ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जडीबुटी खेतीबाट आत्मनिर्भर बन्दै महिला


admin
कार्तिक ३, २०७५ शनिबार  २ : ३५ बजे

कञ्चनपुर, ३ कात्तिक । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेल्डाँडीका समुहमा आवद्ध महिला जडीबुटी खेती गरेर आत्मनिर्भर हुनथालेका छन् ।

सात समुहमा आवद्ध करीब ४० महिलाले दुई विघामा मेन्था खेती गरेर तीन महिनाको अवधिमै रु एक लाख ५६ हजार १६६ रकम आम्दानी गरेका छन् ।

उनीहरुले आम्दानी भएको रकममध्ये १० प्रतिशत अर्थात रु १५ हजार ६४६ रकम कोषमा जम्मा गरेका छन् । आम्दानीको बाँकी हुनआउने रु एक लाख ४० हजार ८१९ बाँडेका छन् ।

घर खर्चका लागि पहिला श्रीमान् कै मुख ताक्नु पर्ने अवस्था थियो स्थानीय भोटनी चौधरीले भन्नुभयो, “हाल जडीबुटी खेती गर्न थालेपछि घर खर्च आफैँ चलाउन थालेका छौँ ।”

घर खर्चका लागि जडीबुटीको रकमले धान्न थालेपछि श्रीमान्लाई पकेट खर्चसमेत दिन थालेका छौँ उहाँले भन्नुभयो, “पहिला श्रीमान्सँग खर्च माग्थ्यौँ अब श्रीमान्लाई कमाएर दिनथालेका छौँ ।”

जडीबुटी खेतीबाट गतिलो आम्दानी हुनथालेपछि श्रीमान् तथा घरपरिवारले समेत सहयोग गर्नथालेको रोहिना ओखेडाले बताउनुभयो ।

मेन्था, क्यामामाइल र असारे प्रशोधन गरी तेल निकालेर बिक्री गरेर आएको आम्दानीले यहाँका महिलाले घर खर्चसँगै बालबालिकाको विद्यालयको खर्चसमेत धान्ने गरेका छन् ।

मेन्थाको प्रशोधित तेल रु दुई हजार २०० मा बिक्री हुने गरेको छ । थोरै जग्गामा मेन्था खेती गरेका महिलाले यस वर्ष धेरै जग्गामा खेती गर्ने सोच अघि सारेका छन् ।

अन्नबाली लगाउँदा जंगली जनावरले नोक्सानी पु¥याएर हैरान बनाउँदै आएको छ सुकनी चौधरीले भन्नुभयो, “जडीबुटी खेतीलाई जनावरले समेत नोक्सान नगर्ने र चाहे भन्दाबढी आम्दानी हुने भएकाले पुरै जग्गामा जडीबुटी खेती गर्ने योजना बनाएका छौँ ।”

समुहमा आवद्ध १३ जना महिलाले क्यामाइल आठ किलो ७४० ग्राम उत्पादन गरेर रु चार लाख ६३ हजार १२० मा बिक्री गरेका छन् । जसमध्ये कोषमा रु ४६ हजार ३१२ रकम जम्मा गरेका छन । बाँकी आम्दानी रु पाँच लाख ८६ हजार ८०८ रकम बाँडेर लिएका छन् । क्यामामाइल प्रतिकिलो रु ५३ हजारका दरले बिक्री भएको छ ।

क्यामाइलबाट बढी आम्दानी हुनथालेपछि प्रगति महिला जडीबुटी प्रशोधन उद्योगको समुहमा आवद्ध महिलाले नर्सरीमा विरुवा उत्पादनसमेत गर्नथालेका छन् । नर्सरीमा उत्पादित विरुवा महिलाले अन्न फल्ने खेतमा रोप्ने भएका छन् ।

अन्नबाट छ महिनासमेत खान पुग्दैन सोनी चौधरीले भन्नुभयो, “जडीबुटी खेती गरेपछि वर्ष भरीका लागि घर खर्च चलाएर भबिष्यका लागि केही रकम बचतसमेत गर्न सकिएको छ ।”

यसैगरी, महिलालेनै संरक्षण गरेको प्रगति महिला सामुदायिक वनमा रहेको असारे प्रशोधन गरी महिलाले रु एक लाख ३२ हजार आम्दानी गरेका छन् । प्रशोधित असारेको तेल प्रतिकिलो रु चार हजारका दरले बिक्री भएको छ ।

निड्स नामक गैरसरकारी संस्थाले जडीबुटी खेती गर्ने महिलाले उत्पादन गरेको जडीबुटी प्रशोधन गर्नका लागि रु छ लाख खर्चेर प्रशोधन प्लान्ट स्थापना गरिदिएको छ । प्लान्ट संगै जडीबुटी सुकाउनका लागि छहारी निर्माण गरेको छ ।

संस्थाकै पहलमा विपन्न महिलाको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि रु एक लाखको घुम्ती कोषसमेत स्थापना गरिएको छ । घुम्ती कोषबाट न्यून व्याजमा महिलाले रकम लगानी गरी किराना पसल, कुखुरा, बंगुर, भैसी पालनसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरान–इजरायल–अमेरिका तनाव चरममा: मध्यपूर्वमा सुरक्षा, आर्थिक र मानवीय जोखिम

यूएईमा अफवाह रोकथाम: नेपाली दूतावासको कडा चेतावनी

सम्बन्धित

ओलीले भने– मध्यपूर्वमा मिसाइल बर्सिंदा निदाउन सकिनँ

चुनाव विथोल्ने आशंकामा फेरि दुर्गा प्रसाईँ पक्राउ

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

निर्वाचन आयोगले भन्यो– प्रेसपास बाहकलाई अन्य पास चाहिँदैन

युएई, इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षित रहन ओलीको आह्वान

इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com