ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मादल बनाउने पेशाबाट वार्षिक सात लाख आम्दानी


admin
कार्तिक ९, २०७५ शुक्रबार  ११ : १७ बजे

गोरखा, ९ कात्तिक । गोरखा नगरपालिका–१२ स्थित दशकिलोका कुलु समुदायले मादल बनाएर बिक्री गरी मनग्य आम्दानी गर्दै आएका छन् । कुलु समुदायका चार घरपरिवारले मादल बनाएर बिक्री गरी प्रतिपरिवार वार्षिक रु सात लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । 


स्थानीय ५८ वर्षीय साने कुलुका तीन छोरा र एक छोरीले बाबुको पुर्खौली पेशालाई पछ्याउँदै मादल बनाउने पेशामा लागेका हुन् । एकै स्थानमा छुट्टाछुट्टै पसल खोलेर उनीहरूले मादल बनाउन र बेच्न थालेको कम्तीमा करीब २० वर्षभन्दा बढी भयो । “सिजनको समयमा मादल पु¥याउन नै गाह्रो हुन्छ”, जेठो छोरा हरीराम कुलुले भन्नुभयो, “बनाउन सके नबिक्ने भन्ने नै छैन ।” श्रीमान र श्रीमती सरिता मिलेर महीनामा ५० वटा जति मादल बनाउने गरेको उहाँले बताउनुभयो । “एउटा मादलको रु एक हजार ५०० देखि दुई हजार ५०० सम्ममा बिक्री हुने गर्छ”, कुलुले भन्नुभयो, “सानो र ठूलो मादलको मूल्य फरकफरक पर्छ ।” मादल बिक्रीबाट मासिक रु ७० हजार जति आम्दानी हुँदै आएको कुलुले बताउनुभयो ।

ती मादल नारायणघाट, काठमाडौँ, हेँटौडालगायतका ठाउँमा लगेर बिक्री गर्ने गरेको उहाँको भनाइ छ । “त्यतातिरका व्यापारी कहिले आफँै आएर लैजान्छन्, कहिले हामी नै लगेर बेच्छौँ”, हरीरामकी श्रीमती सरिता कुलुले भन्नुभयो, “बिक्री हुन गाह्रो छैन बरु बनाउनै गाह्रो छ ।” माइतीमा मादल बनाउने बारेमा ज्ञान नभएको बताउँदै सरिताले भन्नुभयो, “बिहे गरेर आएपछि यही नै सिकेकोे हो, अहिले यही पेशाले छोराछोरी पढाउन र परिवार पाल्न पुगेको छ, अझै केही पैसा त बचत पनि गर्र्दै आएका छौ ।” बैंकबाट ऋण झिकेर मादल बनाउने व्यवसाय शुरु गरेको बताउँदै कुलुका माइला छोरा पूर्णबहादुर भन्नुहुन्छ, “दशैँ तिहारको समयमा अलि धेरै व्यापार हुन्छ, महीनामा ५०÷६० भन्दा बढी बनाउन सकिँदैन, त्यति भए पनि आफूलाई पुग्ने कमाइ भइरहको छ ।”

वर्षभरिमा मादल बिक्रीबाट रु ७÷८ लाखभन्दा बढी नै कमाइ हुने पूर्णबहादुरले बताउनुभयो । “कान्छा भाइले त मान्छे नै राखेर काम गर्दै आएको छ”, उहाँले भन्नुभयो, “ठूलदाइ र मेरोभन्दा भाइको कमाइ राम्रो छ ।” उनीहरूले मादलसँगै पञ्चेबाजा, खैँजेडी, डमरु, धिमेबाजा, ढलकी, मृदुङ्गालगायतका छालाबाट बन्ने अन्य वाद्यवाधनका सामग्री बनाउने गरेका छन् । मादल बनाउन उत्तीसको काठको घार, छालालगायतका कच्चा पर्दाथ बाहिरबाट ल्याउनुपर्ने भएकाले भनेको समयमा सामान पाउन गाह्रो हुने उनीहरूको भनाइ छ । “मादल बनाउने घार धादिङको मूलखोलबाट ल्याउने गरेका छौँ, पहिले हातले मादलको घार खोल्नुपथ्र्यो, अहिले मेशिनले खोलेको घार पाइन्छ”, बाबु साने कुलुले भन्नुभयो, “एउटै घारको रु ४०० देखि ५०० सम्म पर्छ ।”

त्यस्तै मादल बनाउन प्रयोग गरिने गोरुको छाला, बाख्राको छालालगायतका सबै कच्चा पर्दाथ काठमाडाँैबाट ल्याउने गरेको उनीहरूको भनाइ छ । दशैँ तिहारलगायतका सिजनमा दशकिलोमा उनीहरूले बनाएको मादल किन्न बागलुङ, काकँडभिट्टा, धरानदेखिका मान्छे आउने गरेको कुलुका छोरीज्वाइँ बाबुराम विकले बताउनुभयो । दशकिलोमा रहेका साने कुलुको परिवार मात्र होइन, त्यहाँ बसोवास गर्दै आएका अन्य आठ घर कुलु समुदायले पनि मादल बनाएरै राम्रो आम्दानी गर्दै आएका छन् । -रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

इरानको आक्रमणमा यूएईमा एक नेपालीसहित तीन जनाको मृत्यु

सम्बन्धित

सुनको भाउ तोलाको ३ लाख २० हजार नाघ्यो

नेपालमा विदेशी श्रमिक बढ्दो, नेपाली युवा विदेश पलायन तीव्र

समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

४२ सयले घट्यो सुनको भाउ, चाँदीको कति पुग्यो ?

सुनको भाउ आज तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com