ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिहार नजिकिएसंगै काठमाडौंको असन बजारमा भिडभाड बढ्दै


एबीसी न्यूज
कार्तिक १९, २०७५ सोमबार  ७ : १५ बजे

काठमाडाैं, १९ कातिक ।  नेपालीहरुको दोस्रो ठुलो चाड तिहार नजिकिएसंगै बजारमा तिहारलाई आवश्यक पर्ने सामानको किनमेल गर्नेहरुको चहलपहल बढ्न थालेको छ । काठमाडौंको विशेषगरी असन, भोटाहिटी, न्युरोड, इन्द्रचोकलगायतका मुख्य बजारमा तिहारका लागि चाहिने सामान किनमेल गर्ने ग्राहकको चहलपहल बढेको हो ।

नेपालीहरुको दोस्रो ठूलो चाड शुभदिपावली तथा तिहार नजिकिएसंगै काठमाडौं लगायत देशभर तिहारका सामाग्री किनमेल गर्ने ग्राहकको भिडभाड देखिन थालेको छ । प्राय सधैं भिडभाड भइरहने काठमाडौंको असन बजार तिहार नजिकिएसंगै झनै भिडभाड बढ्दै गएको छ । तिहारको लागि भाइमसला पाइने मुख्य स्थान मख्खन गल्लीमा पनि उस्तै भीड छ । खासगरी राजधानीको असन, इन्द्रचोक, न्यूरोड, बानेश्वर, कालिमाटी लगायतका स्थानहरु उपभोक्ताको भिडभाडका कारण मेलास्थल जस्तै देखिन्छन् । बजारमा किनमेल गर्न आउने ग्राहकको यो भीडले तिहारको रौनकलाई दर्शाएको छ । तर यति भिडभाड हु“दा पनि विगतका वर्ष जति व्यापार नहुने गरेको व्यापारीहरु बताउ“छन् ।

तिहारको समयमा विशेष प्रयोग हुने सामनहरु झिलीमिली बत्ती, तामा पित्तलका भा“डा तथा दियो, मकमली र सयपत्रीको फूलमाला, प्लास्टीकमा मालाहरु, भाइमसला, सप्तर¨ी टिका लगायतका तिहार सामाग्रीहरु यतिवेला बजारमा राखिएको छ । भाइमसलाको लागि काठमाण्डौको मुख्य स्थान मख्खन गल्लीमा अन्य व्यापारीहरुले पनि तिहारको सामान विक्रिका लागि राखेका छन् । तिहार आउन लगभग १५ दिन अगाडीदेखी व्यापार सुरु हुने गरेको र भाइटिकाको अघिल्लो दिनसम्म व्यापार गरिने व्यापारी बताउछन ।
तिहारको लागि सामान किन्न आएका ग्राहकहरु यस वर्षमात्र नभइ जहिले असन बजार भीडभाड हुने र चार्डपर्वको वेलामा आवत जावत गर्न र समान किनमेल गर्न अझ कठिन हुने बताउछन् । तिहारको सामान भाउ बढेको गुनासो गर्दै ग्राहकहरु आवश्यक सामान नकिनी नहुने बताउ“छन् ।

तिहारको सुरुवातस“गै राजधानीको न्युरोड असनलगाएतका स्थानका पसलहरुमा तिहारमा प्रयोग हुने विभिन्न सरसामानको किनमेल गर्न सर्वसाधारणको भिड लागेको छ । सर्वसाधारणले बजारमा तिहारमा प्रयोग हुने विभिन्न किसिमको बत्ती, दियो, कपास, टिका लगायतका सरसामानहरु किन्ने गरेको पाइन्छ । हरेक समयका लागि सदावहार बजार मानिने काठमाडौको असन, न्युरोड र इन्द्रचोकलगाएतका स्थानको महत्व चाडपर्वमा अझ बढी चुलिने गर्दछ । भान्सादेखि पूजाकोठा र नुनदेखि सुनसम्मका सबै सामग्री भेटिने यी स्थानको भाउ चाडपर्वमा त्यसै पनि बढ्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com