ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फोहरलाई मोहर बनाउँदै घोराही उपमहानगर


admin
कार्तिक ९, २०७५ शुक्रबार  ११ : ०८ बजे

घोराही, ९ कात्तिक । शहरीकरण बढेर खाली जग्गा घटेसँगै उपमहानगरपालिका र नगरपालिकालाई फोहर व्यवस्थापनको चुनौती थपिएको छ । घोराही उपमहानगरपालिकाले भने त्यही फोहरलाई मोहर बनाउने तयारी थालेको छ । उपमहानगरपालिका हाल दैनिक १६ टन फोहर उत्पादन हुँदै आएको छ । व्यवस्थापन गर्ने स्थान भने एउटा मात्र छ । त्यही फोहरलाई गाड्ने ठाउँ नहँुदा उपमहानगरले फोहरबाट ग्यास र मल बनाएर फोहरलाई मोहर बनाउने तयारी थालिएको हो ।


उपमहानगरले फाहोरलाई दीर्घकालीन व्यवस्थापनका लागि तयारी गरेको उपमहानगरका सामाजिक विकास अधिकृत सुवोध रेग्मीले जानकारी दिनुभयो । सोका लागि उपमहानगरले नेपाल ऊर्जा प्रालिसँग सम्झौताको तयारी गरेको छ । रेग्मीका अनुसार संस्थाले उपमहानगरले उठाएको फोहरलाई आफ्नै रु १० करोड लगानीमा ग्यास र मल उत्पादन गरी बिक्री गर्ने योजनासमेत प्रस्ताव गरेको छ ।

“हामीले उक्त संस्थालाई डम्पिङसाइटको करीब तीन बिघा जग्गा उपलब्ध गराउन लागेका छाँै ।” उहाँले भन्नुभयो, “संरचना निर्माणमा लाग्ने सबै खर्च संस्थाले नै व्योहोरेर २० वर्षको लागि नाफा पनि आफँै खाने सहमति हुनेछ ।” बजार क्षेत्रबाट निस्कने फोहरलाई कहाँ, कुन ठाउँमा व्यवस्थापन गर्ने चिन्ता थपिरहेको समयमा प्रालिले ल्याएको प्रस्तावलाई उपमहानगरपालिकाले सकारात्मक रूपमा लिएको उहाँले बताउनुभयो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रअन्तर्गत सञ्चालन हुने उक्त योजनालाई संस्थाले २० वर्षपछि सबै संरचना उपमहानगरलाई दिने सहमतिसमेत हुने भएको छ ।

कम्पनीले ल्याएको प्रस्तावअनुसार घोराहीको बजार क्षेत्रबाट निस्कने फोहरबाट मात्र दैनिक २३ सिलिण्डर ग्यास र करीब ५० बोरा कम्पोष्टमल निकाल्न सकिने भएको छ । यसको सम्पूर्ण अध्ययन, अनुसन्धान र तयारी भइसकेको रेग्मीले बताउनुभयो ।

उपमहानगरले प्रस्ताव स्वीकृत गर्न मात्र बाँकी रहेको प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । सबै तयारी पूरा भइसकेको र केही दिनभित्रै स्वीकृत गरेर फोहरलाई मोहर बनाउने कामको थालनी हुने उहाँको भनाइ छ ।

घोराही उपमहानगरको वडा नं १६ तेरौटेमा करीब ३० बिघा जमीन छ । जहाँ उपमहानगरपालिकाले घोराहीको मुख्य बजार क्षेत्र वडा नं १४ र १५ बाट निस्किँदै आइरहेको फोहरलाई व्यवस्थापन गरिरहेको छ । गल्नेलाई वन क्षेत्रमा गलाएर फाल्ने र सिसालाई गाड्ने काम गरिरहेको छ । बढ्दो शहरीकरणसँगै उत्पन्न हुने फोहरमैला सङ्कलन तथा व्यवस्थापनका लागि उपमहानगरलाई अहिले चुनौती र आर्थिक भार समेत बढेको छ । गत आर्थिक वर्ष २०७४÷७५मा मात्र उपमहानगरले फोहर व्यवस्थापनमा रु एक करोड ५२ लाख खर्च गरे पनि राजश्व भने रु ४० लाख ६० हजार मात्र सङ्कलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सेनाको स्पष्टीकरण: ‘विगतजस्तै यसपटक पनि मतपेटिका गणनास्थलसम्म पुर्‍याउँछौं’

रास्वपाले दावी गरेजस्तै देशभर कति सिट जित्न सक्छ ? विस्तृत तालिकामा

सम्बन्धित

दलाल र विचौलियाको स्वार्थमा अडिएको यथास्थितिवाद देशका लागि खतरा: प्रचण्ड

ओलीले भने– मध्यपूर्वमा मिसाइल बर्सिंदा निदाउन सकिनँ

चुनाव विथोल्ने आशंकामा फेरि दुर्गा प्रसाईँ पक्राउ

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

निर्वाचन आयोगले भन्यो– प्रेसपास बाहकलाई अन्य पास चाहिँदैन

युएई, इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षित रहन ओलीको आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com