ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीरगञ्जको विकासका बारेमा उम्मेदवारका एजेण्डा


admin

वीरगञ्ज, २५ भदौ । आर्थिक नगरी वीरगञ्ज किन र कसरी जीर्ण, जर्जर बन्दै गइरहेको छ । एउटा सुन्दर र समुन्नत वीरगञ्जको कल्पना गर्ने पछिल्लो पुस्तामात्र होइन यसको आर्थिक महत्व बुझेको अघिल्लो पुस्ता पनि वीरगञ्जको खस्कँदो स्थितिप्रति के गर्न सक्छ । वीरगञ्ज महानगरपालिकाको प्रमुख पदका उम्मेदवारसँग आर्थिक नगरी वीरगञ्जको समग्र विकासप्रति कस्ता दूरदृष्टि (भिजन) छन् । त्यो मतदाताको यक्ष प्रश्न रहेको छ ।

वीरगञ्ज मृत शहर बन्दै गएको अनुभूतिबीच भइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको प्रमुख पदका उम्मेदवारसँग यसका उत्प्रेरक सकारात्मक पक्ष के–के छन् । यही विषयको उत्तर खोज्न रिपोर्टर्स क्लब पर्साले प्रदेश नं २ को स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको प्रमुखको उम्मेदवारसँग मतदातासमक्ष उभ्याएर उत्तर खोज्ने प्रत्यत्न शनिबार गरेको थियो ।

मुलुकको लाइफलाइनका रुपमा रहेको आर्थिक नगरी वीरगञ्जको समग्र विकासप्रति आफ्नो प्रतिबद्धता जनाउँदै नेपाली काँग्रेसबाट महानगर प्रमुखका उम्मेदवार बन्नुभएका अजय द्विवेदीले नेपालको गेटवेका रुपमा रहेको वीरगञ्जको समग्र विकासका लागि आफूले उम्मेदवारी दिएको बताउनु भयो ।

पाँच वर्षसम्म वीरगञ्ज नगरपालिकाको उपप्रमुख भइसकेका द्विवेदीसँग समृद्ध वीरगञ्ज बनाउने योजना भने धेरै छन् । उहाँले गाउँलाई वीरगञ्ज शहरसम्म जोड्न सडक विकास, घर घरसम्म पुग्ने मोबाइल अस्पताल, दलित तथा महिलाको समग्र विकास, वीरगञ्जलाई सुविधायुक्त शहर बनाउन, जलनिकासको स्थायी उपाय अवलम्बन गर्न, उद्योगी व्यापारीलाई सुरक्षाको प्रत्याभूति दिन आफूले प्रमुखमा उम्मेदवारी दिएको मतदातासमक्ष अठोट गर्नुभएको छ ।

निर्वाचनमा मतदान गर्न मतदाता आतुर भए पनि कसलाई मत दिने भनेर अन्योलमा रहेको मतदातासामु आफ्नो उम्मेदवारीको कारणबारे स्पष्ट पार्दै प्रमुख पदका अर्का उम्मेदवार नेकपा (एमाले)का बसुरुद्धिन अन्सारीले महानगरपालिकाभित्रको बासिन्दालाई महानगर क्षेत्रभित्रका बासिन्दा हुँ भन्ने अनुभूति गराउनका साथै वीरगञ्जको समग्र विकासका लागि नै आफ्नो उम्मेदवारी परेको स्पष्ट पार्नुभयो ।

सत्तारुढ दल माओवादी केन्द्रका प्रमुख पदका अर्का उम्मेदवार रहवर अन्सारीले आफ्नो उम्मेदवारीबारे मतदातासामु विचार राख्दै देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि देशको लाइफलाइनका रुपमा रहेको वीरगञ्ज शहरको परिवर्तन हुन नसकेकाले यहाँको विकासलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै उहाँले नगर क्षेत्रभित्र रहेको बिजुलीको पोलमा बत्ती छैन तर विभिन्न पार्टीका झण्डा फहराइरहेकाले झण्डा होइन उज्यालो दिने बत्ती राख्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

राजनीतिक क्षेत्रमा समेत अग्रणी मानिएको वीरगञ्जको औद्योगिक एवं व्यापारिक क्षेत्र धरासाही भएको भन्दै वीरगञ्ज महानगरपालिकाको प्रमुख पदका अर्का उम्मेदवार संघीय समाजवादी फोरम नेपालका विजय सराबगीले मधेशमा विद्यमान विभेदको अन्त्य, युवा स्वरोजगार, आर्थिक विकास, शिक्षा क्षेत्रको विकास, ऐतिहासिक सिरसिया नदीको संरक्षण आफ्नो प्रमुख एजेण्डा रहेको बताउनुभयो ।

सुशासन र राजनीतिमा इमान्दारीको अभाव रहेको वीरगञ्जलाई संकटबाट मुक्त गर्न आफ्नो उम्मेदवारी दिएको भन्दै राजपाका प्रमुखका उम्मेदवार राजेशमान सिंह र राष्ट्रिय जनता दलका मनोज रौनियारले युवालाई रोजगारीको अवसर, समुन्नत वीरगञ्जको विकास, भ्रष्टाचार मुक्त वीरगञ्ज बनाउन आफूहरुको उम्मेदवारी परेको बताउनुभयो । वीरगञ्ज शहरलाई सुन्दर, हराभरा र विकासमुखी शहर बनाउने एजेण्डा भएका उम्मेदवारको पक्षमा मतदाता रहेको देखिन्छ ।

वीरगञ्ज महानगर क्षेत्रभित्र ३२ वडा रहेको छ भने त्यहाँ एक लाख आठ हजार ५०१ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com