ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यवसाय करको पाँच प्रतिशत उद्योग वाणिज्य सङ्घ चितवनलाई


admin
आश्विन २८, २०७५ आईतबार  ४ : ३२ बजे

चितवन, २८ असोज । भरतपुर महानगरपालिका क्षेत्रभित्रबाट सङ्कलन भएको व्यावसायिक करमध्ये ५ प्रतिशत उद्योग वाणिज्य सङ्घ चितवनले पाउने भएको छ । महानगरपालिका र सङ्घबीचमा यसै आर्थिक वर्षबाट लागू हुने गरी सोसम्बन्धी सम्झौता भएको हो ।

दुई संस्थाको बीचमा भएको सम्झौतामा सङ्घले व्यवसाय दर्ता गर्न उत्प्रेरित गर्ने, कर सम्बन्धी ऐन, नियम तथा मापदण्डका सम्बन्धमा व्यवसायीलाई जानकारी गराउने, बक्यौता कर उठाउनेलगायतका कार्यमा सहयोग गर्नेछ । सङ्घले सो उद्देश्य प्राप्तिका लागि महानगरसँग सहकार्य गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्नेछ ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार चार वर्षका लागि उद्योग वाणिज्य सङ्घसँग यो सम्झौता गरिएको हो । यसबाट महानगरमा व्यावसायिक कर बढ्ने अपेक्षा गरिएको छ । गत आर्थिक वर्षमा महानगरले व्यावसायिक कर बापत रु पाँच करोड सङ्कलन गरेको थियो । चालु आर्थिक वर्षमा रु १० करोड सङ्कलन गर्ने लक्ष्य राखेको छ । दायरा फराकिलो बनाउँदै लक्ष्यअनुरुप कर उठाउने उद्देश्यसाथ महानगरपालिका अघि बढेको उहाँले बताउनुभयो ।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधानले नयाँ व्यवसायीलाई करको दायरामा ल्याउन र कर नतिरेका पुराना व्यवसायीलाई कर तिर्न उत्प्रेरित गर्ने खालका कार्यक्रम सङ्घले गर्ने बताउनुभयो । करबापत आएको रकमबाट सार्वजनिक सरोकारका विकास निर्माण, व्यावसायिक हित र व्यवसायीलाई करको दायरामा ल्याउन खर्च गरिने सङ्घले जनाएको छ ।

महानगरपालिकामा दश हजार हाराहारी व्यवसाय रहेका छन् । तीमध्ये आधा मात्रै करको दायरामा आएको महानगरपालिकाले जनाएको छ । यसअघि नगरपालिका हुँदा २०५७ सालदेखि १० वर्षसम्म उद्योग वाणिज्य सङ्घलाई उठेको करको १५ प्रतिशत दिने गरी सम्झौता भएको थियो ।

तर २०६७ साल यता सम्झौता नवीकरण हुन सकेको थिएन । जनप्रतिनिधि आएपछि पुनः सम्झौता भएको हो । महानगरपालिकाले चालु आर्थिक वर्षमा व्यवसाय करसहित आन्तरिक आम्दानी रु ५५ करोड उठाउने लक्ष्य लिएको छ । गतवर्ष रु ३० करोड रुपैयाँ सङ्कलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपा कर्णालीकी संस्थापक महामन्त्री र सुर्खेतका कार्यवाहक सभापति कांग्रेस प्रवेश

मध्यपूर्व संकटको असर नेपालमा: सात गन्तव्यका उडान रद्द, अर्थतन्त्रमा चिन्ता

सम्बन्धित

नेपालमा विदेशी श्रमिक बढ्दो, नेपाली युवा विदेश पलायन तीव्र

समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

४२ सयले घट्यो सुनको भाउ, चाँदीको कति पुग्यो ?

सुनको भाउ आज तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com