ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरामा फूलको व्यापार बढ्यो


admin

पोखरा, १९ कात्तिक । तिहारसँगै पोखराका बजारमा यतिखेर फूलको व्यापार बढेको छ । बजारमा विगत लामो समयदेखि पुष्प व्यवसाय गर्दै आएका व्यवसायीले सजाएर बिक्रीका लागि माला राखेका छन् । सामान्य व्यापारीका पसलमा पनि ठाउँ ठाउँमा फूलका माला झुण्डिएका देखिन्छन् ।

तिहारको पहिलो दिन आज कागतिहार प्रारम्भ भएसँगै बिहानैदेखि फूलको व्यापार बढेको व्यापारीहरू बताउँछन् । तिहारलाई लक्षित गरी व्यापारीले विगतको मागलाई हेरेर फूल मगाइसकेको पोखराको नयाँ बजारस्थित ग्रीन पेटल्सका सञ्चालक कपन रोयले जानकारी दिनुभयो ।

रोयले तिहारका लागि धादिङ, काठमाडौँ र भारतबाट फूल मगाइसक्नुभएको छ । पोखरामा पुष्प व्यवसायीले तिहारलाई लक्षित गरी तयार पारेका फूल पनि यस समयमा अत्यधिक खपत हुने गरेको छ । “तिहार भित्रिएसँगै घर सजाउन माला लैजाने क्रम हिजोदेखि नै शुरु भएको छ,” उहाँले भन्नुभयो, “यस पर्वलाई लक्षित गरी मगाइएका फूल तथा माला भाइटिकाको बिहानसम्म बिक्री हुने गर्दछ ।”

घरसजावट लगायतको प्रयोजनमा अघि पछिसमेत फूलको व्यापार हुने गरे पनि त्यसको तुलनामा तिहारको समयमा अत्याधिक माग हुने पोखराको पुष्पराज फ्ल्वर डेकोरेशनका सञ्चालक रञ्जन घोडाइले जानकारी दिनुभयो । यस पर्वका लागि आफूँले काठमाडौँ र कोलकाताबाट फूल मगाएको बताउँदै उहाँले भन्नुभयो, “बजारमा आइतबारदेखि मालाको व्यापार हुन थालेको छ, लक्ष्मीपूजा र भाइटिकामा अझै धेरै माला बिक्री हुन्छ ।” बजारमा सयपत्री रु ७० देखि ८० र मखमली लगभग रु ५० सम्ममा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो ।

अधिकांश नर्सरी र बगैँचामा सयपत्रीलगायतका फूल एक साता अघि नै फूलिसकेका कारण केही कृषक समस्यामा परेका छन् । फूल लगाउन समयतालिकामा ध्यान नदिँदा कृषकलाई समस्या परेको हो । पोखरासहित भरतपोखरी, सिसुवा, लामाचौर, हेमजा, बाटुलेचौरलगायतका क्षेत्रमा व्यावसायिक रुपमा फूलखेती गरिँदै आएको छ । तिहारको समयमा पोखरामा लगभग एक करोड मूल्य बराबर फूलको कारोबार हुने फ्लोरीकल्चर एशोसिएसन नेपाल कास्कीका निवर्तमान अध्यक्ष दयाकुमार द्वाले जानकारी दिनुभयो ।

जिल्लामा फूलखेतीतर्फ बढ्दै गएको आकर्षणसँगै एशोसिएसनमा हालसम्म ३६ व्यवसायी आवद्ध भइसकेको उहाँको भनाइ छ । यस पर्वमा कुकुर, गाई, गोरु जस्ता जनावरको पूजासाथै घर, आँगन, गोठ आदिमा माला एवं तोरणमा पनि फूलको प्रयोग हुने भएकोले यसको अत्याधिक खपत हुने गर्दछ ।

यहाँ तिहारमा ८० प्रतिशत फूल पोखरा र आसपासबाटै आउने गरेको र २० प्रतिशत भारतबाट आयात गर्ने गरिएको पुष्प व्यवसायी बताउँछन् । तिहारका लागि गाउँगाउँमा सयपत्री फूल लगाउने क्रम वर्षेनी बढिरहेको ओम बुद्ध नर्सरी पृथ्वी चोककी सञ्चालिका नरमाया प्रसाइले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस वर्षको तिहारलाई लक्षित गरी ओम बुद्ध नर्सरीबाट सयपत्री फूलको मात्रै २२ हजार बिरुवा बिक्री भएको थियो । कास्कीमा व्यावसायिक फूल खेतीको बढ्दो आकर्षण सँगै २०६२ मा फ्लोरीकल्चर एशोसिएसन गठन गरी यसको दीगो विकासका लागि पहल थालिएको संस्थापक अध्यक्ष वसन्त बानियाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com