ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

शिक्षामा सुधार गर्न लगानी आवश्यक : सचिव बराल


admin
कार्तिक १८, २०७५ आईतबार  १२ : ३५ बजे

 

काठमाडौं,१८ कात्तिक । शिक्षामा सुधार ल्याउनको लागि लगानी आवश्यक रहेको शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले बताएका छन ।
ईडियु कार्यक्रमको शैक्षिक कुरामा बरालले लगानी विना शिक्षामा सुधार गर्न नसकिने बताएका हुन ।

सरकारले शिक्षामा आमुल परिवर्तन गर्न विभिन्न योजना बनाएको भएपनि लगानीको अभावले योजना प्रभावित बनेको उनको भनाई छ । सरकारले शिक्षामा १० प्रतिशत बजेट छुटटाएपनि बजेट पर्याप्त नहुदा सरकारको योजनाले काम गर्न नसकेको हो । संघिय प्रणाली अनुसार शिक्षामा गुणस्तरीय शिक्षा लागु गर्र्न सरकारले विभिन्न रणनिति तथा योजना बनाएको छ ।

संघिय प्रणालीमा शिक्षा निति , गुणस्तरीय शिक्षा , दक्ष र सक्षम शिक्षक , विद्यालयको भौतिक र शैक्षिक सामाग्रीको पर्याप्ता , सामुदायिक र निजि विद्यालविच देखिएको असमानता , उच्च शिक्षाको अवस्था लगायत समग्र शिक्षाक्षेत्रमा परिवर्तन गर्न सरकारले कसरत गरिरहेको बताएको छ । साथै प्रविधियुत्त शिक्षा प्रणाली लागु गर्न लागी परेको छ ।

दक्ष र विषयबस्तुप्रति ज्ञान भएका शिक्षक उत्पादनमा समेत मन्त्रालयले ध्यान दिएको छ । निजि र सार्वजनिक विद्यालयमा देखिएको खाडललाई पुर्दै विद्यार्थीहरुका शिक्षण सिकाई प्रभावकारी बनाउन सरकार लागी परेको बरालले बताए । सामुदायि विद्यालयप्रति घटदै गएको विद्यार्थीको मोहलाई बढाउनको लागि छात्रबृति , दिवा खाजा लागयतका विविध कार्यक्रम राखेको बरालले बताए ।

सामुदायिक विद्यालयलाई मजबुत बनाउनको लागी पर्याप्त लगानी र दक्ष शिक्षकबाट पठनपाठन अनिवार्य हुनुपर्ने उनको बुझाई छ । अभिावक र विद्यार्थीहरुमा देखिएको अन्योलतालाई हटाउन शैक्षिक गतिविधी र भौतिक संरचना मुख्य आकर्षक भएको बराले टिप्पणी गरेका छन ।

स्थानिय तहका देखिएको कर्मचारी अभाव र निति नियम समयमा नबन्दा शिक्षमा समस्याको चाङ बढदै गएको उनले बताएका छन । शिक्षामा देखिएको समस्यालाई समाधान गर्न सरकारले १५ औं पञ्चवर्षिय योजना पनि ल्याउन लागेको बरालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्को बज्यो घण्टी: धनुषा–३ मा मनिष झा विजयी, एमालेको जमानत संकटमा

हिमालपारि कांग्रेसको राहत: मुस्ताङबाट योगेश गौचन थकालीको सानदार जित

सम्बन्धित

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com