ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैकल्पिक पार्टी निर्माणको बलियो आधार : नयाँ शक्ति


एबीसी न्यूज
कार्तिक १५, २०७५ बिहीबार  ७ : ५० बजे

काठमाडौँ, १५ कात्तिक ।  नयाँ शक्ति पार्टी नेपालले नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लगायत पार्टीबाट जनता निरास बनेको दाबी गर्दै वैकल्पिक राजनीतिको खोजीमा बलियो क्रान्तिकारी–लोकतान्त्रिक पार्टी निर्माणको बलियो आधार बनेको बताएको छ ।

बुधवारदेखिशुरु भएको सो पार्टीको १५औँ सङ्घीय परिषद्को बैठकमा संयोजक डा बाबुराम भट्टराईले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा नयाँ शक्तिले समावेशिता, समानुपातिकता र सहभागितामार्फत लोकतन्त्रलाई अझ ठोस, जीवन्त र मूर्तरुपमा विकास गरी आर्थिक क्रान्तिमार्फत नेपालको समृद्धीकरणको युगलाई नेतृत्व गर्ने दाबी गरिएको छ ।

सत्ता राजनीतिको असफलता चौतर्फीरुपमा उजागर हुन थालेको औँल्याउँदै प्रतिवेदनमा नयाँ शक्ति पार्टी नेपालले रोजेको मार्ग ठीक छ भन्ने कुरा दिनप्रतिदिन पुष्टि हुँदै गएको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा निर्णायक राजनीतिक शक्ति निर्माण गर्न ढिला हुँदा नेपालको अरु केही दशक समय यसरी नै खेर जाने र अझै नेपाल विश्व समुदायसामु गरीब, कमजोर, भ्रष्ट र कुशासित देशका रुपमा चित्रित भइरहने टिप्पणी गरिएको छ । बिहीबारसम्म चल्ने उक्त बैठकमा संयोजक डा भट्टराईले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि छलफल हुनेछ ।

त्यस्तै वर्तमान राजनीतिक परिस्थितिबारे गहन छलफल, पार्टीको महाधिवेशनका विषयमा तथा पार्टीले लिनुपर्ने रणनीतिबारे ठोस छलफल हुने प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिनुभयो । बैठकमा महाधिवेशन आयोजक समितिका १५० नेता कार्यकर्ताको सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

इरानको आक्रमणमा यूएईमा एक नेपालीसहित तीन जनाको मृत्यु

सम्बन्धित

कांग्रेसले आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने प्रतिज्ञा लिएको छः गगन थापा

दलाल र विचौलियाको स्वार्थमा अडिएको यथास्थितिवाद देशका लागि खतरा: प्रचण्ड

ओलीले भने– मध्यपूर्वमा मिसाइल बर्सिंदा निदाउन सकिनँ

चुनाव विथोल्ने आशंकामा फेरि दुर्गा प्रसाईँ पक्राउ

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

निर्वाचन आयोगले भन्यो– प्रेसपास बाहकलाई अन्य पास चाहिँदैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com