ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेवार समुदायका युवायुवतीको बाजाप्रति आकर्षण बढ्दै


admin

भक्तपुर, ३१ असोज । जात्रा, पर्व र मेलामा भक्तपुरका नेवार समुदायका युवतीहरुमा बाजा बजाउने आकर्षण बढ्दै गएको छ ।

नेवारी बाजाहरुको मीठो धून बजाउँदै युवतीहरु मेला र जात्रामा सहभागि हुने क्रम बढ्दै गएको छ । दशँैका अवसरमा भक्तपुरमा लाग्ने नवरात्री मेलामा पनि युवतीहरुले बाजा बजाएर बाजाप्रतिको मोह र आकर्षणलाई पुष्टि गरेका छन् । मेलामा आउँदा पुरुष मात्रै नभई युवतीहरु पनि धिमे, बाँसुरी, झ्यालीलगायत बाजा बजाउँदै आउने विभिन्न टोलहरुमा देखिएको छ ।

भक्तपुरमा दशैँको घटस्थापनादेखि दशमीको बिहानसम्म यहाँका विभिन्न नौ वटा शक्तिपीठमा लाग्ने मेला भर्न भक्तपुरका टोलटोलबाट बाजागाजासहित आउने परम्परा धान्न युवतीहरु पनि अग्रसर हुने गरेका हुन् ।

केही वर्षअघिसम्म पुरुषले मात्रै बाजाहरु बजाउने गरे पनि पछिल्लो समयमा यसमा युवायुवतीको पनि सहभागिता बढ्दै गएको भक्तपुर तचपालका रबिन श्रेष्ठले बताउनुभयो । जात्रामा एउटै टोलबाट पनि दर्जनौँ बाजागाजासहितको टोली मेला भर्न शक्तिपीठ आउँदा धेरै रमाइलो हुने गरेको स्थानीयवासी बताउँछन् । भक्तपुरमा घटस्थापनादेखि दशमीको बिहानसम्म रातभरि बाजागाजाका धूनले गुञ्जायमान हुने गरेको छ ।

बाँसुरी बाजा बजाउने रश्मिला छुस्यावागले बाजा बजाउँदा आनन्द आउने मात्र नभई संस्कृति पनि जोगिने भएकाले पनि युवा पुस्ताको आकर्षण बाजामा बढेको बताउनुभयो । उहाँले बाजा बजाउँदै मन्दिर जाँदा धेरै आनन्द आउने बताउनुभयो ।

झ्याली बाजा बजाउँदै मन्दिर जाँदै गरेकी कमला कवांले तालीम लिएर बाजा बजाउन सिकेको बताउँदै अरू दिदीहरुले बाजा बजाएको देखेर रहर लागेपछि तालीम लिएको भन्नुभयो । अहिले युवतीको टोली नै जात्रा पर्वमा बाजा बजाउने गरेको उहाँ बताउनुहुन्छ ।

धिमे बजाउन पोख्त भक्तपुर नासमनाकी सुनिता श्रेष्ठले पनि धिमे र बाँसुरी बजाउँदा आफूलाई निकै आनन्द आउने गरेको बताउनुभयो । उहाँका अनुसार जात्रा, पर्वमा मात्रै नभई अचेल विभिन्न कार्यक्रममा समेत बाजा बजाउन बोलाउने गरेका छन् ।

आम्दानीको स्रोतका रुपमा समेत लैजान सकिने यी बाजाहरु बजाउँदा युवा पुस्ताको हातबाट संस्कृतिको संरक्षण भइरहेको अनुभूति हुने पनि उहाँको भनाईछ ।

भक्तपुर र मध्यपुरथिमि नगरपालिकाले युवा पुस्तालाई लक्षित गरी यस्ता बाजाहरुको तालीम सञ्चालन गर्दै आएको छ भने टोलटोलका गुठी तथा सहकारी र सङ्घसंस्थाले पनि तालीम दिन थालेपछि बाजाप्रति युवायुवतीको आकर्षण बढेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com