ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाजकै डरले खुल्न सक्दैनन् अपाङ्गता व्यक्ति


admin

इलाम, २८ असोज ।  अपाङ्गता भएको खुल्ने डरले कतिपयले अझै पनि अपाङ्गतासम्बन्धी परिचयपत्र नै नलिने गरेको पाइएको छ ।

अपाङ्गता हुनुपूर्व जन्मको पाप हुनु, समाजबाट परम्परागत सोच हाबी हुनु वा परिवारले परिचयपत्र बनाउँदा अंश दिनुपर्ने धारणाले पनि अपाङ्गता भएका व्यक्तिले परिचयपत्र लिन सकेका छैनन् ।

सो सम्बन्धी काम गर्दै आएको संस्था करुणा फाउण्डेशनका अनुसार अझै पनि विभिन्न कारणले पाँच प्रतिशत अपाङ्गता भएका व्यक्तिले जिल्लामा परिचयपत्र पाउन सकेका छैनन् । सो फाउण्डेशनका छवि श्रेष्ठका अनुसार समाजमा अपाङ्गता हुनु पूर्वजन्मको पाप हो भन्ने पराम्परागत धारणाले गर्दा सबै त्यस्ता व्यक्तिले परिचयपत्र लिन नसकेका हुन् ।

“कतिपयले नागरिकता नै बनाएका हुँदैनन् । किनकि नागरिकता बनाउँदा परिवारकै सदस्यले अंश दिनुपर्ने वा आफूसमेत अपहेलित हुने डरले बनाउन नदिने गरेका छन्,” श्रेष्ठले भन्नुभयो, “त्यसै पनि यस्ता व्यक्ति परिवारले बोझ भएको ठान्छन् । त्यसमाथि पनि परिचयपत्र दिलाउँदा अधिकारसमेत दिनुपर्दा नबनाउनु नै ठीक भन्ने ठान्छन् ।”

उहाँका अनुसार सो फाउण्डेशन र स्थानीय सरकारले पहल गर्दासमेत कतिपयले परिचयपत्र नबनाउने गरेको पाइएको छ । इलाममा चार हजार ४०२ अपाङ्गता भएका व्यक्ति रहेको एक सर्वेक्षणले देखाएको छ ।

जिल्लाका १० स्थानीय तहमा फाउण्डेशन इलाम र स्थानीय तहको समन्वयमा निकालिएको तथ्याङ्कमा शारीरिक तथा मानसिक रोगीको सङ्ख्या रहेको पाइएको हो । जिल्लामा सबैभन्दा बढी अपाङ्गता भएका व्यक्ति सूर्योदय नगरपालिकामा ७२८ र सबैभन्दा कम सन्दकपुर गाउँपालिकामा २३२ जना रहेको पाइएको छ ।

इलाम नगरपालिकामा ७१०, माई नगरपालिकामा ३३१, देउमाई नगरपालिकामा ५३३ जना अपाङ्गता भएका व्यक्ति रहेको पाइएको छ । गाउँपालिकामध्ये माङसेबुङ गाउँपालिकामा ४८४, चुलाचुली गाउँपालिकामा ४१५, रोङ गाउँपालिकामा ३४३, माई जोगमाई गाउँपालिकामा ३३१ छन् ।

स्थानीय सरकारसँगको समन्वयमा फाउण्डेशन इलामले हेरचाहका लागि उत्प्रेरणा कार्यक्रमअन्तर्गत गरिएको सर्वेक्षणमा जिल्लाका ८१७ जनालाई समुदायमा पुनः स्थापना गरिएको पाइएको छ ।

फाउण्डेशनका प्रदीप अधिकारीका अनुसार ९५ प्रतिशत अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्रसमेत वितरण गरिसकिएको छ । यसअन्तर्गत चार हजार २५७ गर्भवती महिला र १० वर्षभन्दा कम उमेरका बालबालिकाको सङ्ख्या ५३ हजार ५१७ रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com