ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भाई टिकासंगै पाल्पाली ढाका लोकप्रिय बन्दै 


admin
कार्तिक २०, २०७५ मंगलबार  १० : १८ बजे

 


पाल्पा ,२० कात्तिक । तिहार भाईटिका नजिकिदै जादाँ पाल्पाका ढाका पसलहरुमा भिडभाड बढेको छ । टिकाको दिन, दिदि बहिनीहरुले दाजुभाई लाई निधारमा सप्तरङ्गि टिका, शरिरमा फूलको माला र शिरमा पाल्पाली ढाका टोपि लगाउने परम्परा रहदै आएको छ ।

भाई टिकाको दिन दिदि बहिनीले दाजु भाई लाई टिका संगै पाल्पाली ढाका टोपि, आस्कोट, र दाजु भाईले दिदि बहिनी लाई चोलो, पछ्यौरा, मनी व्याग लगायतका सरसमान उपहार आदान -प्रदान गर्ने प्रचलन रहेको छ ।

तिहारको आगमन संगै अहिले पाल्पाली ढाकाका कारीगढहरुलाई सरसमान निर्माण गर्न भ्याई नभ्याई भएको छ । तिहारको समयमा दिदि बहिनीले ढाका टोपि, दाजुभाईले पछ्यौरा सल, व्याग उपहार लैजाने गरको कार्की ढाका कपडा पसलकी प्रोपाईटर कोपिल कार्कीले बताउनु भयो ।

तिहार पछि जाडो समय शुरु हुने भएकोले पनि दिदी बहिनी दाजुभाईले शरिरलाई चिसो बाट बचाउन ढाकाका सरसमान उपहार दिने चलन बढ्दै गएको हो । सप्तरङ्गी टिका संगै शिरमा पाल्पाली ढाका टोपि नभएमा शिरको शोभा नै नहुने भएकोले परम्परा देखी टोपि लगाउने प्रचलन रहेकोले पनि ढाका टोपि अनिवार्य बन्दै आएको छ । अन्य समयमा टोपि नलगाउनेहरुले पनि भाईटिको दिन टिका संगै टोपि चाहिने भन्दै दिदि बहिनीहरु ढाका पसलमा धाएको पाईन्छ ।

प्रत्येक बर्ष पाल्पाली ढाकाको व्यापार बढ्दै गएको छ । दशै तिहारमा मात्र पाल्पामा ७० प्रतिशत टोपिको व्यापार हुदै आएको छ । १ वटा पाल्पाली ढाका टोपीको मूल्य १ सय रुपैया देखी १ हजार २ सय रुपैया सम्म पर्दै् आएको छ । सामान्य परिवार देखी उच्च बर्गका व्यक्तिहरु लाई लक्षित गरी ढाकाका सामाग्रीहरु उत्पादन हुदै आएको छ ।
तानसेनमा मात्र करीब १० वटा ठुला ढाका उद्योग रहेका छन ।

घरेलु तथा साना उधोग विकास कार्यालयमा ३० वटा ढाका उधोग दर्ता भएकोमा हाल २५ वटा ढाका उधोग संचालनमा रहेका छन । हाल पाल्पाली ढाका बाट करीब १ हजारले रोजगारी पाएको बार्षिक रुपमा २० करोड सम्मको कारोवार हुदै आएको छ । २०१५ सालमा एउटा तान बाट स्व गणेशमान महर्जनले शुरु गरेको पाल्पाली ढाका कपडा अहिले देशकै नमुना कपडा उधोगको रुपमा परिचित भएको छ ।

राष्ट्रिय चर्चामा आएका पाल्पाली ढाका जस्ता उद्योग लाई माथि उठाउने ठोस योजना प्रस्ताव आएमा नेपाल कपडा उत्पादनमा आत्मनिर्भर हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

इरानको आक्रमणमा यूएईमा एक नेपालीसहित तीन जनाको मृत्यु

सम्बन्धित

कांग्रेसले आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने प्रतिज्ञा लिएको छः गगन थापा

दलाल र विचौलियाको स्वार्थमा अडिएको यथास्थितिवाद देशका लागि खतरा: प्रचण्ड

ओलीले भने– मध्यपूर्वमा मिसाइल बर्सिंदा निदाउन सकिनँ

चुनाव विथोल्ने आशंकामा फेरि दुर्गा प्रसाईँ पक्राउ

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

निर्वाचन आयोगले भन्यो– प्रेसपास बाहकलाई अन्य पास चाहिँदैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com