ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोडामा बिझेको काँडा , हातमा समातेको काँडाले मात्र निकाल्न सकिन्छ – बरिष्ठ नेता राई


एबीसी न्यूज


ब्रसेल्स बेल्जियम, १० कात्तिक । संबिधानमा धेरै संबैधानिक त्रुटीहरू भेटिएको कारण सरकार आफै छिट्नै संशोधनमा लाग्ने कुरा संघीय समाजबादी फोरमका बरिष्ठ नेता अशोक राईले बताएका छन् ।

विदेश स्थित भातृ संगठन संघीय फोरम बेल्जियमले शुक्रवार लुभेन शहरमा आयोजना गरेको नेपालको संबिधान संशोधन र चुनौतीहरू विषयक अन्तरक्रिया कार्यक्रममा नेता राईले उक्त कुरा बताएका हुन् ।

फोरमको प्रमुख माग भनेकै संविधान संशोधन रहेको बताउदै सर्वोच्चो अदालत प्रधानन्यायधीस नियुक्ति प्रकरण , उपनिर्बाचनको व्यवस्थाका बारेमा पाईएको त्रुटीहरूका कारण सरकारलाई नै निकट भविष्यमा आउन सक्ने बाधा –अड्चन हटाउन संशोधन बाध्यात्मक बनेको नेता राईले बताए ।

पार्टीको एजेण्डा त्यागेर सत्तामा गएको कार्यकर्ताहरूको आरोपबारे घुमाउरो पारामा उत्तर दिदै गोडामा बिझेको काडा , हातमा समातेको अर्को काँडाले मात्र निकाल्न सकिने उनले बताए । पंचायतकालमा १४ अंञ्चल थियो, अहिले ७ अंञ्चल जस्तो संघियता बनेको छ त्यो पनि प्रशासनिक एकाई जस्तो मात्रै रहको उनल आरोप लगाए ।

फोरम नेता राईले भने संबिधानको प्रारम्भमै स्वीकारिएको बहुभाषिक, धार्मिक, सांस्कृतिक, जातिय ,क्षेत्रीय विविधतालाई उपयूक्त माध्यमबाट मानब भूगोलको सिद्धान्तमा उभिएर संघियतालाई संबिधानमा ब्यबस्थापन गरिनु पर्छ। संघीय र प्रदेश सरकार बीच धेरै कुरामा अन्योलता रहेको उल्लेख गर्दै बरिष्ठ नेता राईले प्रश्न गरे ६५ अर्ब रुपैया बजेट रहेको प्रदेश २ मा ५ हजार बढी कर्मचारी चाहिन्छ जबकी अहिले २५० सरकारी कर्मचारी कार्यरत छन् । प्रदेशलाई कर्मचारी भर्ना गर्न नदिने केन्द्र आफुले पनि नियुक्ति नगर्ने अनि कसरी प्रदेश सरकार चल्न नसक्ने उनले बताए ।

नेता राई फोरमको बेलायत, पोर्चुगल ,फ्रान्सको कार्यक्रममा सहभागी हुदै बेल्जियम आएका थिए । संघीय समाज बेल्जियमका अध्यक्ष नेत्र मगरको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा फोरम केन्द्रीय महिला ईन्चार्ज सुशिला श्रेष्ठ, केन्द्रीय सदस्य पिजी शेर्पा ,गैर आबासीय नेपाली संघ केन्द्रीय सचिब जानकी गुरुङ, जनसम्पर्क समिति युरोपका महामन्त्री गंघाधर गौतम , बेल्जियम बिद्रोही सभापति सुबास गुरुङ लगायतले मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन गजेन्द्र गुरुङ्ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com