ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माला गाँस्न र बजार लैजान चटारो


admin
कार्तिक १९, २०७५ सोमबार  १२ : ४२ बजे

भक्तपुर, १९ कात्तिक ।  वर्षैदेखि व्यावसायिक रुपमा मखमली फूलको खेती गर्दै आएका चाँगुनारायण नगरपालिका–९ ताथली बालाटोलका बासिन्दालाई यतिखेर मखमली फूलको माला गाँस्न र बजार लैजान चटारो भएको छ ।

उक्त टोलका बिनिता बालाको परिवार यतिखेर मखमली फूलको माला गाँस्न र बजार लैजान व्यस्त छन् । बिनितामात्र होईन बाला टोलका बनमाला र अन्य जाति पनि बारीमा लगाएको मखमली फूल टिपेर माला गाँस्नमै व्यस्त छन् तिहार लागिसक्यो, तिहारमा माला बिक्री गर्न नसके फूल खेर जाने भएकाले यहाँका करीब ६० घरपरिवारलाई मखमली फूल टिप्न, माला गाँस्न र बजार लैजान चटारो भएको हो ।

अहिले यहाँका बासिन्दालाई धान भित्र्याउने भन्दापनि माला बिक्री गर्ने चटारो भएको स्थानीय सन्तमाया बाला बताउनुहुन्छ । दश वर्ष अघिसम्म यहाँका बनमालाहरुले मात्रै फूल खेती गर्दै आएपनि पछिल्लो समयमा फूलखेती आम्दानीको मुख्य स्रोत भएको र एकै पटक दुई बाली लाउन सकिने भएपछि यहाँका किसान फूलखेतीतर्फ आकर्षित भएका हुन् ।

दिनभरमा एकजनाले १०० देखि १५० वटासम्म माला गाँस्ने गरेका छन् । अहिले बिहानैदेखि रातिसम्म नै कोही माला गाँस्ने कोहीले बजार पु¥याउने कामको चाँजो यहाँका बासिन्दाले मिलाएका छन् । व्यापारी गाउँमै माला र फूल लिन आउने भएपछि धेरैले व्यापारीलाई नै माला दिएका छन् भने व्यापारीको माग बमोजिम माला गाँस्नसमेत सकिएको छैन ।

सन्तमाया भन्नुहुन्छ, “मखमली फूलखेतीले आत्मनिर्भर बनाएको छ, दशँै–तिहारका लागि अन्यत्र खर्च खोज्न जानु पर्दैन, चाडपर्व मनाएर पनि रकम बचत गर्न सकिन्छ, धान नफल्ने खेत तथा बारीमा लहलह फूल झुल्न थालेपछि यैे खेती शुरु गरेका हौ ।” मखमली फूल खेती गरेकै ठाउँमा अन्यजातका फूल तथा भटमास, मकै लगाएर दोहोरो बालीसमेत उनीहरुले भित्र्याउने गरेका छन् ।

एक रोपनी जग्गामा लगाएको फूलखेतीबाट रु एक लाखसम्म आम्दानी हुने भएपछि किसानहरु फूलखेतीतर्फ आकर्षित भएका हुन् । किसानले चारआनादेखि पाँच रोपनी जग्गासम्ममा फूल खेती गर्दै आएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डु र चाँगुनारायण नगरपालिका –९ ताथली फूलखेतीका लागि प्रसिद्ध छ ।

भक्तपुरका विभिन्न स्थानमा करीब पाँच सय हेक्टर जमीनमा फूलखेती हुने गरेको छ । वर्षेनी जिल्लामा करीब रु तीन करोडभन्दा बढीको फूल बिक्री हुने गरेको छ ।

भक्तपुरमा उत्पादान भएका मखमली फूल र माला राजधानीसँगै विभिन्न जिल्ला र विदेशमा समेत निर्यात हुने र गाउँमै व्यापारी आएर लैजाने भएपछि किसानलाई निकै सहज भएको गरिबसँग विश्वेश्वर कृषि समूहकी संयोजक मन्सरा मिश्र बताउनुुहुन्छ ।

विसं २०६० मा स्थानीय विकास कोषले फूलखेतीमा किसानलाई आकर्षित गर्न तालीम र बिउविजन दिएपछि किसानहरु फूलखेतीमा आकर्षित भएका हुन् । वैशाख–जेठ महीनामा रोपेको मखमली फूल साउनदेखि टिपेर राख्ने र असोजदेखि बिक्री गर्ने गरिन्छ । साउनदेखि फूल टिप्न थाले पनि कात्तिकसम्म नै फूल टिप्न मिल्छ ।

घरबाट व्यापारीहरुले प्रतिमाला रु २० देखि २५ सम्म दिने गरेका र आफँैले बजारमा लगेर बेच्दा रु ५० सम्म आउने गरेको उनीहरु बताउँछन् । मखमली फूलको माला खोज्न साउनदेखि नै व्यापारी आउने गरेको ताथलीकी सरिता बालाले जानकारी दिनुभयो ।

खेती गर्न सजिलो र आम्दानी राम्रो हुने भएकाले अहिले बनमाला बाहेक अन्य जातीले पनि फूल खेती गर्ने गरेको उहाँको भनाइ थियो । व्यावसायिक फूलखेती गरेका किसानहरुलाई प्राविधिक ज्ञान, सिप र तालीमको व्यवस्था गर्ने गरिएको संयोजक मिश्रले बताउनुभयो ।

भाइटिकामा कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिए दाजुभाइले दीर्घजीवन पाउने विश्वासका कारण तिहारमा यो फूलको महत्व बढेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

इरानको आक्रमणमा यूएईमा एक नेपालीसहित तीन जनाको मृत्यु

सम्बन्धित

कांग्रेसले आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने प्रतिज्ञा लिएको छः गगन थापा

दलाल र विचौलियाको स्वार्थमा अडिएको यथास्थितिवाद देशका लागि खतरा: प्रचण्ड

ओलीले भने– मध्यपूर्वमा मिसाइल बर्सिंदा निदाउन सकिनँ

चुनाव विथोल्ने आशंकामा फेरि दुर्गा प्रसाईँ पक्राउ

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

निर्वाचन आयोगले भन्यो– प्रेसपास बाहकलाई अन्य पास चाहिँदैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com