ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँके प्रशासनबाट घर फर्कनेहरुका लागि सुरक्षा व्यवस्था


एबीसी न्यूज
आश्विन २३, २०७५ मंगलबार  ८ : ०६ बजे


कृष्ण ओली /नेपालगन्ज २३ असोज । चाडबाड नजिकिएपछि रोजगारीका लागि विदेशिएकाहरु घर फर्किने क्रम बढेको छ । सदूरपश्चिम, कर्णाली र प्रदेश नम्बर ५ प्रदेशबाट रोजगारीका लागि भारत गएकाहरु पनि घर फर्किन थालेका छन् । पछिल्लो दिनहरुमा बाँकेको नेपालगन्जमा रहेको जमुनाहा नाकाबाट दैनिक २ हजारभन्दा बढी नेपालीहरु भारतबाट घर फर्किन थालेका छन ।

विगतमा वर्षहरुमा घर फर्किने क्रममा उनीहरु सीमा क्षेत्रमा लुटिने ठगिने गरेको गुनासो आएकाले यसवर्ष प्रशासनले उनीहरुको सुरक्षा व्यवस्था गरेको छ ।

रोजगारीका लागि छिमेकी मुलुक भारतका विभिन्न ठाउँमा गएका नेपालीहरु चाडबाड नजिकिएस“गै घर फर्किन थालेको छन् । यो क्रम केही दिनयता ह्वात्तै बढेको छ । सदूरपश्चिम, कर्णाली र प्रदेश नम्बर ५ का विभिन्न जिल्लाबाट भारत गएका उनीहरु नेपालगन्जको जमुनाहा नाकाबाट र्फिर्करहेका छन् । चाडबाड मनाउन घर फर्किने उनीहरुको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बा“केले सीमा क्ष्ँेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको बताएको छ । विगतका वर्षमा भारतबाट फर्किने क्रममा भारतको रुपैडिहा तथा नेपालगन्जमा लुटिने र ठगिने गरेको थिए । यस्ता घटना दोहोरिन नदिन सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको जनाइएको छ । इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज सई शिव ओलीले रुपैडिहाको बसपार्कसम्मै नेपालीहरुको सुरक्षाका लागि नेपाली सुरक्षाकर्मीले निगरानी गरेको बताए । उनका अनुसार अहिलेसम्म कोही नेपाली लुटिएको वा ठगिएको जानकारी नआएको बताए ।

विगतका वर्षहरु चाडबाड मनाउने घर फर्किने क्रममा सीमा क्षेत्रमा नेपालीहरु ठगिने र लुटिने मात्र नभई भारतीय प्रहरीले समेत दुःख दिने गरेको यथेष्ठ गुनासो आउने गरेका थिए । तर, यस वर्ष त्यस्तो गुनासो नआएको प्रहरीले बताएको छ । नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेर घर फर्किने नेपालीको सुरक्षा कार्यक्रम अघि बढाएको छ । जमुनाहा नाकामा यात्रु सहयता कक्ष स्थापना गरिएको छ भने भारततर्फ पनि नागरिक सहायता कक्ष स्थापना गरिएको छ । पछिल्ल्लो समय दैनिक २ हजार ५०० जनासम्म नेपालीहरु फर्किने गरेको तथ्यांक छ । फर्किने क्रममा बसपार्कमा रिक्सावालाहरुले झोला खोसाखोस गर्नेबाहेकको अन्य सास्ती भने नभएको बताएको घर फर्किने सर्वसाधरणहरु बताउँछन् । यस्तै, भारतीय भूमिमा समेत अघिल्लो वर्ष झै समस्या झेल्नु नपरेको बताए ।

दाङ, कैलाली, डडेलधुरा, अछाम, बाँके, सल्यान, रुकुम, हुम्ला, जुम्ला लगायतका जिल्लाका मानिसहरु रोजगारीका लागि भारत जाने प्रचलन छ । उनीहरु चाडबाडका बेला नेपालगन्जको जमुनाहा र कञ्चनपुरको गड्डा चौकी नाका हुदैं फर्किने गर्दछन् । दशै तिहारजस्ता चाडबाड परिवारसँगै मिठो खाने राम्रो लाउने आशाका साथ केही धन आर्जन गरेर घर फर्किने गर्दछन् । उनीहरुलाई ढुक्कसँग नेपाल भित्रिने वातावरण बताउने प्रशासन प्रयास सराहनीय छ । अझै उनीहरुलाई सुरक्षित रुपमा घरसम्म पुग्ने वातावरणमा बनाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com