ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नापी कार्यालय स्थापनाकालदेखि नै कामविहीन


admin

बर्दिवास, २० असोज ।अधिकृतको नेतृत्वमा १५ कर्मचारीको दरबन्दी रहेको महोत्तरी जिल्लाको बर्दिवासस्थित नापी कार्यालय स्थापनाकालदेखि नै कामविहीन छ ।

जिल्लाको उत्तरी क्षेत्रका तत्कालीन नौ गाविस (हाल बर्दिवास नगरपालिकाको सबै क्षेत्र र भङ्गाहा नगरपालिकाको पुरानो भङ्गाहा गाविस क्षेत्र) लाई सेवा दिने उद्देश्यले २०७२ जेठ १७ गते स्थापना भएको उक्त कार्यालय अभिलेख, श्रेस्ता र कार्यालय प्रयोजनका कागजात नपाउँदा स्थापनाकालदेखि नै कामविहीन भएको हो ।

“हाम्रो कार्यालयमा नापी अधिकृतको नेतृत्वमा प्राविधिक र प्रशासनिक कार्य सञ्चालनका लागि १५ जनाको दरबन्दी छ” कार्यालय प्रमुख (नापी अधिकृत) सरोजबहादुर श्रेष्ठले उक्त कार्यालयमै पुगेका सञ्चारकर्मीसँग भन्नुभयो, “जलेश्वर कार्यालयबाट यहाँको सेवा क्षेत्र तोकिएका ठाउँको कुनै अभिलेख नआउँदा हाजिरी रजिष्ट्ररमा सही गरेर दिन गुजार्नु मात्र परेको छ ।”

तीन वर्षअघिदेखि कार्यालयको भाडामात्र वर्षेनी करीब रू चार लाख र कर्मचारीलाई दिइने तलबसमेत लाखौँ रकम राष्ट्रिय ढुकुटीबाट गइरहेको चिन्ता पनि नापी अधिकृत श्रेष्ठले व्यक्त गर्नुभयो ।

बर्दिवास, गौरीवास, खयरमारा, माईस्थान, हात्तीलेट, विजलपुरा, किसाननगर, पशुपतिनगर (अहिलेको बर्दिवास नगरपालिका क्षेत्र) र भङ्गाहा (अहिलेको भङ्गाहा नगरपालिकाको वडा नम्बर ३, ४ र ५) समेत नौ गाविस क्षेत्रलाई सेवा दिने उद्देश्यसाथ स्थापना भएको उक्त कार्यालय स्थापनाकालदेखि नै सुनसान छ ।

“अहिलेसमम्म कुनै पनि कागजात नआउँदा सेवा क्षेत्र तोकिएका ठाउँका जनताले सानातिना कामका लागि पनि ४२ किलोमिटर टाढाको जलेश्वर जान परेको छ” बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले भन्नुभयो, “यता कर्मचारीको ठूलो जनशक्ति बेकार बसेसँगै कार्यालय सञ्चालनमा वर्षेनी राष्ट्रकोे लाखौँ रकम पानीमा गइरहेको छ ।

” आफूहरुले नक्सा, अभिलेख र कागजात पठाइ दिन कैयौँ पटक आग्रह गरे पनि भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय, विभाग, स्थानीय प्रशासन (जिल्ला प्रशासन कार्यालय) ले बेवास्ता गरेको उहाँको गुनासो थियो।

“जलेश्वर कार्यालयलाई कैयौँ पटक लिखित आग्रह गरिसकेका छौँ” कार्यालय प्रमुख श्रेष्ठले भन्नुभयो, “यसबाहेक नापी विभागमा महानिर्देशकलाई पनि धेरै पटक समन्वयका लागि आग्रह गरियो, गत वैशाख ६ गते र यही असोज ७ गते फेरि लिखित आग्रह ग¥यौँ तर हाम्रो कुरा सुन्ने कोही भएनन् ।

” स्थानीयस्तरमा कसैबाट पनि ठोस पहल नभएको प्रमुख जिल्ला अधिकारीसँग त कति कुरा राखियो तर उपलब्धि भने हातलाग्यो सुन्ना भएको कार्यालय प्रमुख श्रेष्ठको गुनासो थियो ।

जिल्लाका सुदूर उत्तरी क्षेत्रका तत्कालीन नौ गाविस क्षेत्रका जनतालाई सहज सेवा प्रदान गर्ने उद्देश्यले तत्कालिन मन्त्रिपरिषद्को निर्णयअनुसार नापी विभागले परिपत्र गरेअनुसार २०७२ साल जेठ १७ गते बर्दिवासमा उक्त कार्यालय स्थापना भएको थियो तर जलेश्वरस्थित कार्यालयले अभिलेख नदिने र अन्य प्रशासनिक कार्यालयले वास्ता नगरिदिनाले आफूहरु आफ्नै ठाउँबाट सेवा लिने अवसरबाट वञ्चित भएको बर्दिवास र भङ्गाहा नगरपालिका बासिन्दाको गुनासो थियो ।

बर्दिवास नापी कार्यालयसँग सम्बन्धित सबै कागजात उपलब्ध गराउन स्थानीय प्रशासन, नापी विभाग र भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले तत्काल पहल गर्नुपर्नेमा भङ्गाहाका नगरप्रमुख सञ्जिवकुमार साहले जोड दिनुभयो ।

कार्यालयका कर्मचारी, सेवाग्राही सर्वसाधारण र जनप्रतिनिधिले लगातार ध्यानाकर्षण गराइ रहे पनि नापी कार्यालय जलेश्वर भने राजनीतिक सहमतिबाट मात्र कागजात लान सकिने बताउँदै आएको छ । बर्दिवास कार्यालयको कागजात किन नदिनुभएको भन्ने सञ्चारकर्मीको जिज्ञासामा जलेश्वर कार्यालयका प्रमुख कमलेश कर्णले अहिले पनि स्थानीय प्रशासनको समन्वयमा राजनीतिक सहमति गरेर लैजान सकिने बताउनुभयो ।

जलेश्वर कार्यालयले राजनीतिक सहमतिको कुरा निकाले पनि जिल्लाका कुनै राजनीतिक दलले जनताले सेवा पाउने कुरामा आफूहरुको आपत्ति नरहेको स्पष्ट पार्दै आएका छन् ।

सम्बन्धित कार्यालय, उनीहरुको अनुगमन गर्ने सम्बन्धित विभाग र स्थानीय प्रशासनको समन्वयमा हुनपर्ने काममा दललाई अनावश्यकरुपमा गिजोलिएको राजपा नेपालका नेतासमेत रहनुभएका जिल्ला समन्वय समितिका संयोजक सुरेशप्रसाद सिंहको भनाइ थियो ।

“राजनीतिक तहमा हामीबीच जिल्लाका सबै दलका साथीहरुबीच आपसी संवाद भइरहेको हुन्छ” संयोजक सिंहले भन्नुभयो, “जनताले पायक पर्ने ठाउँबाट सेवा पाउनुपर्ने कुरामा कसैको विमति छैन ।”

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले यस प्रकरणमा आफूलाई मुछ््न आवश्यक नरहेको बताउनुभयो । “सरकारको निर्णय छ, त्यति भएन कार्यालय नै स्थापना भइसकेको छ, दुवै नापी कार्यालयले उपल्लो कार्यालयको परिपत्रअनुसार अभिलेख दिने÷लिने गरे त भइहाल्यो”, उहाँले भन्नुभयो, “सरकारको निर्णयमा केको आनाकानी ? स्थानीय प्रशासनलाई किन मुछ्नु ? एक कार्यालयबाट अर्को कार्यालयमा अभिलेख पु¥याउने काममा सुरक्षाको आवश्यकता परे हामीलाई भन्दा हुन्छ, त्यसको प्रबन्ध गरिनेछ ।”

राजनीतिक दल, जनप्रतिनिधि, स्थानीय प्रशासन र सेवाग्राही जनताको आग्रह हुँदाहुँदै पनि जलेश्वर कार्यालयले बर्दिवासको अभिलेख नदिनुमा भू–माफियाको चलखेल रहेको स्थानीय सेवाग्राहीले बताए ।

“सिडियो साब लानोस् भन्नुहुन्छ, जिल्ला समन्वय समितिका संयोजक जनताले पायक पर्ने ठाउँबाट सेवा पाउनु पर्छ भन्नुहुन्छ, अनि समस्या चाँही कहाँ रह्यो त ?” भङ्गाहा–४ का बासिन्दा रामईश्वर ठाकुरले भन्नुभयो, “बर्दिवासमा नापी कार्यालय छँदैछ, कुरो कहाँ अल्झ्यो, यो कसले हेरिदिने हो ?”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com