ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिल्पकारले गठन गरे नयाँ पार्टी, संविधानबाट दलित शब्द हटाउन संघर्ष गर्ने


admin
आश्विन २०, २०७५ शनिबार  १० : १८ बजे

काठमाडौं ,२० असोज । शिल्पकारको हक अधिकारको लागि भन्दै नयाँ पार्टी गठन गरिएको छ । शिल्पकार उत्पीडित मुक्ती समाज नेपाल नामको पार्टीको राजधानीमा घोषणा सभा भएको छ ।

लामो समयदेखि दलित–शिल्पीको मुक्तिको लागि संघर्ष गर्दै आएका चित्रबहादुर रसाईलीको अध्यक्षमा ७७ सदस्यीय पार्टीको घोषणा गरिएको हो । राजधानीको संवाद डबलीमा भएको घोषणा सभामा बोल्दै अध्यक्ष रसाईलीले पेशागत पहिचान शिल्पकार शब्दलाई हाम्रो पहिचान बनाएर पूर्ण स्वतन्त्रा, समनता र पूर्ण मुक्तिका लागि संघर्ष गर्ने बताए ।

उनले काम गरी खानेलाई ठगी खानेले भ्रममा पारेको बताए । नयाँ कार्य समितिलाई शुभकामना दिँदै मानव अधिकारकर्मी तथा एम्नेष्टी इन्टर नेशनल नेपालका पूर्व अध्यक्ष सूर्यबहादुर आधिकारीले विश्वभरी उत्पीडनको अवाज उठिरहेको बेला जातीय विभेदको निम्ती सबैजना जाग्नु पर्ने बताए ।

कुनै महिला हो या पुरुष आफूलाई सुन्दर बनाउन शिल्यकालाको सहयोग लिनुपर्ने बताउँदै भने, “कुनै महिला सुन्दर हुनको लागि गहना हो या कपडा शिल्पकलाकै आवश्यकता पर्छ ।” अधिकारीले विभेद अन्त्यको कामना गर्दै आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।

पत्रकार दिपेन्द्र रावलले शुभकामना दिँदै आफू विभेद र असमानविरुद्धको आवाजलाई कलमको माध्यमबाट बुलन्द गर्दै आएको बताए । उत्पीडित समुदायको हक अधिकारको लागि खोलिएका संघ–संगठन सिमित व्यक्तिको स्वार्थ पूर्ति गर्ने साधन बन्दै आएको भन्दै रावलले दुःख व्यक्त गरे ।

अनलाईन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुङगनाले मानिसका दुई महिला र पुरुष गरी दुई जात मात्रै हुने बताउँदै २१ औं शताब्दीमा पनि जातिय विभेद रहनु दुःखद् भएको बताए ।

त्यस्तै यस संस्थाका उपअध्यक्ष जितबहादुर रसाईलीले आफूहरुले जन्मजात ईन्जिनियर भएको बताउँदै यसैमा गर्व गर्न सक्नु पर्ने बताए ।
नयाँ कार्यसमितिमा प्रवासका विभिन्न देशहरुमा जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको आन्तरिक अनुमान प्रत्यक्षमा ५० बढी र समानुपातिकमा ३० लाख मतको लक्ष्य कठिन, एबीसी स्थलगत के भन्छ ?

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

सम्बन्धित

१८ गतेदेखि चुनावसम्म रात्रिकालीन व्यवसाय बन्द

कांग्रेसले सरकार बनाए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छ : गगन थापा

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरण बन्द

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com