ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेयर बजार दोहोरो अङ्कले वृद्धि


admin
आश्विन २८, २०७५ आईतबार   ४ : २५   बजे

काठमाडौं,२८ असोज । धितोपत्र बजारले नेपालीको महत्वपूर्ण पर्व दशैंँलाई हरियो झण्डा देखाएर स्वागत गर्ने सङ्केत गरेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १४ दशमलब १५ विन्दुले बढेर एक हजार २४२ दशमलब ४३ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३ दशमलव ५१ विन्दुले बढेको छ ।

समग्रमा आज नेप्से १ दशमलब १५ विन्दुले बढेको हो । कूल १५८ कम्पनीको १० लाख १६ हजार ४६० कित्ता शेयर रु २६ करोड ९९ लाख १३ हजार ७२९ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्से परिसूचक उल्लेख्य मात्रामा बढेपनि कारोबार रकममा भने सोचेजति वृद्धि हुन सकेन । कारोवार भएका दश उपसमूहमध्ये दुई उपसमूहको शेयर भने घटेको छ । जलविद्युत् १ दशमलब ३१ र उत्पादन ९५दशमलब ७३ विन्दुले घटेको छ ।

यस्तै बैंकिङ १७ दशमलब ३७, होटल ५५ दशमलब ३४, विकास बैंक १८ दशमलब १५, वित्त ३ दशमलब २४, निर्जीवन बीमा ८७ दशमलब ६१, अन्य ४ दशमलब २७, माइक्रोफाइनान्स ११ दशमलब १४, जीवन बीमा ५७ दशमलब ४९ विन्दुले बढेका छन् ।

स्टकका अनुसार आज एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, सहयोगी विकास बैंक, नेको इन्स्योरेन्सका शेयरधनीले कमाएका छन् भने यूनिलिभर, पञ्चकन्या माई हाइड्रोपावर, ङादी समूहका लगानीकर्ताले आज गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group