ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिमालयन ऊर्जा कम्पनीको १० लाख कित्ता आइपिओ आउँदै


admin
आश्विन २४, २०७५ बुधबार   १२ : ०१   बजे

 काठमाडौं , २४ असोज । हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले नौ लाख ९० हजार कित्ता बराबरको साधारण शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित रामेछापको गोकुल गङ्गा गाउँपालिकाका २, ३, ४ र ५ वडा र दोलखाको जिरी नगरपालिका ३, तामाकोशी गाउँपालिकाको ५ र ६ तथा मन्थली नगरपालिका १३ का बासिन्दालाई शेयरबिक्री गर्न लागेको हो । स्थानीय प्रभावितलाई अतिप्रभावित र कम प्रभावितका रुपमा छुट्याएर क्रमशः ६० र ४० प्रतिशत शेयर बिक्री गर्न लागिएको हो ।

रु एक सय अङ्कित मूल्यका ती शेयरको बिक्री तथा बाँडफाँडपछि आम सर्वसाधारणलाई शेयर बिक्री गरिने आयोजनाले जनाएको छ । कम्पनीको शेयर आगामी कात्तिक ६ गतेदेखि खुल्नेछ भने बिक्री बन्द मङ्सिर ५ गते हुनेछ । न्यूनतम ५० कित्ता र अधिकत्तम चार हजार ९०० कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ ।

कम्पनीले १२ मेगावाट क्षमताको माथिल्लो खिम्ती र सात मेगावाट क्षमताको माथिल्लो खिम्ती दुई आयोजना निर्माण गरिरहेको छ । आयोजनाले आगामी चैत १ गतेदेखि व्यावसायिकरुपमा विद्युत् उत्पादन गर्ने तयारी गरेको छ ।

कम्पनीका अनुसार माथिल्लो खिम्तीको लागत रु एक अर्ब ९१ करोड ४१ लाख १४ हजार रहेको छ । माथिल्लो खिम्ती दोस्रोको लागत रु एक अर्ब २३ करोड २२ लाख ६० हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group