ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोली हानेर हत्या भएको पुष्टि


एबीसी न्यूज
कार्तिक १०, २०७५ शनिबार  ७ : २५ बजे

 

नवलपरासी, १० कात्तिक ।  पश्चिम नवलपरासीमा गणेश मल्लाह (सहानी) को हत्या गोली हानेर भएको पुष्टि भएको छ ।

मल्लाहको मृत्यु सामान्य धारिलो हतियारबाट नभई टाउकोमा गोली लागी भएको शव परीक्षण प्रतिवेदनमा देखाइएको प्रहरीले जनाएको छ ।

पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका–४ बर्दघाट पुल नजिकको बगैँचामा गत सोमबार राति पाल्हीनन्दन गाउँपालिका–१ सुनरीका ३६ वर्षीय मल्लाहको हत्या भएको थियो । टाउकोमा घरेलु हतियार प्रयोग गरी हत्या गरिएको अनुमान गरिएकोमा त्यसको विपरित गोली लागेर मल्लाहको मृत्यु भएको खुल्न आएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

सटगनको प्रयोग गरी मल्लाहको टाउकोमा एक राउण्ड गोली प्रहार गरिएको र त्यसैबाट उनको मुत्यु भएको खुल्न आएको उहाँले जानकारी दिनुभयो ।

हत्यामा संलग्न भएको आरोपमा यसअगावै पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिकाका नर्मदेश्वर चौहान, दीनबन्धु भन्ने ओमकार पाण्डे र जनक गुरुङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालिसकिएको पनि प्रहरी उपरीक्षक भट्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सेनाको स्पष्टीकरण: ‘विगतजस्तै यसपटक पनि मतपेटिका गणनास्थलसम्म पुर्‍याउँछौं’

रास्वपाले दावी गरेजस्तै देशभर कति सिट जित्न सक्छ ? विस्तृत तालिकामा

सम्बन्धित

दलाल र विचौलियाको स्वार्थमा अडिएको यथास्थितिवाद देशका लागि खतरा: प्रचण्ड

ओलीले भने– मध्यपूर्वमा मिसाइल बर्सिंदा निदाउन सकिनँ

चुनाव विथोल्ने आशंकामा फेरि दुर्गा प्रसाईँ पक्राउ

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

निर्वाचन आयोगले भन्यो– प्रेसपास बाहकलाई अन्य पास चाहिँदैन

युएई, इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षित रहन ओलीको आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com