ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा


admin
कार्तिक १, २०७५ बिहीबार  ११ : ०७ बजे

 पर्वत, १ कात्तिक ।  लामो समयदेखि बिग्रिएका यन्त्र मर्मतपछि मोदी गाउँपालिकामा सञ्चालित मोदीखोला जलविद्युत् आयोजनाबाट क्षमतानुसारको विद्युत् उत्पादन शुरु भएको छ ।

कूल विद्युत् उत्पादन क्षमता १४.८ मेगावाट रहेको आयोजनाबाट अहिले दैनिक १४ दशमलव ८ मेगावाट नै विद्युत् उत्पादन भइरहेको केन्द्रले जनाएको छ । यसअघिका वर्षमा वर्षायाममा पनि बढीमा ११ मेगावाटसम्मको आसपासमा विद्युत् उत्पादन हुने गरेकामा यस वर्ष विद्युत्गृहमा प्रयोग भएको पुरानो कुलर हटाएर नयाँ कुलर परिवर्तन गर्ने, समय समयमा सरसफाइ गर्ने र नयाँ यन्त्र फेरेपछि उत्पादन पूर्ण क्षमतामा हुन थालेको जलविद्युत् आयोजना केन्द्रका प्रमुख शिवकुमार शाहले बताउनुभयो ।

“हामीले यस वर्ष एउटा कुलर फेरेका छौँ, त्यसैले नै विद्युत् उत्पादन बढेको छ ।”
कुनैकुनै बेला घटबढ हुने भए पनि अधिकांश समयमा क्षमतानुसार नै दिएको छ । अर्को वर्ष अर्को कुलर पनि फेर्ने योजना छ । यस पटक केन्द्रीय बोलपत्रानुसार झण्डै रु ३५ लाखको लगानीमा कुलरलगायत अन्य सामान फेरिएको केन्द्र प्रमुख शाहले जानकारी दिनुभयो ।

यसअघि कुलेखानी र मध्यमस्र्याङ्दी आयोजनामा गरेर १६ वर्ष काम गर्नुभएका शाह आफैँले विद्युत्गृहका सामान्य खालका मर्मत गर्दै आउनुभएको छ । एक वर्ष अगाडि केन्द्र प्रमुख बनेर आउनुभएका शाहले मोदीखोला जलविद्युत् आयोजनामा आइपर्ने सामान्य मर्मत र सम्भारका लागि अन्य आयोजनाका प्राविधिक बोलाउनुपर्ने बाध्यता हटेको र समस्या आउनासाथ आफैँले नेतृत्व गरेर समाधान गर्ने गरेका कारण पनि विद्युत् उत्पादन घट्ने समस्या हट्दै गएको बताउनुभयो ।

मोदीखोला जलविद्युत् आयोजनामा बर्खा याममा दुई वटै युनिटबाट तथा हिउँदमा एउटा मात्र युनिटबाट विद्युत् उत्पादन हुने गरेको छ । मोदीमा पानीको बहाव कम हुँदा झण्डै माघदेखि एउटा मात्र युनिट चल्न सक्ने पानीको क्षमता रहने कारण विद्युत् उत्पादन पनि घट्ने गरेको छ ।

शाहका अनुसार एउटा टर्बाइनबाट तीन मेगावाटभन्दा कम विद्युत् उत्पादन हुने अवस्था आएपछि दुवै टर्बाइनका लागि प्रयोग भएको पानी एउटा मात्र टर्बाइनमा खसालेर विद्युत् उत्पादन गरिएको छ ।

सन् २०००(विसं २०५७ तिर) मा निर्माण भएको यो आयोजना यस क्षेत्रकै पुरानो हो । यसपछि पर्वतमा १० मेगावाट क्षमताको तल्लो मोदीखोला ए सञ्चालनमा आएको छ भने २० मेगावाटको तल्लो मोदीखोलाको निर्माण अन्तिम चरणमा पुगेको छ ।

बञ्जीजम्प निर्माण अन्तिम चरणमा 

निर्माणाधीन विश्वकै दोस्रो अग्लो बञ्जीजम्पको निर्माण अन्तिम चरणमा छ । निजी क्षेत्रका युवा व्यवसायीको लगानीमा कालीगण्डकीको खोंचमा कुश्मा र बागलुङको बलेवालाई ५२० मिटर लामो झोलुङ्गे पुलमा जोडेर २२८ मिटर उचाइको नमूना बञ्जीजम्पको निर्माण ८० प्रतिशत पूरा भएको छ ।
कुश्माका लगानीकर्ता नेत्र पराजुली, नवराज पौडेल, युवराज जोशी, राजन जोशी र सिन्धुपाल्चोकका राजु कार्की र फ्रान्सेली युवती फ्लोरेन्सलगायतको हालसम्म रु १२ करोड खर्च भइसकेको जनाएका छन् । बञ्जीमा युवा लगानीकर्ताबाहेक पनि प्रभु बैंकको हालसम्म रु पाँच करोड लगानी भएको कुश्मा शाखाका प्रबन्धक हेमन्तबाबु शर्माले बताउनुभयो ।

संसारकै गहिरो खाेंच बनाएर बगेको कालीगण्डकीमाथि पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने गरी अग्लो झोलुङ्गे पुल बनाइएको छ । यहाँ विश्वकै दोस्रो उचाइको बञ्जी बन्ने जिकिर लगानीकर्ताको छ । पाँच सय २० मिटर लामो र २२८ मिटर उचाइको सिङ्गल स्पान झोलुङ्गे पुलसहित कालीगण्डकीको खोंचमा बन्ने यो बञ्जी मुलुककै अन्य बञ्जी स्पटमध्ये नमूना हो । विसं २०७३ वैशाखमा निर्माण शुरु भएको बञ्जीसँगै उनीहरूले स्काइ साइक्लिङ, स्वीङ (लठ्ठामा मच्चिने पिङजस्तो खेल) र रिसोर्ट समेतको सञ्चालन तयारी गरेका छन् ।

द क्लिफ प्रालिमार्फत यी सबै संरचनामा लगानी गरिएको लगानीकर्ताले बताएका छन् । क्लाम्पिङ रिसोर्ट सञ्चालन गर्न बलेवामा २५ रोपनी जग्गामा संरचना निर्माण भइरहेको सञ्चालक जोशीले जानकारी दिनुभयो । बञ्जीजम्प विश्वकै दोस्रो तथा स्काइ साइक्लिङ र स्वीङ विश्वकै अग्लो हुने जिकिर लगानीकर्ताको छ । “विश्वकै अग्लो बञ्जी चाइनामा छ”, कार्कीले भन्नुभयो, “हामीकहाँ हुने स्काइ साइक्लिङ र स्वीङ विश्वमै अग्लो हुनेछ ।”

बञ्जी निर्माणतर्फ कन्स्ट्रक्सनको जिम्मा लिएको प्यारामाउन्ट कन्स्ट्रक्सनले अबको तीन महीनाभित्र निर्माण सक्ने जनाएको छ । प्यारामाउन्टका कम्पनी लिडर मनोजकुमार चौधरीले सरासर काम गर्न पाए तीन महीनामा सबै सकेर कम्पनीलाई जिम्मा लगाइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com