले लालपुर्जा लिन पनि पीडित धुञ्चे नै जान बाध्य भएका थिए ।

रसुवाका जिल्ला आयोजना कार्यान्वय एकाइअन्तर्गतको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय प्रमुख कृष्णकान्त उपाध्यायका अनुसार प्रभावितले छनोट गरेको जग्गामा प्रतिपरिवार रु दुई लाखका दरले रु ४८ लाख उपलब्ध गराइएको थियो । “केन्द्रबाट आएको टोलीले सो जग्गा अनुगमन गरी स्वीकृत दिएको हो”, उहाँले भन्नुभयो, “जिल्लाको सदरमुकाममा लालपुर्जा हस्तान्तरण कार्यक्रम आयोजना गरिएकाले जग्गाको प्रकृतिको सम्बन्धमा जिल्ला कार्यालयको भूमिका नै भएन ।”

उक्त स्थान नुवाकोटको सीमा क्षेत्रमा पर्दछ । सो जग्गा खरीदका लागि समन्वय, स्वामित्व हस्तान्तरण एवं विस्थापितका लागि जग्गा खरीद गरिएको जिल्लामा पहिलो भएकाले सदरमुकाम धुञ्चेमा सामाजिक संस्था भूमि अधिकार मञ्चको सहयोगमा ‘विशेष कार्यक्रम’ राखिएको थियो ।

उक्त जग्गा खरीदका सम्बन्धमा उत्तरगया गाउँपालिका९ जहाँबाट उनीहरू विस्थापित भए० का अध्यक्ष उपेन्द्र लम्साल र नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष छत्रबहादुर लामा ९जहाँको जग्गा गरिद गएिको थियो० ले आफूहरुलाई यसबारे आफूहरूलाई जानकारी नभएको बताउनुभयो ।

स्थलगत अनुगमनमा आएका पुनःनिर्माण प्राधिकरणका प्राविधिकले प्रभावकारी समन्वय नगर्दा विस्थापितका लागि पुनःस्थापना र पुनःनिर्माणमा थप समस्या भएको सरोकारवालाहरूले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

इरानको आक्रमणमा यूएईमा एक नेपालीसहित तीन जनाको मृत्यु

सम्बन्धित

कांग्रेसले आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने प्रतिज्ञा लिएको छः गगन थापा

दलाल र विचौलियाको स्वार्थमा अडिएको यथास्थितिवाद देशका लागि खतरा: प्रचण्ड

ओलीले भने– मध्यपूर्वमा मिसाइल बर्सिंदा निदाउन सकिनँ

चुनाव विथोल्ने आशंकामा फेरि दुर्गा प्रसाईँ पक्राउ

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

निर्वाचन आयोगले भन्यो– प्रेसपास बाहकलाई अन्य पास चाहिँदैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com