ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युत मिटर रिडरहरु आन्दोलित, विद्युत उपभोक्ता मारमा  


admin
आश्विन २४, २०७५ बुधबार  ५ : ५० बजे

सप्तरी, २४ असोज । नेपाल विद्युत प्राधिकरणका मिटर रिडरहरु आन्दोलनमा उत्रिएपछि अहिले विद्युत उपभोक्ताहरु मर्कामा परेका छन् ।

सप्तरी जिल्लाका मिटर रिडरहरु १६ वर्षदेखि निरन्तर काम गर्दा पनि आफूहरुको व्यवस्थापन नगरिएको भन्दै विगत एक सातादेखी आन्दोलित भएका छन् ।
मिटर रिडरहरु आन्दोलित हुँदा विद्युतको मासिक शुल्क बुझाउने उपभोक्ताहरुलाई कठिनाई भएको छ ।

घरमै गएर मिटर रिडरहरुले मिटर रिडिङ गरि बिल दिने गरेका थिए । तर अहिले उपभोक्ताहरु आफै मिटरमा रहेको अंक टिपेर विद्युत प्राधिकरणमा शुल्क बुझाउन बाध्य छन् ।

न्यून ज्यालामा काम गरे पनि व्यवस्थापन नगरिएको र सेवा सुविधावाट समेत बञ्चित गरिएकोले मिटर रिडिङको काम ठप्प पारेर आन्दोलनमा उत्रिन बाध्य भएको प्राधिकरण राजविराजस्थित वितरण केन्द्रका मिटर रिडर अध्यक्ष दुर्गानन्द यादवले बताएका छन् ।

यसैगरि नेपाल विद्युत प्राधिकरण राजविराज वितरण केन्द्रका प्रमुख चन्द्रनारायण साहले मिटर रिडरहरुको माँगहरु बारेमा क्षेत्रिय कार्यालय बिराटनगरबाट प्रक्रिया बढीरहेको जानकारी दिँदै चाडै नै समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

लामो समयदेखी मिटर रिडरहरु सोही पदमा ज्यालादारी रुपमा काम गर्दै आएको र उमेरको हदसमेत नाघेकोले अहिले उनीहरु जागिरको सुनिश्चितताको माँग गरेका छन् ।
प्रदेश २ अन्तर्गत सप्तरीको राजविराज, सिरहाको मिर्चैया, लहान र सिरहा, धनुषाको जनकपुर र महेन्द्रनगर तथा महोत्तरीको जलेश्वर, गौशाला लगायतका वितरण केन्द्रमा मिटर रिडिङको काम असोज १६ गतेदेखि ठप्प रहेको छ ।

यता प्रदेश १ मा पनि कतिपय वितरण केन्द्रको मिटर रिडिङ ठप्प रहेको संघर्ष समितिका केन्द्रीय अध्यक्ष शैलेन्द्र कमल लालले जानकारी दिए ।
राजविराज वितरण केन्द्रका अध्यक्ष यादवले आफूहरुको मागका विषयमा केन्द्रमा वार्ता गर्ने भनिए पनि अहिलेसम्म कुनै निस्कर्ष नआएको बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘ट्रम्पको युद्ध घोषणा : अमेरिका–इजरायलले इरानमाथि ठूलो आक्रमण, तेहरानमा विस्फोट, लाखौं नेपाली जोखिममा !’

‘मध्यपूर्वमा युद्धको आगो : प्रचण्ड र ओली चिन्तित, लाखौं नेपालीको ज्यान जोखिममा !’

सम्बन्धित

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

निर्वाचन आयोगले भन्यो– प्रेसपास बाहकलाई अन्य पास चाहिँदैन

युएई, इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षित रहन ओलीको आह्वान

इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका ८ जनालाई कारबाही

लिवाङबाट प्रचण्डले भने: राष्ट्र संकटमा छ, नयाँ अभियान चलाऔँ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com