ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राैतहटमा अनुमति बिना नै खाेलाबाट जथाभावी तरिकाले ढुंगा निकाल्ने काम तिब्र


एबीसी न्यूज

रौतहट, १६ कार्तिक।  रौतहट जिल्लाको लाल बकैया खोलाबाट अनुमति बिना नै स्काभेटर प्रयोग गरि जथाभावी तरिकाले ढुंगा निकाल्ने काम तिब्र रुपमा भइरहेको छ । जिल्ला समन्वय समिति रौतहटको अनुमति बिना नै गुजरा नगरपालिकाले नियम विपरित रमन सगरमाथा जे.भी. कन्सट्रक्सनलाई स्काभेटर प्रयोग गरेर ढुंगा निकाल्न अनुमति दिइएको हो ।

गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरीले जिल्ला समन्वय समितिबाट मौखिक रुपमा आदेश आएकोले नगरपालिकाबाट स्काभेटर प्रयोग गर्न अनुमति दिएको भन्दै आफु जोगिन खोजेका थिए । यता जिल्ला समन्वय समितिबाट कुनै अनुमति नदिएको इन्जिनियर दिपेन्द्र प्रसाद यादवले बताए ।

यादवका अनुसार निर्माण कम्पनीले अनुमतिका लागि आवश्यक कागजात पेश गरेको भएता पनि गुजरा नगरपालिकाको कार्यपालिकाको निर्णय नआएकोले समन्वय समितिबाट अनुमति नदिएको बताए । त्यसै गरी अनुमति बिना नै ढुंगा निकालेको भनेर स्थानियले रौतहटका प्रमुख जिल्ला अधिकरी गोविन्द प्रसाद रिजाल तथा रौतहट प्रहरी प्रमुख केदार ढकाललाई जानकारी गराउदा समेत उनीहरुले बेवास्ता गरेको स्थानीय बासिन्दा इश्वर प्रधानले बताए ।

प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, प्रहरी प्रमुख केदार ढकाल र नगरपालिकाका प्रमुख सन्तलाल चौधरी ठेक्केदार कम्पनीसँग मोटो रकम लिएका कारण जिल्ला समन्वय समिति रौतहटको अनुमति तथा अनुगमन बिना नै नियम बिपरित स्काभेटर प्रयोग गरेर ढुंगा निकाल्दा पनि कार्वाही नगरेको एक जना शिक्षकले नाम गोप्य राख्ने शर्तमा बताए ।

बकैया खोलामा अनुमति बिना नै जथाभावी स्काभेटरको प्रयोग गरि ढुंगा निकाल्दै आएका कारण वर्षायाममा आउने बाढीले आफ्नो बहाव बदल्दै गाउँ नै बगाउने खतरा रहेको भए पनि नगरपालिका तथा सम्बन्धित निकायले बेवास्ता गर्ने गरेको स्थानिय बासिन्दा बिन्देश्वर पासवानले बताए ।

पासवानका अनुसार आफ्नो भएको सम्पूर्ण खेत खोलाले कटान गरेको र नदी नियन्त्रण तथा तटबन्धको लागि प्रमुख जिल्ला अधिकारीको कार्यालय र नगर प्रमुख सन्तलाल चौधरी तथा सम्बन्धित सम्पूर्ण निकाय धाउदा पनि कतैबाट राहत तथा आफ्नो कुराको सुनुवाई नभएको तर फेरी त्यही खोला माथी सबैको नजर गएको उनले बताए । लाल बकैया खोलामा वर्षेनी आउने बढीले धेरैलाई सुकुम्बासी बनाएको भएपनि अनुमति बिना नै स्काभेटर प्रयोग गरेर ढुंगा निकाल्दा समेत स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा सम्बन्धित निकाय मौन बसेकाले सबैको मिलेमत्तो रहेको स्थानीयले अाराेप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com