ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्याङजेनमा रिपिटर टावर जडान गरिदिन पर्यटन व्यवसायीको माग


admin
कार्तिक १५, २०७५ बिहीबार  ४ : ४० बजे

रसुवा, १५ कात्तिक । पर्यटकीय क्षेत्र लाङटाङ तथा क्याङजेनमा टेलिफोन सेवा सहज बनाउनका लागि रिपिटर टावर जडान गरिदिन पर्यटन व्यवसायीले माग गरेका छन् ।

लाङटाङका पर्यटन व्यवसायी तेम्बा लामाका अनुसार भूकम्पपछि लाङटाङ क्षेत्रमा पर्यटकको सङ्ख्या क्रमशः बढ्दै गएको छ । हिमाली क्षेत्रको पदयात्रामा रहँदा आफन्तजनलाई सहजै सूचना दिन टेलिफोनको तथा इन्टरनेटको अभाव छ ।

“त्यसैले बृद्धिमको माथिल्लो भाग लाङटाङ हिमालको काखमा पर्ने पाङसाङमा नेपाल टेलिकमको रिपिटर टावर स्थापना गर्न टेलिकमसँग माग गरिएको हो”, लामाले भन्नुभयो ।

पाङसाङमा राखिने रिपिटर टावरले क्याङजेनलगायत लाङटाङ क्षेत्रका पर्यटकीय मार्गको पूरै भागमा सञ्चार सुविधा सहज हुने पर्यटन व्यवसायी बताउँछन् । नेपाल टेलिकमले भूकम्पपछि लाङटाङमा जडान गरेको सिडिएमए टावरले त्यति राम्रो काम गर्न सकेको छैन ।

सञ्चारको थप सुविधा बढाउन सकिए पर्यटकको आगमन बढ्नेमा आफूहरु आशावादी भएको स्थानीय पर्यटन व्यवसायी दिण्डुप तामाङले बताउनुभयो ।

नेपाल टेलिकम रसुवाले भने लाङटाङ क्षेत्रमा सिडिएमए मोबाइल सेवा भूकम्पपछि नै सञ्चालन गराइएको र नमस्ते (जिएसएम) का लागि सर्भे प्रक्रिया अगाडि बढाएको बताइएको छ । लाङटाङलगायत क्षेत्रमा गत वर्ष १३ हजार ७८९ पर्यटकले भ्रमण गरे । यस वर्षको साउनदेखि हालसम्म दुई हजार बढी पर्यटकले हिमाली क्षेत्रको भ्रमण गरिसके । पर्यटकको आउने क्रम दिनानुदिन बढ्दै गएको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com