ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोल्पा चिनाउने चलचित्र‘म्हेन्दु’प्रर्दशनको तयारीमा


एबीसी न्यूज
कार्तिक १३, २०७५ मंगलबार  ३ : १३ बजे

त्रिपुराकोट(डोल्पा) १३ कार्तिक । बिकट हिमाली जिल्ला डोल्पामा छायाङ्कन गरिएको नेपाली कथानक चलचित्र म्हेन्दु प्रर्दशनको अन्तिम तयारीमा रहेको छ । सुन्दरी,परी वा फुलको अर्थ बोेकको चलचित्र म्हेन्दुको सम्पादन,डबिङ् लगाएतको काम सम्पन्न भईसकेकाले तीहारको अवसर पारेर डोल्पामा च्यारीटी शो गर्ने र डोल्पापछि अस्ट्रेलिया,दुबई,कतार, मलेशीया, जापान, अमेरीका लगाएतका देशहरुमा समेत प्रर्दशनगर्ने निर्माणपक्षले जनाएको छ ।

नेपालका हलहरुमा माघको दोस्रोसाता पछि प्रर्दशनगर्ने बताईएको छ । डोल्पाको मौलिकतालाई झल्काईएको चलचित्र म्हेन्दुको छायाङ्कननेपालकै प्रशिद्ध शक्तिपिठ त्रिपुरा सुन्दरी मन्दिर,मान्छेको बली दिने ईतिहाँस बोकेको ऐतिहाँसिक क्षेत्र राजारानी लगाएतका प्रमुख पर्यटकिय गन्तब्यहरुमा गरिएको हो ।

डोल्पालीको जीवनशैली र उनीहरुको यथार्त परिदृष्यमा आधारित रहेर छायाँङन गरिएको चलचित्र म्हेन्दुले समग्र हिमाली क्षेत्रको बास्तबिकतालाई प्रतिनिधित्व गरेको छ । त्यतिमात्रै नभई भौगोलिक बिकटताको कारण सामान्य औषधी उपचार नपाएरै ज्यान समेत गुमाउपर्ने हिमाली महिलाहरुको बास्तबिकतालाई समेत चलचित्रले उजागरगर्न खोजेको निर्देशक देब नेपालले जानकारी दिए ।

देब नेपालको लेखन तथा निर्देशन रहेको चलचित्र म्हेन्दुलाई करिब एक करोड लागतमा निर्माण गरिएको निर्माता अर्जुन प्रसाद डोटेलले बताए । मारोन मुभिज एण्ड ईन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्र म्हेन्दुमा स्थानीय कलाकार लक्ष्मण देबकोटा,भोला तिमल्सेना,सोनु राई,रमेश सोडारी,शान्ति घिसिङ्,चन्द्रमनी मुडभरी,कालुराना,बिन्दा थिङ,प्रतिक्षा खतिवडा,एस राज कुमार,बाबुराजा शाक्य लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

रोहित बिक्रम कार्कीले छायाङ्कन गरेको चलचित्र म्हेन्दुमा ,द्धन्द निर्देशन राजु किँरातीले गरेकाछन् भने बिमल डाँगी,सरोज कोईराला र कुमार लामा योञ्जनले चलचित्रलाई संगीतबद्ध गरेकाछन् । चलचित्र म्हेन्दुमा डोल्पालीको जनजिविका मात्रै नभई डोल्पाको अनुपम प्राकृतिक सौन्दर्यतालाई समेत पर्दामा उतार्ने प्रयास गरिएको बताईएको छ ।

आफ्नै गाँउठाँउमा खिचिएको र डोल्पालीको दुख,पिडालाई कथात्मक ढङ्गले चलचित्रमा उतारिएकाले डोल्पालीहरु चलचित्र प्रदर्शनको बेग्र प्रतिक्षामा छन् । देशकै सुन्दर पर्यटकिय गन्तब्य भित्रपर्ने डोल्पालाई चलचित्र म्हेन्दुले देश बिदेशमा चिनाउने डोल्पालीको अपेक्षा छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com