ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आँखा शिविरमा ५४ बिरामीको निःशुल्क शल्यक्रिया


admin
कार्तिक १७, २०७५ शनिबार  १ : १४ बजे

 

चौतारा, १७ कात्तिक ।  सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा आयोजित दुई दिवसीय निःशुल्क आँखा शिविरमा ५४ जना मोतीया विन्दुका बिरामीको सफल शल्यक्रिया सम्पन्न भएको छ ।

उक्त शिविरमा जिल्लाका दुर्गम गाउँलगायत छिमेकी काभ्रे जिल्लाका बिरामी समेत तीन सय ८७ जनाको आँखा परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको छ ।

तिलगङ्गा आँखा प्रतिष्ठान, नेपाल रेडक्रस सोसइटी, जिल्ला स्वास्थ्य कार्यालय तथा सामुदायिक आँखा केन्द्रको संयुक्त आयोजनामा भएको सो शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठानकी विशेषज्ञ डा सुषमा दुवालको नेतृत्वमा १३ जना स्वास्थ्यकर्मीको सहभागिता रहेको रेडक्रसका मन्त्री कमलचरण कक्षपतिले जानकारी दिनुभयो ।

त्यसैले चौतारा साँगाचोकगढी नपा र चौतारा बजारमा आयोजित स्तन तथा पाठेघरको मुखमा क्यान्सरको नि.शुल्क शिविरमा ३५० जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको थियो ।

बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरका क्यान्सर रोकथाम विशेषज्ञ डा किशोर प्रधानाङको नेतृत्वमा आएको सातजना स्वास्थ्यकर्मीको टोलीले परीक्षण गरेका थिए ।

शिविरमा ३५० जनाको परीक्षण गरी २५० जनालाई औषधि वितरण गरिएको थियो । पाठेघरको मुखको क्यान्सरका १७२ जना महिलाको परीक्षण गर्दा १९ जनामा आङ खसेको, दुईजनामा क्यान्सरको शङ्का र १५५ जनामा सङ्क्रमण देखिएको नगरपालिकाका स्वास्थ्य संयोजन शिवपुरीले जानकारी दिनुभयो ।

यसरी क्यान्सर हुनुमा केही मात्रामा वंशानुगत कारण देखिएको छ भने धूमपान, मदिरापान, पोलेको मासु बढी खानु, आनीबानी र खानपान मुख्य रहेको चिकित्सकको धारणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

इरानको आक्रमणमा यूएईमा एक नेपालीसहित तीन जनाको मृत्यु

सम्बन्धित

कांग्रेसले आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने प्रतिज्ञा लिएको छः गगन थापा

दलाल र विचौलियाको स्वार्थमा अडिएको यथास्थितिवाद देशका लागि खतरा: प्रचण्ड

ओलीले भने– मध्यपूर्वमा मिसाइल बर्सिंदा निदाउन सकिनँ

चुनाव विथोल्ने आशंकामा फेरि दुर्गा प्रसाईँ पक्राउ

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

निर्वाचन आयोगले भन्यो– प्रेसपास बाहकलाई अन्य पास चाहिँदैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com