ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तपार्इहरू खुल्ला हृदयका साथ लगानी गर्नुहोस, लगानीकर्ताको सुरक्षा सरकारले गर्छ – मन्त्री पुन


एबीसी न्यूज

काठमाडौं, १५ कात्तिक । सरकारले ऊर्जा क्षेत्रमा लगानी बढाउने लक्ष्यका साथ स्वदेशी तथा विदेशी लगानीकर्तालाई प्रभावकारी रुपमा परिचालन गर्ने नीति अगाडि सारेपछि सकारात्मक लक्षणहरु देखा परेका छन् ।

पछिल्लो् पटक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्री बर्षमान पुनले आन्तरिक तथा बाह्य लगानी भित्र्याउनका लागि योजनाबद्ध रुपमा सकारात्मक परिणाम निकाल्ने कामलाई बढावा दिएका छन् । उनले राज्यको स्रोतले मात्रै ठूला र जलाशयुक्त आयोजना निर्माण हुन नसक्ने घरेलु अवस्थालाई ध्यानमा दिएर छिमेकी मुलुक तथा अन्य साझेदार निकायलाई समेत देशका लगानीका लागि आग्रह गरेका छन् ।

उनले विशेष गरी चीन, भारत, बंगलादेश, दक्षिण कोरिया, जस्ता ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान गरेका देशलाई नेपालमा लगानीका लागि संस्थागत रुपमा नै आग्रह गरेका छन् । यस्तै विदेशी दातृ निकायको रुपमा रहेको एशियाली विकास बैंक, विश्व बैंक, अन्तर्राष्ट्रिय वित्त निगत, जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका) जस्ता संस्थालाई पनि आग्रह गरेका छन् । पछिल्लो दिनमा उनले गरेका सकारात्मक प्रयास सार्थक हुने दिशामा अगाडि बढेको छ ।

नेपाली जनताको लगानीमा नै तीन हजार ७०० मेगावाट क्षमताका आयोजना निर्माण गर्ने कार्यक्रम समेत विशेष प्राथमिकतामा रहेको छ । घर घरमा विजुली, जन जनमा शेयरको नारा मार्फत हरेक नेपालीलाई जलविद्युत् आयोजनाको लगानीइकर्ता बनाउने उनको उद्देश्यले सार्थकता पाउन थालेको छ । विगतमा योजना नबन्ने, बने पनि काम काजी नबन्ने गरेको अवस्थामा मन्त्री पुनले सार्थक , व्यवहारिक र कायान्वयन गर्न सकिने योजनालाई विशेष प्राथमिकता दिएका छन् । जसका कारण नेपालको ऊर्जा क्षेत्रमा आगामी केही बर्ष भित्रै सकारात्मक लक्षण देखा पर्ने अवस्था सिर्जना भएको छ ।

नेपालीहरु मस्तले दशै मनाइरहेको बेला ऊर्जा मन्त्री पुन चीन भ्रमणमा गए । उनले आफ्ना समकक्षीदेखि ऊर्जा क्षेत्रमा लगानी गर्दै आएका लगानीकर्तासँग समेत विचार विमर्श गरे । नेपाल लगानीको योग्य गन्तव्य रहेको समेत उनले सकेसम्म विश्वस्त पार्न चाहे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार ५ देखि १० गतेसम्म गरेको चीन भ्रमणको क्रममा भएको सहमति तथा समझदारी तथा ऊर्जा क्षेत्रमा लगानीका विधि आयामका बारेमा मन्त्री पुनले सविस्तार रुपमा चिनियाँ लगानीकर्तालाई जानकारी गराए । उनले केही आर्कषक परियोजना लगानीका लागि तम्तयारी हालतमा रहेको भन्दै खुला ह्दयका साथ लगानीका लागि नेपाल आउन समेत आग्रह गरे । नेपालको राजनीतिक अवस्था सुध्रिएको, दुई तिहाई जनमत सहितको कम्युनिस्ट नेतृत्वको सरकार बनेको, लगानीको वातावरण बनेको भन्दै मन्त्री पुनले चिनियाँ लगानीकर्ताको लगानीको सुरक्षा सरकारले गर्ने भन्दै आश्वस्त समेत तुल्याए ।

उनले ठूला आयोजनामा लगानी गर्दा, त्यसले चिनियाँ लगानीकर्तालाई समेत राम्रो फाइदा हुने र नेपालको समेत विकास हुने भन्दै कुनै पनि दुविधा नरखाी लगानीका लागि आउन आग्रह समेत गरे । पछिल्लो समयमा विश्वव्यापी रुपमा नै चिनियाँ लगानीकर्ताले ठूलो मात्रामा लगानी गर्दै आएका छन् ।

पछिल्लो समय चिनियाँ राष्ट्रपति सि जिन पिङले अगाडि सारेको एक क्षेत्र एक मार्ग परियोजनाका कारण पनि विदेशमा चिनियाँ लगानीको मात्रा बढ्दै गएको छ । सरकारले समेतकेही ठूला र महत्वपूर्ण आयोजना सो अवधारणामा राखिदिन आग्रह गरेको छ । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नै ऊर्जा मन्त्री पुनले महत्वपूर्ण जलविद्युत् आयोजनालाई एक क्षेत्र एक मार्ग अवधारणामा राखिदिन आग्रह गरेको थियो । मन्त्री पुनले चिनियाँ लगानीकर्तालाई आश्वस्त पार्दै भनेका छन् – हामीले आगामी दश बर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेका छौ । सो लक्ष्य पूरा गर्न पनि स्वदेशी लगानीले मात्रै पुग्दैन ।

त्यसकारण पनि हामीलाई विदेशी लगानी जरुरी पर्दछ । त्यसमा पनि छिमेकी देश भएकाले हामीले नेपालमा चिनियाँ लगानी भित्रियोस् भन्ने चाहेका छौ । मन्त्री पुनले पूर्वको माथिल्लो अरुण, किमाथांका अरुण, दुधकोशी, सुनकोशीका दुइृ वटा परियोजना, त्रिशुली करिडोरका केही आयोजना, जगदुल्ला, नलसिंहगाड , जस्ता आयोजना पाइप लाइनमा रहेको भन्दै जुनसुकै परियोजना छानेर नै भएपनि लगानी गर्न आग्रह गरे ।

नेपालमा लगानीका लागि एक से एक परियोजना रहेको भन्दै मन्त्री पुनले छानेर परियोजना दिने र लगानीका लागि इमान्दार भएर आउन आग्रह गरेका छन् । त्यसो त नेपालमा हाल निर्माणाधिन महत्वपूर्ण आयोजनामा समेत चिनियाँ लगानी रहेको छ । सरकारले पछिल्लो पटक राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको बुढीगण्डकी जलविद्युत् आयोजना समेत चिनियाँक म्पनी गेजुवालाई दिने तयारी गरेको छ । वार्तामा सहमति भएको खण्डमा नेपालको मेघा परियोजनाको रुपमा रहेको बुढीगण्डकी चिनियाँ कम्पनीले पाउने अवस्था रहेको छ ।

यस्तै रणनीतिक महत्वका प्रसारण लाइन आयोजना समेत चिनियाँ ठेकेदारले निर्माण गरिरहेका छन् । चिनियाँ सिप र प्रविधिको प्रयोग गरेर नेपालको ऊर्जा क्षेत्रले रणनीतिक महत्वको फाइदा लिन लागेको अवस्था रहेको छ । केही आयोजनाम ाचिनियाँ लगानीकर्ताले इच्छा नदेखाएपनि अधिकाशं आयोजनामा लगानीका लागि चिनियाँ लगानीकर्ता इच्छुक देखिएका छन् । निजी क्षेत्रसँगको सहकार्यका आधारमा पनि चिनियाँ लगानीकर्ता आर्कषित भएका छन् । प्रधानमन्त्रीको भ्रमणको क्रममा नै करिब नौ सय मेगावाट क्षमताका आयोजना निर्माण गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । यस्तै स्वतन्त्र रुपमा पनि निजी क्षेत्रसँग लगानीका लागि चिनियाँ लगानीकर्ता नेपालअ ाएका छन् । माथिल्लो खिम्ती, त्रिशुली गल्छी, न्यादी जस्ता आयोजनामा चिनियाँ लगानीकर्ताले इपिसिएफ ढाँचामा लगानीका लागि इच्छा व्यक्त गरेका छन् ।

सरकारले वातावरण बनाएको र लगानी योग्य अवस्था रहेको भन्दै चिनिया लगानीकर्ता समेत मन्त्री पुनको भनाइसँग आश्वस्त भएका छन् । उनीहरुले लगानीका लागि द्विपक्षीय तथा बहुपक्षीय वार्ता तथा छलफललाई समेत अगाडि बढाएका छन् ।
प्रसारण लाइन बन्दै

नेपालको व्यापार तथा हरेक क्षेत्रमा परनिर्भरता भारतसँग मात्रै थियो । भारतले सामान्वय विवाद झिकेर अवरोध गर्दा समेत नेपालको अवस्था चौपट हुन सक्थ्यो । संविधान निर्माण लगत्तै भारतले गरेको नाकाबन्दीका कारण नेपालको अर्थतन्त्र चौपट अवस्थामा पुगेको थियो । पछिल्लो समय सरकारले चिन सरकारसँग पनि बहुपक्षीय सम्झौता गरेको छ । जसका कारण भारतसँगको परनिर्भरता घट्ने क्रम सुरु भएको छ । नेपाल र चीन बीच रणनीतिक महत्वका दुई अन्तरदेशिय प्रसारण लाइन निर्माणको प्रक्रिया समेत अगाडि बढेको छ । त्रिशुली– केरुङ ४०० केभी क्षमताको रणनीतिक महत्वको प्रसारण लाइन निर्माणको काम सुरु हुने चरणमा पुगेको छ । प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा सो प्रसारण लाइन निर्माण सम्बन्त्री सहमतिपत्रमा हस्ताक्षर समेत भएको थियो ।

नेपालको विद्युत् चीन लैजान र चीनको विद्युत् नेपालमा ल्याउन समेत महत्वपूर्ण मानिएको सो प्रसारण लाइन निकट भविस्यमा नै निर्माण हुने भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतमा पछिल्लो समयमा सौर्य ऊर्जा प्रणालीको विकासमा महत्वपूर्ण लगानी गरिएको छ । जसको कारण पनि ठूला क्षमताका प्रसारण प्रणाली जरुरी परेको छ । सौर्य प्रणालीलाई स्थिर राख्न र भोल्टेजमा तल माथि हुन नदिन पनि नेपालको जलविद्युत् सहयोगी बन्न सक्छ । त्यसकारण पनि नेपाल र चीनबीच ठूला क्षमताका प्रसारण लाइन निर्माण जरुरी रहेको छ । केरुङ आसपासमा चिन सरकारले ठूला क्षमताको सवस्टशेन तथा प्रसारण संयन्त्र निर्माण सुरु गरेको छ । असाध्यै छोटो पसारण प्रणालीको निर्माणले ऊर्जा आदान प्रदानमा महत्वपूर्ण योगदान गर्न सक्छ । यस्तै रसुवागढी– त्रिशुली काठमाडौँ रुटमा विद्युतीइ रेलमार्ग समेत निर्माण हुने भएको छ । सो रेलमार्गका लागि समेत विद्युत् आवश्यक पर्ने भएकाले उक्त प्रसारण लाइन निर्माण जरुरी देखिएको    छ ।

चिनियाँ पक्षले व्यवापारिक तथा आथिृक रुपमा सबल हुन्छ कि हुँदै न भन्ने जिज्ञासा समेत राख्दै आएको छ । सो प्रसारण लाइनलाई आर्थिक रुपमा सम्भाव्य बनाउन नेपाल र चीन दुवैले मिलेर काम गर्ने र अन्तिम निष्कर्षमा पु¥याउने सहमति भएको छ । केही समय पहिले चिनियाँ अधिकारीसँग छलफल गर्न गएको नेपाल विद्युत् प्राधिकरणको उच्च टोलीसँग पनि चिनियाँ पक्षले आर्थिक रुपमा प्रसारण लाइनलाई सम्भाव्य बनाउन आवश्यक पर्ने उपायको खोजी र कार्यान्वयनमा जोड दिएका थिए ।

यस्तै नेपाल र चीनबीच ऊर्जा आदान प्रदानको लागि संखुवासभाको किमाथांका हुँदै चीनको स्वशासित क्षेत्र जोड्ने अर्को ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण गर्ने सम्बन्धी प्रस्ताव समेत अगाडि बढेको छ । रणनीतिक रुपमा निर्माण हुने यी दुइृ प्रसारण लाइन निर्माणले नेपाल र चीनबीच ऊर्जा आदान प्रदानका लागि मार्ग प्रशस्त हुने र समृद्धिको ढोका खुल्ने विश्वास लिइएको छ ।
त्यसो त नेपाल र चीनबीच ऊर्जा मन्त्रालयका सचिवको संयोजत्वका एक संयुक्त समिति र सहसचिवको अध्यक्षतामा अर्को कार्यदल गठन गरिएको छ । सो संयुक्त समितिको बैठक समेत केही समय पहिले काठमाडौँमा आयोजना गरियो । ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा सो संयन्त्र मार्फत सहकार्यका विराट सम्भावनाहरु खोल्दै अगाडि जाने सहमति भएको छ । संयुक्त समितिको बैठक निकट भविस्यमा नै चीनमा आयोजना हुने भएको छ ।

यस्तै पछिल्लो पटक सरकारले बंगलादेशसँग पनि ऊर्जा आदान प्रदान तथा सहयकार्यको प्रक्रिया अगाडि बढाएको छ । बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदले नेपालको भ्रमण गरे । नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर पनि भयो । बंगलादेशको ऊर्जा सम्मेलनमा मन्त्री पुन नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनायो । नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि बंगलादेशले पछिल्लो दिनमा चासो व्यक्त गरेको छ ।

सन् २०४० सम्ममा बंगलादेशले नेपालबाट नौ हजार मेगावाट क्षमता बराबरको जलविद्युत् आयात गर्ने विषयलाई सरकारले रणनीतिक महत्वको लक्ष्यमा राखेको छ । यस्तै तत्काल माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादन हुने ५०० मेगावाट विद्युत् लैजाने सहमति गरेको छ । भारतीय ऊर्जा व्यापार गर्ने कम्पनी एनभिभिएन मार्फत बंगलादेशले सो आयोजनाको विद्युत् खरिद गर्ने भएको छ । नेपालको ऊर्जा क्षेत्रमा सरकारी स्तरमा, निजी स्तरमा समेत लगानीका लागि तयार भएको छ । आर्थिक रुपमा समृद्धिको दिशामा अगाडि बढेको बंगलादेशलले ऊर्जा आयातलाई महत्वपूर्ण शर्त बनाउँदै सोही अनुसारको काम समेत गर्दै आएको छ । बिम्स्टेक सदस्य राष्ट्रले संयुक्त ग्रीड बनाउने सहमति समेत गरेका छन् । जसका कारण नेपालको ऊर्जाले वैदेशिक बजार पाउने बिषयलाई थप सहज बनाइदिएको छ ।

यस्तै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क)को काठमाडौँमा सम्पन्न १८ औ. शिखर सम्मेलनले समेत ऊर्जा सहकार्यका लागि मार्ग प्रशस्त गरेको छ । यस्तै नेपाल र भारतबीच पनि विद्युत् व्यापार सम्झौता भइसकेको छ । केही ठूला आयोजना भारतीय लगानीमा अगाडि बढेका छन् । सरकारी स्तरमा स्थायी संयन्त्र स्थापना गरिएको छ । विवाद देखिएका विषयमा सोही संयन्त्रले काम गर्दै आएको छ । महत्वपूर्ण योजनाका साथ रणनीतिक उद्देश्य प्राप्तिलाई केन्द्रमा राखेर नेपाल र भारतबीच पनि काम सुरु भएका छन् ।

नेपालको जलविद्युत् दक्षिण एशियाकै लागि समेत पावर हाउस जस्तै भएकाले पनि बंगलादेश, भारत, म्यान्मा जस्ता देशले चासो राखेका छन् । सहज प्रसारण प्रणाली स्थापना गर्न सकिएको खण्डमा नेपालको विद्युत् भारत, बंगलादेश हुँदै म्यान्मा, थाइल्णण्ड हुँदै सिंगापुरसम्म पु¥याउन सकिने सम्भवना बढेर गएको छ । राष्ट्रिय हित र स्वार्थलाई केन्द्रमा राखेर मन्त्री पुनले काम गरिरहेका छन् भन्ने कुरा यी र यस्ता घटनाक्रमले पुष्टि गरेको छ । सरकारले आर्थिक समृद्धिलाई केन्द्रमा राखेका कारण चुपचाप आफ्नो रणनीतिक लक्ष्य प्राप्तिका लागि मन्त्री पुन अहोरात्र खटिइरहेका छन् ।

नले स्वदेशको विकासका लागि आफ्ना मित्रहरुलाई साथमा लिएर, उनीहरुलाई व्श्विास दिलाएर, उनीहरुको साधन र स्रोतको प्रयोग गरेर आगामी दश बर्षमा नेपालको मुहार फेर्ने लक्ष्यलाई केन्द्रमा राखेर काम गरेका छन् ।

सर्विया जाँदा होस्, थाइल्याण्ड जाँदा नै कनि नहोस् उनले एउटै शब्द उच्चारण गर्दै आएका छन् । नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्नुस् । नेपालको भौतिक पूर्वाधारको क्षेत्रमा लगानी गर्नुस् । नेपालको ऊर्जा क्षेत्रलाई एकाध बर्षमा नयाँ उचाईमा पु¥याउने लक्ष्यका साथ उनले सुरु गरेको अभियान सफलताको दिशामा अगाडि बढेको छ ।

उनले देशभित्र पनि सबै नेपालीलाई शेयर दिने अवधारणा अगाडि सारेका छन् । पैसा लगानी गर्न सक्नेलाई पैसा लगानी गर्ने वातावरण बनाउन लागेका छन् । लगानी गर्न नस्कनेलाई श्रम गरेर भएपनि शेयर दिने वातावरण बनाएका छन् । समस्यामा रहेका आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गरेरै भएपनि समस्या समाधानका लागि खटिएका छ्न् ।

एक दिन पनि चुप नलागेर देशको ऊर्जा क्षेत्रको विकासका लागि लगातार जोधाहा भएर लागेका कारण त्यसबाट सफलता समेत आसिल हुने अवस्था सिर्जना भएको छ । आगामी तीन बर्षमा तीन हजार मेगावाट विद्युत् उत्पादन हुने अवस्था सिर्जना भएको छ । आगामी पाँच बर्षमा पाँच हजार मेगावाट विद्युत् उत्पादन हुने प्रबल सम्भवना बढेर गएको छ । त्यसले सरकारको लक्ष्य सार्थक हुने दिशा तिर केन्द्रीत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com