ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माटोको भाडा बनाउन रामअशिषलाई भ्याइनभ्याइ


admin
कार्तिक १०, २०७५ शनिबार  १ : १४ बजे

महोत्तरी, १० कात्तिक । गौशाला–१ का ५५ वर्षीय रामअशिष पण्डितलाई कामकै चटारो छ । माग पूरा गर्नका लागि उहाँ अहोरात्र काममा व्यस्त हुनुहुन्छ । छठपर्वका लागि माटोको भाडा बनाउन रामअशिषलाई भ्याइनभ्याइ छ ।

अन्य समयमा कम माग हुने माटोका समान चाड पर्वका बेला पूजा पाठमा मात्रै प्रयोग हुने भएकाले रामअशिष वर्षभरिकै लागि परिवार पाल्न अहोरात्र मेहनत गर्दै हुनुहुन्छ । महोत्तरी औरही–१ का इन्दलमल्लिक डोम पनि घरमै बसेर बसेर बाँसका सामग्री बनाउँदै हुनुहुन्छ । घरका अन्य सदस्यले बाँस ल्याएर उहाँलाई सहयोग गरिरहेका छन् ।
गौशाला–११ भरतपुरकी ५५ वर्षीया कामिनी डोम एकाबिहानै देखि सपरिवार नै डालो, नाङ्लो र टपरी बनाउनमा व्यस्त देखिनुहुन्छ । छठपर्वमा छठ माता र सूर्यदेवलाई बाँस र बेतबाट निर्मित डालो, नाङ्लो र टपरीमा अर्घ दिनुपर्ने भएकाले आफूहरुको व्यापार समेत बढेको औरही ३ की फैकनीमल्ली डोम बताउनुहुन्छ ।

छठका बेला सुपली, डालाजस्ता सामग्री बनाउँछौँ र बाँकी रहेको समयमा पौतीजस्ता सामग्री बनाएर बजार र गाउँगाउँमा डुलेर बिक्री गर्ने गरेको उहाँको भनाइ छ । चाडपर्वमा मात्र बिक्री हुने बासको सामग्री बेचेर उहाँले रु ५० हजारदेखि एक लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ।

अन्य समयमा छोएको पानी र सामान नचल्ने भन्दै समाजमा अपहेलित हुँदै आएता पनि पूजापाठको समयमा उनीहरूबाट निर्मित्त विभिन्न किसिमको पूजा सामग्री भने चोखो हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com