ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मल्लकालिन परम्परालाई निरन्तरता दिँदै मनाइयो कालरात्रि


admin

पोखरा, १ कात्तिक । संरक्षणको अभावमा प्राचीन संस्कृति लोप हुँदै गइरहेको अवस्थामा पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित कोटभैरव मन्दिरमा कालरात्रि मनाइएको छ ।

प्रत्येक वर्षको आश्विन शुक्ल (दुर्गा) पक्षको अष्टमी तिथिको मध्यरातमा कालरात्रिको विशेष पूजा गरिने प्रचलनलाई यस वर्ष पनि कोटभैरव मन्दिरमा निरन्तरता दिइएको हो ।

कोटभैरव मन्दिर संरक्षण एवम् व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर महतकाअनुसार मन्दिरमा महाअष्टमीको मध्यरातमा कालो बोकाको बलिसहित कालरात्रिको पूजा गरिएको हो । मध्यरातमा गरिएको कालरात्रिको विशेष पूजामा १५० जना भन्दाबढीको सहभागिता रहेको उहाँले जानकारी दिनुभयो ।

“मल्लकालिन समयदेखि नै शक्ति स्वरुपा कोटभैरवको पूजाआजा भएको पाइन्छ,” उहाँले भन्नुभयो, “तत्कालिन समयदेखि नै दुर्गा पक्षको प्रतिपदाका दिन घटस्थापना गरी फूलपाती, महाअष्टमी, कालरात्रि, महानवमीको विशेष पूजासहित विजया दशमीका दिन सामूहिक टिका प्रसाद लगाउने यहाँको प्राचीन संस्कृति हो ।”

कालरात्रिका अवसरमा मन्दिरको सम्पत्तिका रुपमा रहेका शक्ति स्वरुपका प्राचीन हातहतियारको पूजासमेत गर्ने गरिन्छ । मन्दिरमा कालरात्रिको पूजामा सहभागी बनेमा विभिन्न दीर्घ रोगको समस्याबाट मुक्ति पाउनुका साथै मनोकांक्षा पूरा हुने विश्वास रहेको छ । सोहि विश्वासकासाथ कालरात्रिको पूजामा मन्दिर आसपासका बर माझथर, बर धारापानी, बरपौवा, बरपाण्डेथुम, चवादी, कुर्लिङ, पुणिटारलगायतका स्थानबाट सर्वसाधारण आउने गरेका छन् ।

नवदुर्गाको अवसरमा पाठ गरिने सप्तशती (चण्डी)मा कालरात्रिको महिमा उल्लेख छ ।

शप्तशतीको पहिलो अध्यायको ७९औँ श्लोकमा,
“कालरात्रि महारात्रिर्मोहरात्रिश्च दारुण ।
त्वं श्रीस्त्वमीश्र्वरी त्वं ह्रीस्त्वं बुद्धिबोधलक्षण ।।”
भनिएको छ भने अर्गला स्तोत्रको दोस्रो श्लोकमा
“जय त्वं देवी चामुण्डे जय भूतार्तिहारिणि ।
जय सर्वगते देवि कालरात्रि नमोऽस्तु ते ।।” भन्दै कालरात्रिको महिमा गान गरिएको छ ।

कालरात्रिको महिमालाई आत्मसात गर्दै मन्दिरमा नवदुर्गा विशेष पूजाका साथै कालरात्रिको पूजाआजा हुने गरेको कोटभैरव मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका उपाध्यक्ष गुरुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कोटभैरवमा कालरात्रिको पूजा डाँडामा चन्द्रमा आधा अस्त भएका समयमा गर्ने प्रचलन रहेको उहाँको भनाइ छ । यसैबीच कोटभैरवको नयाँ मन्दिर निर्माण गरिने भएको छ । लगभग रु ३० लाखको लागतमा प्यागोडा शैलीका तीनतले मन्दिर निर्माण गर्ने सोचका साथ काम अघि बढेको अध्यक्ष महतले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्दिर निर्माणका लागि यसै आवमा पोखरा महानगरपालिका–३३ कार्यालयबाट रु १२ लाख छुट्याइएको छ । मन्दिर निर्माणमा सर्वसाधारणको समेत चासो बढिरहेको बताउँदै उहाँले विभिन्न व्यक्तिबाट चन्दा सहयोग दिइने प्रतिवद्धता व्यक्त गरिएको जानकारी दिनुभयो ।

बरकोटका काला जटाभैरवका रुपमा प्राचीनकालदेखि पूजाआजा हुँदै आएको कोटभैरव मन्दिर र नजिकैको हुडिकोटबाट माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरिलगायतका हिमशृङ्खला नाङ्गा आँखाले एकसाथ देख्न सकिने भएकोले यसलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउने समितिको सोच रहेको सचिव कमलप्रसाद पौडेलले जानकारी दिनुभयो ।

मनोकामना सिद्ध हुने विश्वासका साथ कास्की, स्याङ्जा, तनहुँलगायत विभिन्न स्थानबाट भाकलसहित यहाँ सर्वसाधारण पूजाआजा गर्न आउँछन् । मन्दिरमा जान पोखराको विरौटा हुँदै दोभिल्ला, भाटीको चौतारा, गैरागाउँ, बर पाण्डेथुम, बर माझथर हुँदै मन्दिर जाने मुख्य चोक मनियलडाँडासम्म पोखरा महानगरको बस सेवा नियमित सञ्चालनमा छ ।

पोखराको पृथ्वीचोकबाट विजयपुर, पावर हाउस, भञ्ज्याङ, धारपानी हुँदै मनियलडाँडासम्म स्थानीय यातायात बस व्यवसायी समितिले पनि नियमित बस सेवा सञ्चालन गरेको छ । मनियलडाँडासम्म पुग्ने दुवै बाटो पूरै कालोपत्र भएको र बस बिसौनीबाट लगभग १० मिनेटको पैदल यात्राबाट मन्दिर पुग्न सकिन्छ ।

बाटोको सुगमताका साथै ऐतिहासिक महत्वको मन्दिरलाई नयाँ स्वरुपमा निर्माण गरिएसँगै मन्दिर र आसपास क्षेत्रको अवलोकन एवम् दृश्यावलोकनका लागि आउने धार्मिक पर्यटकको सङ्ख्या बढ्ने विश्वास लिइएको छ ।

यबैबीच कोटभैरव मन्दिरमा आज महानवमी विशेष पूजाका अवसरमा विहानैदेखि दर्शनार्थीको भीड लागेको छ । मन्दिरमा भक्तजनबाट एक सयभन्दा बढी बोका तथा कुखुराको बलिसमेत दिइएको समितिले जनाएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com