ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मूल्य घटाएर चिनी बिक्री


admin
कार्तिक १८, २०७५ आईतबार  ५ : ०९ बजे

धनगढी, १८ कात्तिक । दशैँ तथा तिहार पर्वमा उपभोक्तालाई चिनी र नुन सहुलियत दरमा उपलब्ध गराउन सुदूरपश्चिम प्रदेशका सात ठाउँमा सञ्चालनमा रहेका सुपथ मूल्य पसलमा शनिबारदेखि चिनीको बिक्री हुन थालेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत असोजमा सञ्चालनमा ल्याएका सुपथ मूल्य पसलमा केन्द्रीय कार्यालयको निर्देशनबमोजिम चिनीको बिक्री यस बीचमा झण्डै एक महीना रोकेको थियो ।

कर्पोरेसनले शनिबारदेखि सुपथ मूल्य पसलबाट उपलब्ध गराउन थालेको चिनीको बिक्री मूल्य साबिकको भन्दा रु दुई घटाएर प्रतिकिलो रु ६८ तोकिएको कर्पोरेसनको धनगढीस्थित कार्यालयका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

सुपथ मूल्य पसलमा यसअघि चिनीको बिक्री मूल्य प्रतिकिलो रु ७० तोकिएको थियो । नुन भने साबिकमा तोेकिएअनुसार नै प्रतिकिलो रु १८ मा बिक्री गर्ने व्यवस्था गरिएको छ । ‘‘चिनीमा सरकारको अनुदान छैन, घाटा व्यहोरेर भए पनि कर्पोरसनले उपभोक्तालाई चिनी र नुन सुपथ मूल्यमा उपलब्ध गराउन थालेको हो,” उहाँले भन्नुभयो ।

कर्पोरेसनले सुदूरपश्चिम प्रदेशको कैलालीको धनगढी र टीकापुर, कञ्चनपुरको बेलौरी र भीमदत्तनगर, डडेलधुरा र डोटीको दीपायल तथा बैतडीको पाटनमा असोज १४ गतेदेखि नुन र चिनीको सुपथ मूल्य पसल सञ्चालमा ल्याएको हो ।

तराईका बजार क्षेत्रमा नुन प्रतिकिलो रु २० देखि रु २२ तथा चिनी प्रतिकिलो रु ७५ देखि रु ८० सम्म तथा पहाडका बजार क्षेत्रमा नुन प्रतिकिलो रु २० देखि रु २५ तथा चिनी रु ८० देखि रु ९० सम्ममा बिक्री भइरहेको छ ।

कर्पोरेसनले सञ्चालनमा ल्याएका सुपथ मूल्य पसलबाट उपभोक्तालाई राहत पुग्ने र केही हदसम्म बजार मूल्यलाई नियन्त्रण गर्ने विश्वास गरिएको छ । कर्पोरेसनले नुन प्रतिकिलो रु २० मा बिक्री गर्दै आएकामा सुपथ मूल्य पसलमा प्रतिकिलोमा रु दुई घटाएर बिक्री गर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

इरानको आक्रमणमा यूएईमा एक नेपालीसहित तीन जनाको मृत्यु

सम्बन्धित

कांग्रेसले आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने प्रतिज्ञा लिएको छः गगन थापा

दलाल र विचौलियाको स्वार्थमा अडिएको यथास्थितिवाद देशका लागि खतरा: प्रचण्ड

ओलीले भने– मध्यपूर्वमा मिसाइल बर्सिंदा निदाउन सकिनँ

चुनाव विथोल्ने आशंकामा फेरि दुर्गा प्रसाईँ पक्राउ

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

निर्वाचन आयोगले भन्यो– प्रेसपास बाहकलाई अन्य पास चाहिँदैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com