ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय बजारमा नेपाली उपभोक्ता किन धाउँछन? यस्तो छ कारण


admin
आश्विन २२, २०७५ सोमबार  १ : २५ बजे

बाँके, २२ असोज । दशैंमा मात्रै होइन यहाँका बासिन्दा किनमेलका लागि सधैंभरी रुपैडिहा जाने गर्छन् । रुपैडिहाका पसलमा नेपाली ग्राहकको खुट्टा राख्ने ठाउँ हुँदैन । यहाँका व्यापारी भने झिँगा धपाएर बस्नुपर्छ ।

नेपालगञ्ज सदरलाइनमा जुत्ता चप्पलको व्यापार गर्दै आउनुभएकी मिरा सिलवालको गुनासो हो यो । दशैंलाई लक्ष्य गरेर नेपालगञ्जमै व्यापारीहरुले नयाँ नयाँ सामान मगाए पनि सस्तो पाइने लोभमा नेपाली उपभोक्ता भारतीय बजार रुपैडिहा जाने गरेको सिलवाल बताउनुहुन्छ ।

दशैंको किनमेल गर्न भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको लर्को लागेपछि यतिबेला नेपालगञ्जका व्यापारी चिन्तित छन् । यो समस्या अहिलेको होइन । नेपाली उपभोक्तालाई नेपालगञ्जमै रोक्ने लक्ष्य नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको प्रत्येक निर्वाचनका बेला चुनावी नारा बन्ने गर्दछ तर, निर्वाचन पछि सेलाउँछ । सङ्घका अध्यक्ष नन्दलाल वैश्य भन्नुहुन्छ – “हामीले सङ्घको तर्फबाट धेरै नै प्रयास गरेका छौं ।

हाम्रो मात्रै प्रयासले केही हुन सकेको छैन ।” सस्तो पाइने लोभमा नेपाली उपभोक्ता भारतीय बजार रुपैडिहाप्रति आकर्षित भएका बताइन्छ । उहाँका अनुसार सस्तोमा पाइने लोभमा खाद्यान्नदेखि लत्ता कपडासम्मको किनमेलका लागि नेपाली उपभोक्ताको सीमावर्ती भारतीय बजार रुपैडिहामा भीड लाग्ने गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा १० की गृहिणी मंगली श्रेष्ठको बुझाइमा नेपालगञ्जका व्यापारीहरुले पसलै पिच्छे फरक फरक दरमा सामान बेचेर विश्वास गुमाएका छन् ।

उहाँ भन्नुहुन्छ – “यहाँ एउटै सामानको दर फरक फरक हुन्छ । ग्राहकलाई राम्रो व्यवहार पनि हुँदैन । त्यसैले रुपैडिहा जान्छन् ।” सीमापारि भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको बाक्लो उपस्थितिले नेपालगञ्जका व्यापारीलाई वर्षौंदेखि पिरोल्दै आएको छ ।

सरकारी निकायको उदासीनताका कारण नेपालगञ्जमा नेपाली उपभोक्ताको आकर्षण बढ्न नसकेको उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष वसन्त गौतम बताउनुहुन्छ ।

“गुणस्तरीय वस्तु तथा सेवा उपयोग गर्न पाउनु उपभोक्ताको अधिकार हो, भारतीय व्यापारीको तुलनामा नेपालगञ्जका व्यापारीहरुले प्रतिष्पर्धात्मक व्यापार गर्न नसक्नु र रुपैडिहामा सस्तोमा पाइन्छ भन्ने भ्रम चिर्न नसक्नु कमजोरी हो,” अध्यक्ष गौतमले भन्नुभयो – “नेपालगञ्जका व्यापारीमा उपभोक्ता आकर्षण गर्ने व्यावहारिकता भन्दा पनि वस्तु तथा सेवा लाद्ने गलत प्रवृत्ति रहेको छ ।”

चाडपर्व मात्र होइन, अन्य समयमा पनि दैनिक उपभोग्य सामग्रीका लागि नेपाली उपभोक्ता भारतीय बजार रुपैडिहामै निर्भर रहने गरेका छन् । नेपालगञ्जमै सस्तो पाइने सामान किन्नसमेत नेपाली उपभोक्ता भारतीय बजार जाने गरेका छन् ।
“हामीले बेला बेलामा उपभोक्ता जागरण कार्यक्रम गरेर सम्झाउने काम गरेका छौं,” नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैश्य भन्नुहुन्छ – “तर, भारतीय बजारमा सबै सामान सस्तो पाइन्छ भन्ने भ्रम हट्न सकेको छैन ।”

सङ्घको तथ्याँक अनुसार भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताले प्रत्येक दिन करीब रु पाँच करोड मूल्य बराबरको घरायसी सामान खरिद गर्ने गरेका छन् । सङ्घ अन्य संस्थाहरुको सहयोगमा नेपालगञ्जमा दशैं सस्तो बजार सञ्चालन गरेर रुपैडिहा किनमेल गर्न जाने नेपाली उपभोक्तालाई स्वदेशमै रोक्ने तयारीमा छ । यो समस्यालाई कम गर्न यसपाली नेपालगञ्जमा दशैं सस्तो बजार सञ्चालन गर्न थालिएको अध्यक्ष वैश्यले बताउनुभयो ।

नेपालगञ्जमा पाइने नेपाली उपभोग्य वस्तु सस्तो र गुणस्तरीय भए पनि जानकारीको अभावमा नेपाली उपभोक्ता भारतीय बजार रुपैडिहामा जाने गरेको नेपालगञ्ज वितरक सङ्घका अध्यक्ष अमित बस्नेत बताउनुहुन्छ ।

दशैंको किनमेल नेपालगञ्जमै गराउन यसपाली यहाँका व्यापारी र उपभोक्तामा सचेतना जगाई दशैं सस्तो बजार सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । सीमावर्ती भारतीय बजार रुपैडिहामा खरिद गर्न जाने उपभोक्तालाई स्वदेशी वस्तुको मूल्य र गुणस्तरबारे जानकारी गराई नेपाली उत्पादनको प्रवद्र्धन गर्ने यसको उद्देश्य हो ।

नेपाली बजारमै वस्तुको मूल्य सस्तो हुँदाहुँदै भारतीय बजार जाने उपभोक्तालाई लक्ष्य गरेर नेपालगञ्जस्थित विभिन्न वस्तुगत सङ्घको समन्वयमा एकहप्ते दशैं बजार सञ्चालन गरिने अध्यक्ष बस्नेतले बताउनुभयो ।

बेलाबखत गरिने उपभोक्ता सचेतनाका कार्यक्रम र पर्व केन्द्रित सस्तो बजार सञ्चालन गर्दैमा भारतीय बजार जाने उपभोक्ताको मन परिवर्तन हुने सङ्केत देखिँदैन । त्यसैले नीतिगत तहबाटै योजनावद्ध रुपमा भन्सार कार्यालय, सम्बद्ध सरकारी कार्यालय र नागरिकसँग सहकार्य गरी नियमित पहल गर्नुपर्ने खाँचो छ ।

उपभोक्ताले सस्तो खोज्नु स्वाभाविकै हो । यहाँका व्यापारीको व्यवहार पनि गलत रहेकाले उपभोक्तासँगै व्यापारीलाई जागरुक गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘ट्रम्पको युद्ध घोषणा : अमेरिका–इजरायलले इरानमाथि ठूलो आक्रमण, तेहरानमा विस्फोट, लाखौं नेपाली जोखिममा !’

‘मध्यपूर्वमा युद्धको आगो : प्रचण्ड र ओली चिन्तित, लाखौं नेपालीको ज्यान जोखिममा !’

सम्बन्धित

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

निर्वाचन आयोगले भन्यो– प्रेसपास बाहकलाई अन्य पास चाहिँदैन

युएई, इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षित रहन ओलीको आह्वान

इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका ८ जनालाई कारबाही

लिवाङबाट प्रचण्डले भने: राष्ट्र संकटमा छ, नयाँ अभियान चलाऔँ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com