
काठमाडौं, १९ कातिक । नेपालको प्रजातान्त्रिक आन्दोलन,मानवअधिकार,भाषीक आन्दोलन र आदिवासी जनजाति आन्दोलनको अगुवा पद्यरत्न तुलाधरको ७८ वर्षको उमेरमा निधन भएको छ । उनको निधनले नेपाली जनताले जुझारु योद्धा गुमाएको राजनीतिक दलका नेताहरुले प्रतिक्रिया दिएका छन् ।
जन्मे पछि मृत्यु हुनु स्वभाविक हो । तर जन्मे पछि समाज र राष्ट्रका लागि केही योगदान गरेर सरमाजका लागि प्रेरणाको पाठ छोडेर जाने कमै मात्र हुन्छन । यस्तै समाजको प्रेरेणाको स्रोत बनेर इहलीला त्याग गर्ने मध्यका एक हुन पद्यरत्न तुलाधर । उनको नेपालको भाषीक अन्दोलन र मानवअधिकारको पक्षमा काम गर्दागर्दै ७८ वर्षको उमेरमा निधन भएको छ ।
रगतको नशा ब्लक भएको, छातिमा इन्फेक्सन देखिएको, बाया“ तर्फका शरीरका अंग चलाउन असजिलो भएपछि उनी केही दिन देखि अस्पताल भर्ना भएका थिए । उनको उपचारको क्रममा आइतबार मध्याह्न निधन भएको नर्भिक अस्पताल स्रोतले जनाएको छ । सुरुमा माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएका तुलाधरलाई पछि नर्भिक अस्पतालमामा रिफर गरिएको थियो ।
तुलाधर भाषा आन्दोलनबाट उदाएका नेता थिए । नेपाल भाषा मंकाः खलः को अध्यक्ष बनेर उनले भाषिक आन्दोलन सुरु गरेका थिए । तर, उनको परिचय त्यतिमा मात्रै सीमित भएन । चिन्नेहरुले उनलाई मानवअधिकारवादी आन्दोलन, लोकतन्त्रिक आन्दोलन, वाम आन्दोलनका नेता भनेर पनि चिन्ने गर्दछन ।
अझ जनजाति आन्दोलनमा लाग्नेहरुका निम्ति उनी प्रेरणादायी व्यक्ति थिए । पछिल्लो समय उनी पहिचानवादी नेताको रुपमा चिनिन्थे । तुलाधर रुन्चे नेता भनेर पनि चिनिन्थे। उनी भाषण गर्दा मात्रै होइन, पढ्दा तथा फिल्म हेर्दा पनि रुन्थे । राष्ट्रिय पञ्चायतको सदस्य छँदा रोस्ट्रममा उभिएर भ्रष्टाचारको विरोधमा बोलेका तर कसैले समर्थन नगरे जस्तो पाएपछि तुलाधर रोएको कुरा बेलाबेलामा चर्चा भइरहन्थ्यो २०४२ मा तुलाधर तत्कालीन नेकपा(माले)को समर्थनमा राष्ट्रिय पञ्चायत सदस्यमा जनपक्षीय उम्मेद्वारका रुपमा उठेर अत्यधिक मत सहित विजयी भएका थिए ।
तुलाधरले बहुदल घोषणापछि २०४८ र २०५१ सालमा निरन्तर दुई पटक काठमाडौ“बाट सूर्य चिह्नमा चुनाव जितेका थिए । तुलाधर मनमोहन अधिकारीको ९ महिने सरकारमा श्रम तथा स्वास्थ्य मन्त्री बनेका थिए । तुलाधरलाई तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्वपुर्ण सहजकर्ताको भूमिका खेलेको ब्यक्तिको रुपमा पनि चिनिन्छ । सुरुमा एमाले निकट भनेर चिनिने तुलाधरलाई शान्ति प्रक्रियापछि भने माओवादी भनेर चर्चा गर्न थालियो । तुलाधरका नेपाल भाषामा थुप्रै पुस्तक प्रकाशित छन् । पछिल्लो काल खाण्डमा पहिचानको आन्दोलनमा सक्रिय रहेको थिए तुलाधर । तुलाधरको निधन पनि श्रद्धाञ्जली दिन अस्पतालमा विभिन्न दलका नेताहरु पुगेका थिए ।
नेकपाका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री प्रचण्ड ,अर्का नेता माधवकुमार नेपाल, नेकपा महसचिव विण्णु पौडेल, नया“ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई, पूर्वसभामुख दमननाथ ढुंगाना, शिक्षामन्त्री गिरिराजमणि पोखरे लगाए अदिवासी क्षेत्रका नेता कार्यकर्ताहरु नर्भिक अस्पताल पुगेका थिए । अध्यक्ष प्रचण्डले पद्मरत्न तुलाधर राजनीतिक र सांस्कृतिक आन्दोलनको अग्रज भएको बताए । तुलाधरले मानव अधकिार र सास्कृतिक आन्दोलन ऐतिहासिक भूमिका निर्वाह गरेको ब्यक्ति भएको बताउदै राष्ट्रका लागि ठुलो क्षेति पुगेको भनाई राखे । तुलाधरकै भूमिका कारण शान्ति प्रक्रियाको वातावरण बनेको पनि प्रचण्डले बताए ।
पूर्वसभामुख दमननाथ ढुंगानाले तुलाधर समान्तावादी मान्छे भएको बताए । तुलाधर आफ्नो भाषा, संस्कृतिको सम्मान होस् भन्ने चाहना राख्ने व्यक्ति भएको बताउदै काठमाडौंका लागि धरोहर नै भएको बताए ।
यस्तै आदिवासी जनजाती अन्दोलनका अगुवा प्रोफेसर ओम गुरुङले तुलाधारको निधानले आदिबासी र उत्पिडित समुदायको लागि अतुलानिय क्षेती पुगेको बताए । उत्पीडित समुदायले अधिकार स्थिापित गर्ने सकेमा मात्र तुलाधरको योगदानको कदर हुने गुरुङको भनाई रहेको छ ।
तुलाधरको निधानले नेपालको राजनीतिक र पहिचानकोे क्षेत्रमा अमुल्य क्षेति पुगेको आदिवासी अगुवाहरुको भनाई रहेको छ । स्वर्गीय तुलाधरका श्रीमति, २ छोरा, २ छोरी रहेका छन । नेता तुलाधरको योगदानको कदर गर्र्दै सरकारले राजकिय सम्मानको साथ अन्त्यष्टि गरिने जनाएको छ । स्वर्गीय तुलाधरको आत्माले शान्ति पाओस् हार्दिक श्रद्धान्जली ।
https://www.facebook.com/abctelevision/videos/2562298897119044/







प्रतिक्रिया दिनुहोस्