ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्मचारीको गल्तीले एक परिवारको उठीवास


admin
कार्तिक १९, २०७५ सोमबार  ४ : १२ बजे

 उदयपुर, १९ कात्तिक ।  नापी कार्यलयका एक कर्मचारीको गल्तीका कारण त्रियुगा नगरपालिका ४ बगाहाका एक परिवारको उठीवास हुने भएको छ । बाह्र वर्षअघि जिल्ला नापी कार्यालयका कर्मचारीले स्थानीयवासी मोहन गोलेको घरबार कद्माहा सडकखण्डको नाममा जग्गा दर्ता गरिदिएकाले उहाँको परिवार अहिले आफ्नो घरजग्गाबाट उठीवास हुने स्थितिमा पुुगेको हो ।

श्रीमतीसहित चारजनाको परिवार रहेका पीडित गोलेले बीस वर्ष अघि नै बर्रेको पुख्र्यौली जग्गा बिक्री गरेर बगाहामा घरसहित डेढ कठ्ठा भन्दा बढी जग्गा खरिद गरी बसोबास गर्दै आएको जानकारी दिनुुहुन्छ ।

साविकको देउरी गाविसको कित्ता नं ५५६ को उक्त जग्गा गाईघाट कद्माहा सडक खण्डभन्दा आधा किलोमिटर अर्थात् ५५० मिटर तल बगाहा गाउँमा पर्ने जग्गा सडकको नाममा दर्ता भएको पाएपछि आफू र आफ्ना परिवारको उठीवास हुने अवस्थामा पुगेको श्रीमती आशमाया बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ,“१२ वर्षअघि गाउँमा जिल्ला नापीबाट कर्मचारी आएका थिए, सोही बेला कर्मचारीले लापर्बाही गर्दा उक्त सडकखण्ड भन्दा टाढा गाउँको आफूहरुको घरजग्गा जग्गा सडकमा नापी दर्ता गरिदिएछन्, अहिले बल्ल आफूहरुले आफ्नो जग्गा बिक्री गर्न लाग्दा पो थाहा भएपछि बेहाल जस्तै भएका छौं ।”

बाह्र वर्ष अघि तत्कालीन जिल्लाका नापी प्रमुख शैलेन्द्रकुमार नेपाली (सुढी)नापी निरीक्षक राजेन्द्र मण्डल, अमिनी सत्यनारायण यादव र खरिदार तस्बीर श्रेष्ठको टोली गाउँमा आएका बेला सोही टोलीको लापर्बाहीका कारण अहिले आफ्नो जग्गा सडकमा परेको मोहनको गुनासो छ ।

केही महीना अघिमात्र आफ्नो घरजग्गा बिक्री गरेर गाईघाटमा सर्ने योजनासहित एक ग्राहकबाट जग्गा बिक्री गर्न पाँचलाख बैनाबट्टा गर्दा आफ्नो जग्गा त आधा किलोमिटर भन्दा परका गाईघाट कद्माहा सडक खण्डमा पो परेको रहेछ भनेर थाहा पाएको मोहन बताउनुहुन्छ । गोलेका छिमेकी कुमार थापा भन्नुहुन्छ,“कसरी आधाकिलोमिटर परको सडकको जग्गा यहाँ आफूहरुको गाउँको घरमा प¥यो, हामी सबै जना चकित भएका छौं ।”

आफ््नो जग्गा कर्मचारीको लापर्बाहीले सडकमा परेको थाहा पाएपछि निवेदन गरे पनि नापीका कर्मचारीले यो काम अब आफूहरूबाट नहुने हुँदा अन्य कानूनी उपाय खोेज्नु भनेकाले आफूहरु समस्यामा परेको परेको र कानुनी कारबाहीका लागि खर्चको जोहो गर्न पनि कठिन भएकाले र उठीवास हुने अवस्था आएको श्रीमती आशमाया बताउनुहुन्छ

जिल्ला मालपोत अधिकृत राजकुमार खड्का भन्नुहुन्छ, “गोले परिवारको जग्गा सडक भन्दा धेरै तल छ, कसरी सडकमा प¥यो, त्यसबखत नापी हुँदा कर्मचारीमबाट सामान्य त्रुटि हुन गएको देखिन्छ, अब आफूहरुले सच्याएर हुँदैन, कि त न्यायलय जानुपर्छ, वा मन्त्रिपरिषद्को निर्णयबाट मात्र यो समस्या समाधान हुन्छ ।कर्मचारीको सामान्य त्रुटिका कारण आज बगाहाका चार परिवारको थातथलो नै गुम्ने अवस्था आएपछि अहिले गोले परिवार न्याय खोज्दै भौतारिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

इरानको आक्रमणमा यूएईमा एक नेपालीसहित तीन जनाको मृत्यु

सम्बन्धित

कांग्रेसले आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने प्रतिज्ञा लिएको छः गगन थापा

दलाल र विचौलियाको स्वार्थमा अडिएको यथास्थितिवाद देशका लागि खतरा: प्रचण्ड

ओलीले भने– मध्यपूर्वमा मिसाइल बर्सिंदा निदाउन सकिनँ

चुनाव विथोल्ने आशंकामा फेरि दुर्गा प्रसाईँ पक्राउ

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

निर्वाचन आयोगले भन्यो– प्रेसपास बाहकलाई अन्य पास चाहिँदैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com