ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

द्रुत राहदानी बनाउने बढ्दै


एबीसी न्यूज
कार्तिक ६, २०७५ मंगलबार  २ : ४० बजे

कपिलवस्तु, ६ कात्तिक । कपिलवस्तुमा द्रुत राहदानी सेवा अन्तर्गत राहदानी बनाउनेको सङ्ख्या क्रमशः बढ्दै गएको छ । द्रुतसेवा लिँदा राजश्व दस्तुर दोब्ब परे पनि सो सेवा लिनेहरु बढ्दै गएका छन् । जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय चार नम्बर र चन्द्रौटाले सो सेवा दिँदै आएको छ । चालू आर्थिक वर्ष २०७५/७६ को दुई महीनामा जिल्ला प्रशासन कार्यालयबाट एक हजार २९६ सिफारिश भएका राहदानीमध्ये ९१५ जनाले बनाएका छन् । यस्तै इलाका प्रशासन कार्यालय बाणगङ्गाबाट दुई महीनामा ४८ वटा द्रुत राहदानी वितरण भएको छ ।

गत भदौ १५ गतेदेखि राहदानी वितरण गर्ने काम शुरु गरेको इलाका प्रशासन कार्यालय चन्द्रौटाले अहिलेसम्म द्रुत राहदानी १० थान वितरण गरेको छ । पछिल्लो दुई महिनामा मासिक सरदर एक हजार २०० सयभन्दा बढीले राहदानी बनाएका छन् । तीन वटै निकायवाट आर्थिक वर्ष २०७४\७५ मा ६ हजार ५९६ सिफारिश भएका राहदानी फाराममध्ये ६ हजार १२१ जनालाई राहदानी वितरण गरिएको छ । कपिलवस्तुबाट राहदानी बनाउनेहरु अधिकांश वैदेशिक रोजगारमा जानेहरु भएको जिल्ला प्रशासन कार्यालय तौलिहवाका प्रशासकीय अधिकृत प्रकाश खनालले जानकारी दिनुभयो । राहदानी बनाउनेमध्ये सबैभन्दा बढी खाडी मुलुक साउदी अरब र कतारमा रोजगारीका लागि गएको पाइएको छ ।

चालू आवमा नागरिकता बनाउनेको सङ्ख्या ह्वातै बढेको छ । आव २०७५÷७६ को दुई महिनामा जिल्ला प्रशासन कार्यालयले चार हजार ३०० नागरिकता वितरण गरेको छ । यसैगरी दुई महीनामा इलाका प्रशासन कार्यालय वाणगङ्गाबाट ६६४ र इलाका प्रशासन कार्यालय चन्द्रौटाबाट एक हजार १९९ थान वितरण भएको छ । दैनिक रुपमा शुक्रबारबाहेक जिल्ला प्रशासन कार्यालयबाट ७०, इप्रका वाणगङ्गाबाट आठदेखि १० सम्म र इप्रका चन्द्रौटाबाट १५ देखि २० सम्म नागरिकता र राहदानी वितरण भइरहेको अधिकृत खनालले जानकारी दिनुभयो । पछिल्लो वर्ष वैदेशिक रोजगारीका लागि राहदानी बनाउने महिलाको सङ्ख्या बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

२०६४ देखि निरन्तर संसदमा प्रचण्ड, २०८२ मा विजय घोषित हुने पहिलो पार्टी प्रमुख

अर्को बज्यो घण्टी: धनुषा–३ मा मनिष झा विजयी, एमालेको जमानत संकटमा

सम्बन्धित

चुनावको मौन अवधिमा पनि विदेश जाने लर्को : फर्किनेभन्दा जाने बढी, ५ महिनामा साढे ७ लाख बाहिरिए

सुनको भाउ तोलाको ३ लाख २० हजार नाघ्यो

नेपालमा विदेशी श्रमिक बढ्दो, नेपाली युवा विदेश पलायन तीव्र

समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

४२ सयले घट्यो सुनको भाउ, चाँदीको कति पुग्यो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com