ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वनका कर्मचारीले सक्कली यार्चासँग नक्कली यार्चागुम्बा साटे


एबीसी न्यूज
कार्तिक १३, २०७५ मंगलबार  ४ : ३९ बजे

डोल्पा,  १३ कार्तिक ।  हिमाली जिल्ला डोल्पाबाट नेपालगञ्ज लैजादै गरेको यार्चागुम्बा डिभिजन वन कार्यालय बाँकेका कर्मचारीहरुले सक्कली यार्चागुम्बासँग नक्कली साटेका छन ।

पक्राउ परेको यार्चागुम्बाको लिलामी गर्ने क्रममा यार्चागुम्बा साटिएको भन्दै छानिको माग गरेका छन । डिभिजन बन कार्यालय बाँकेले सोमबार पक्राउ परेको यार्चागुम्बा लिलामको लागि टेण्डर खुला गरेपछि यार्चाब्यापारिले लिलामीको यार्चा हेर्दा कमसल खालको यार्चा राखिएको बताएका हुन ।

यहि भाद्र १६ गते डोल्पाबाट नेपालगञ्ज लादै गर्दा राझा बिमानस्थलमा डोल्पाका सुर्वणकुमार बुढालाइ ६ केजि १०० ग्राम यार्चागुम्बा सहित पक्राउ परेका थिए । बुढाले उक्त ६ केजि १०० ग्राम यार्चा १ करोड ३२ लाखमा खरिद गरेर ल्याएको बताएका छन । त्यति महगो हालेर ल्याएको यार्चागुम्बा अहिले डिभिजन बन कार्यालय बाकेले लिलामी गर्ने क्रममा एकलाखमा पनि खरिद बिक्री नहुने यार्चागुम्बा राखेको ब्यापारिहरुको दावी रहेको छ ।

डिभिजन बन कार्यालय बाँकेका प्रमुख ईश्वरी पौडेलले भने लामो समयको अनुसन्धान पछि अदालतमा मुद्धा दर्ता गरिएको र सुरक्षा घेरामा राखिएकोले ब्यावसायिले भने जस्तो नक्कली यार्चा नराखिएको बताए । उनले भने सुरक्षा घेरामा राखिएकोले साटफेर नभएको दावी गरे । सोमबारको लिलामी टेण्डरमा यार्चा ब्यावासायिले नक्कली यार्चा गुम्बा भएको भन्दै कसैलेपनि लिलामी बेलेनन त्यसकारण अब फेरि लिलामीको टेण्डर खोलीने डिभिजन बन कार्यालय बाँकेले जानकारी दिएको छ ।

सहायक बन अधिकृत गणेश खड्का,जडीबुटि महासँघका अध्यक्ष याकुब अन्सारी,अनुसन्धान अधिकृत नारायण पार्दे र अन्य कर्मचारीहरुको मिलेमतोमा सक्कली यार्चागुम्बा नक्कलीसँग साटिएको ब्यावसायीको आरोप रहेको छ । जडिबुटि महासँघका अध्यक्ष नेपाली काँग्रेस प्रदेश ५ का सदस्य समेत रहेका छन । बर्षाैदेखि यार्चाको ब्यापार गरिरहेकोले सक्कली र नक्कली सजिलै छुट्याउन सक्ने भन्दै कर्मचारीले नक्कली यार्चा लिलामीमा राखेर ब्यापारीलाइ ठगी गर्न खोजेको बुढाले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com