ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्तव्य ज्यान मुद्दाका फरार दुई अभियुक्त पक्राउ


admin
कार्तिक १२, २०७५ सोमबार  २ : ०४ बजे

नुवाकोट, १२ कात्तिक । विभिन्न अपराधमा संलग्न भई फरार रहेका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा अदालतबाट फैसला भएर फरार किस्पाङ गाउँपालिका–१ भाल्चेका चन्द्रबहादुर तामाङलाई प्रहरीले विदुर–४ सिमचौरबाट पक्राउ गरी जिल्ला अदालत पेश गरेको हो ।

अदालतको फैसलानुसार कारागार चलान गर्न आदेश दिइएपछि तामाङलाई जिल्ला कारागार पठाइएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । तामाङले २०६९ साउन ७ गते किस्पाङ गापा–१ भाल्चेका ३८ वर्षीय सुकबहादुर तामाङको हत्या गरेको आभियोगमा उच्च अदालत पाटनले २०७२ असार १३ गते जन्मकैदको फैसला गरेको थियो ।

यस्तै मानव बेचबिखनमा संलग्न भएको आरोपमा जिल्ला अदालतमा मुद्दा विचाराधीन अर्का फरार अभियुक्त दुप्चेश्वर गापा–२ गाउँखर्कका ५० वर्षीय काइँला भनिने छिरिङदोर्जे तामाङलाई हेटौंँडाबाट पक्राउ गरी ल्याइएको प्रहरीले जनाएको छ ।

आरोपित तामाङले एक युवतीलाई ललाइफकाई बिक्रीका लागि भारत लैजाने प्रयास गरेको प्रहरीले जनाएको छ । ती युवतीलाई बिक्रीका लागि गाउँबाट ल्याउँदै गर्दा २०७४ असार १२ गते खरानीटारबाट प्रहरीले उद्धार गरेको थियो भने सँंगै आएका तामाङ फरार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानको आक्रमणमा यूएईमा एक नेपालीसहित तीन जनाको मृत्यु

सेनाको स्पष्टीकरण: ‘विगतजस्तै यसपटक पनि मतपेटिका गणनास्थलसम्म पुर्‍याउँछौं’

सम्बन्धित

कांग्रेसले आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने प्रतिज्ञा लिएको छः गगन थापा

दलाल र विचौलियाको स्वार्थमा अडिएको यथास्थितिवाद देशका लागि खतरा: प्रचण्ड

ओलीले भने– मध्यपूर्वमा मिसाइल बर्सिंदा निदाउन सकिनँ

चुनाव विथोल्ने आशंकामा फेरि दुर्गा प्रसाईँ पक्राउ

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

निर्वाचन आयोगले भन्यो– प्रेसपास बाहकलाई अन्य पास चाहिँदैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com