ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालगञ्जमा किन लागूऔषध नियन्त्रण हुन सकेन ?


admin
कार्तिक ५, २०७५ सोमबार  २ : ४९ बजे

नेपालगञ्ज, ५ कात्तिक । बाँके जिल्लामा लागुऔषधको सेवन र ओसारपसार नियन्त्रणको प्रयास प्रभावकारी हुन नसकेकामा चिन्ता व्यक्त गर्न थालिएको छ ।

जिल्लामा लागुऔषधका सेवनकर्ता र कारोवारीलाई बेलाबखत प्रहरीले पक्राउ गरे पनि नतिजा सन्तोषजनक नभएकाले अहिले जिल्लालाई लागुऔषध मुक्त बनाउन र दुव्र्यसनीलाई पुनःस्थापना गर्न प्रहरी प्रशासनले सतर्कता बढाएको छ । उक्त कार्यका लागि सीमा नाकामा जाँचमा कडाई गर्नुका साथै दुव्र्यसनीका लागि विभिन्न सङ्घसंस्थाले पुनःस्थापनाका कार्यक्रम पनि सञ्चालन गरेपनि लागुऔषध कारोवार र सेवनकर्ताको सङ्ख्यामा कमी नआएको सरोकारवाला निकायका पदाधिकारी बताउँछन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल भन्नुहुन्छ “ लागुऔषध सेवन र कारोवार नियन्त्रणका लागि प्रहरीले सामाजिक संस्था, नागरिक समाजसँगको सहकार्यलाई प्राथमिकतामा राखेर काम गरिरहे पनि नियन्त्रणको प्रयासअनुसारको नतिजा भने आउन सकेको छैन ।” चालू आर्थिक वर्षको अहिलेसम्म उक्त कार्यालयले २२९ लागुऔषध सेवनकर्तालाई पक्राउ गरेको छ । जिल्लामा खुला सिमाना भएका कारण लागुऔषध नियन्त्रण चुनौतीपूर्ण भए पनि केही महत्वपूर्ण सफलता हासिल भएको उहाँको भनाइ छ ।

नेपालगञ्जस्थित साहारा हाउसले चालू आवको अहिलेसम्म १५० जनालाई पुनःस्थापना गरिसकेको उक्त हाउसका कार्यकारी प्रमुख अभिराज क्षेत्री बताउनुहुन्छ । उहाँका अनुसार सानैदेखि बालबालिकालाई पारिवारिक वातावरण दिन सकियो भने धेरै हदसम्म युवालाई लागुऔषधको कुचक्रबाट टाढा राख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाले दावी गरेजस्तै देशभर कति सिट जित्न सक्छ ? विस्तृत तालिकामा

इरान–इजरायल–अमेरिका तनाव चरममा: मध्यपूर्वमा सुरक्षा, आर्थिक र मानवीय जोखिम

सम्बन्धित

ओलीले भने– मध्यपूर्वमा मिसाइल बर्सिंदा निदाउन सकिनँ

चुनाव विथोल्ने आशंकामा फेरि दुर्गा प्रसाईँ पक्राउ

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

निर्वाचन आयोगले भन्यो– प्रेसपास बाहकलाई अन्य पास चाहिँदैन

युएई, इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षित रहन ओलीको आह्वान

इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com